Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुनापति गाउँपालिकाले पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउने

संवादाताः रामचन्द्र वि.क.
पुस १३, २०८०

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाले सुनापति गाउँपालिकाका आम नागरिक, पालिका भित्र कार्यरत सरकारी कर्मचारी र गाउँपालिका भित्रै कार्यक्षेत्र रही कार्यरत वित्तीय संस्थाका कर्मचारीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । सुनापति गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापसँगको सहकार्यमा रामेछाप, काभ्रेपलान्चोक, काठमाडौँ, भक्तपुर र ललितपुरका स्वास्थ्य संस्थाहरूमा उपचार गराउँदा सुनापति गाउँपालिकाका स्थानीय, पालिका भित्र कार्यरत सरकारी कर्मचारी र पालिका भित्र नै कार्यरत वित्तीय संस्थाका कर्मचारीलाई रगत आवश्यक परेमा निःशुल्क उपलब्ध गराउने भएको हो ।

अस्पतालहरूमा उपचार गराउन जाँदा धेरै जसो नागरिकहरूले भनेकै समयमा रगत नभेट्ने, कतिपयसँग रगत किन्ने पैसा समेत नहुने जस्ता समस्याहरू नागरिकले भोग्दै आएको कुरालाई मध्यनजर गरेर सुनापतिबासीले यस्तो समस्या भोग्नु नपरोस भनेर निःशुल्क रगत दिने व्यवस्था मिलाइएको सुनपाति गाउँपालिकाको उपाध्यक्ष गीता विष्ट चौलागाईंले बताइन् । उपाध्यक्ष चौलागाईंका अनुसार चालु आर्थिक वर्षबाट सुरु गरिएको यो कार्यक्रमबाट सुविधा लिने सेवाग्राही अर्थात् रगत चाहिने बिरामीले चिकित्सकको उपचार कागजात र आफ्नो परिचय खुल्ने कागजातहरू नागरिकता, राष्ट्रिय परिचय पत्र, कर्मचारी परिचय पत्र आदि लिएर जानु पर्ने छ ।

चालु आर्थिक वर्षको लागि सुरु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले काठण्माडौ, काभ्रेपलान्चोक, भक्तपुर र ललितपुरका रेडक्रस शाखाहरूसँग समन्वय गरेर निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाइएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका मन्त्री दुर्गा बहादुर श्रेष्ठले बताए ।

सुनापति गाउँपालिकाले पालिकावासीलाई पालिकाबाट संचालन गरिएको निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रमबाट सुविधा लिन भन्दै शुक्रवार एक सूचना समेत जारी गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापसँगको सहकार्यमा खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका र लिखुतामाकोशी गाउँपालिकाले पनि आफ्नो पालिकावासीलाई रगत आवश्यक परेमा निःशुल्क उपलब्ध गराउने गरी कार्यक्रम संचालन गरिरहेका छन् ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper