Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

प्राकृतिक सुन्दरता र धार्मिक स्थलको प्रचारको लागि गुम्देलमा खेलकुद– अध्यक्ष सुनुवार

संवादाताः हाम्रो प्रहार
पुस २, २०८०

रामेछाप– उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गुम्देलको प्राकृतिक सुन्दरता र धार्मिक पर्यटकीय क्षेत्रको प्रचार प्रसारको लागि गुम्देलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरिएको बताएका छन् । आइतबार देखि उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलमा सुरु भएको चौथो उमाकुण्ड गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्दै अध्यक्ष सुनुवारले गुम्देलको प्राकृतिक सुन्दरता र धार्मिक पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा सहयोग पुर्‍याउने मुख्लय उद्देश्य सहित गुम्देलमा प्रतियोगिता आयोजना गरिएको बताएका हुन् । 

उमाकुण्ड गाउँपालिकाको ७ वटै वडाबाट प्रतियोगितामा भाग लिन आएका विद्यार्थीहरूले गुम्देलमा भएका बहुमूल्य बस्तुको जानकारी हुने र उनीहरूले आफ्नो वडामा लगेर गुम्देलमा भएका बस्तुको बारेमा सकारात्मक प्रचार प्रसार हुने हुँदा पनि गुम्देलका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एउटा प्रचारक बन्ने अध्यक्ष सुनुवारको दाबी छ । 

धार्मिक पर्यटकीय स्थलहरू धेरै रहेको गुम्देलको बारेमा धारणा राख्दै अध्यक्ष सुनुवारले भने– ‘राष्ट्रको सबै भन्दा बढी गुम्बा भएको ठाउँ उमाकुण्डको १ नै हो । हामीलाई धेरै थाहा छैन यहाँ एउटै वडामा १२ वटा त गुम्बा मात्रै छन् । यो कुराको प्रचार प्रसार गर्न जरुरी छ । त्यति मात्रै हैन, उमातिर्थ मन्दिर पनि यही वडा रहेको र अन्य थुप्रै पर्यटकीय ठाउँहरू छन् । यी सबै ठाउँको प्रचार प्रसारमा सहयोग पुर्‍याउने गरी गुम्देलमा यो प्रतियोगिता आयोजना गरिएको हो ।’

उमाकुण्ड गाउँपालिकाले यो वर्षलाई खेललाई महोत्सवकै रूपमा लिएको बताउँदै उमाकुण्डको खेल क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उमाकुण्ड गाउँपालिकालाई समग्रतामा अघि बढाउने गरी गाउँपालिकाले काम गरेको बताउँदै अध्यक्ष सुनुवारले गाउँपालिकाको सर्वाङ्गीण विकासमा सबैले सहयोग र सहकार्य गर्नुपर्ने जोड दिए । 

त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गुम्देलमा हुँदा वडा नं १ ले खेलको क्षत्रमा ठुलो फड्को मार्ने धारणा राखिन । उनले खेलकुदका लागि आवश्यक भौतिक संरचनाहरू निर्माण भएको र उक्त संरचनाले गुम्देललाई दीर्घकालीन फाइदा पुग्ने बताइन् ।

प्रतियोगितामा गाउँपालिकाको ७ वटै वडाका माविहरूले भाग लिइएका छन् । आइतबारबाट सुरु भएको प्रतियोगिता तीन दिन सम्म चल्ने उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले बताए । 

यो वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि उमाकुण्ड गाउँपालिकामा नै हुने भएको छ । 

Related Posts

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी
समाचार

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी

संवादाताः हाम्रो प्रहार
अशोज २५, २०८३
0

रामेछाप-  सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्...

पुरा पढ्नुहोस्
चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ
समाचार

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ

संवादाताः हाम्रो प्रहार
अशोज २४, २०८३
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताभन्दा बढी काम गर्ने लक्ष्यसहित गाउँपालिका अघि बढिरहेको बताएका...

पुरा पढ्नुहोस्
आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’
समाचार

आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’

संवादाताः रामचन्द्र वि.क.
अशोज २४, २०८३
0

रामेछाप– कुनै ठाउँमा पुग्नु र त्यहाँको जिम्मेवारी पूरा गरेर बिदा हुनु सामान्य प्रशासनिक प्रक्रिया हो । तर, त्यो अवधिमा बनाएका...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper