Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

‘निर्माण क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरिरहेको छु’– सासंद तामाङ

संवादाताः हाम्रो प्रहार
अशोज १४, २०८०

रामेछाप- प्रतिनिधि सभाका सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले पछिल्लो समय निर्माण क्षेत्रमा देखिएका समस्या समाधानको लागि सरकारसँग माग गरिरहेको बताएका छन् । रामेछाप जिल्ला निर्माण व्यवसायी संघको १४औँ वार्षिक साधारण सभामा बोल्दै प्रतिनिधि सभा सदस्य तामाङले सार्वजनिक खरिद सम्बद्ध ऐन तथा नियम संशोधन गर्दा देखिएका समस्या देखि देशमा आएको आर्थिक सङ्कटका कारण निर्माण क्षेत्रमा परेको असरलाई समाधान गर्न सरकारसँग माग गरिरहेको बताएका हुन् । देशमा आएको आर्थिक संकट र अन्य विविध समस्याका कारण निर्माण क्षेत्रमा देखिएको समस्या समाधान र तत्काल ठेक्का तोड्दा राज्यलाई ठुलो नोक्सानी हुन सक्ने कुराको जानकारी गराउँदै सम्बन्धित मन्त्रालय, अर्थमन्त्री, प्रधानमन्त्री, मुख्य सचिव, सभामुख लगायतलाई अनुरोध गरेको तामाङले बताए ।

उनले निर्माण व्यवसायीको वर्गीकरणको आधारमा छट्ट छुट्टै आधार तयार गरेर अगाडि बढ्ने गरी ऐन कानुन निर्माणको लागि संसदमा कुरा उठाउने तयारीमा रहेको बताए । दुई भन्दा बढी कम्पनीको जेभीमा हुने कामलाई एकै वर्गको कम्पनीलाई मात्रै जेभी गर्न मिल्ने गरी कुरा उठाउन आवश्यक रहेको धारणा राखे ।

रामेछाप काँग्रेसको सभापति समेत रहेका तामाङले जिल्लाका निर्माण व्यवसायीहरू पार्टीगत आस्थालाई छोडेर व्यवसायीको समस्यामा केन्द्रित भएर समाधान तर्फ लाग्नु पर्नेमा जोड दिए । उनले जिल्लाका निर्माण व्यवसायी एक भए मात्र निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने तर्क राखे ।

जिल्लाको विकास निर्माणमा आफू निर्वाचित भएपछि धेरै काम गरेको दाबी गर्दै प्रतिनिधि सभा सदस्य तामाङले आफ्नो कार्यकालमा नमुना काम गरेर देखाउने प्रतिबद्धता जनाउँदै जिल्लाका विभिन्न समस्या समाधानमा निर्माण व्यवसायी पनि एक हुनु पर्नेमा जोड दिए । उनले विगतको पाँच वर्षमा हुन नसकेका ठूला आयोजनाका कामहरू आफ्नो पालामा सुरु भएको दाबी गर्दै आगामी पाँच वर्षमा धेरै जसो कामहरू पूरा गर्ने प्रतिबद्धता जनाए ।

रामेछाप निर्माण व्यवसायी सङ्घका अध्यक्ष बलराम श्रेष्ठको अध्यक्षता तथा नेपाल निर्णाम व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ केन्द्रका पदाधिकारी, बागमती प्रदेशका अध्यक्ष, लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशब महत, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper