Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

गोकुलगंगाको नीति तथा कार्यक्रम: कृषिजन्य बस्तुको प्याकेजिङ र ब्राण्डिङ देखि डिजिटल प्रोफाइल सम्मका योजना

संवादाताः रामचन्द्र वि.क.
असार १२, २०८०

रामेछाप– गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकता दिँदै कृषिजन्य बस्तुको प्याकेजिङ र ब्राण्डिङ गर्ने देखि एकीकृत घरधुरी सर्वेक्षण सहित गरिबी स्तरीकरण सहितको डिजिटल गाउँ प्रोफाइल बनाउने सम्मका योजनालाई समेटेको छ । आइतबार सम्पन्न १३ औँ गाउँ सभाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर किवी फर्म व्यवस्थापन, व्यावसायिक आलु खेती प्रवर्द्धन, ओखर, स्याउ, बेसार खेतीको नर्सरी व्यवस्थापन गर्दै खेती गरी कृषि जन्य बस्तुको प्याकेजिङ र ब्राण्डिङ गरी आर्थिक वृद्धिलाई नीति तथा कार्यक्रममा बढी जोड दिइएको गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले बताए । 

त्यस्तै नीति तथा कार्यक्रममा व्यावसायिक पशुपालन, पशुपक्षी तथा मत्स्य बिमा कार्यक्रम, उद्यमीलाई सीप विकास तालिम लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएका छन् । गर्भवती महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा संचलान, लक्षित वर्गको कार्यक्रम, कृषि जन्य बस्तुको भण्डारणको लागि चिस्यान केन्द्र स्थापना, लगायतका कार्यक्रम पनि आगामी नीति तथा कार्यक्रममा समेटिएका छन् । 

वडा कार्यालय र स्वास्थ्य तथा शिक्षण संस्थाहरूको नियमन, नियन्त्रण र व्यवस्थापनका लागि ई हाजिरी लागु गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 

त्यस्तै आगामी आर्थिक वर्षका लागि गाउँपालिका भित्र रहेका सडक तथा अन्य पूर्वाधारका ठुला आयोजनालाई पनि सँगै अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

गोकुलगंगाको कुल बजेट ७४ करोड ४२ लाख बढी

गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ७४ करोड ४२ लाख ९३ हजार २ सय रुपैयाँ बराबरको कुल बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष उषादेवी कार्कीले प्रस्तुत गरेको बजेटमा चालु तर्फ ३८ करोड ९८ लाख ७५ हजार ७ सय र पुँजीगत तर्फ ३५ करोड ४४ लाख १७ हजार ५ सय रुपैयाँ गरी ७४ करोड ४२ लाख ९३ हजार २ सय रुपैयाँ बराबरको कुल बजेट उल्लेख छ । 

कार्यक्रममा गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापा, सबै वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य तथा स्थानीयहरूको पनि सहभागिता रहेको थियो । 

गाउँपालिका अध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्षले प्रस्तुत गरेको प्रस्तावित कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पास भएको छ । 

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper