Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मन्थलीको नीति तथा कार्यक्रमः आर्थिक प्रणाली सुधारमा जोड, एक वडा एक उत्पादन

संवादाताः कैलाश खत्री
असार ११, २०८०

रामेछाप– मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नगरका नागरिकहरुको आर्थिक प्रणाली सुधार गर्ने कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ । आइतबार मन्थली नगरपालिकाको १३ औँ नगरसभा नगर प्रमुख लव श्रेष्ठले आगामी आर्थिक वर्षका लागि ल्याईको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको आर्थिक प्रणाली सुधारलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएका हुन् । नगर प्रमुख श्रेष्ठले आर्थिक अवस्था सुधारको लागि व्यवसायिक कृषि, कृषि जन्य उद्योग, पशुपालन व्यवसाय, दुग्ध तथा तरकारी फलफूलमा नगरलाई आत्मानिर्भर बनाई निर्यात समेत गर्न सक्ने गरी नीति तथा कार्यक्रम तयार गरिएको बताए ।

फोटोः कैलाश खत्री

नगरका पर्यटकीय क्षेत्रहरुलाई आवश्यक पूर्वाधार विकास गरी प्रचार प्रसारमा जोड दिने नीति तथा कार्यक्रम उल्लेख छ । नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र तर्फ नगरमा रहेको १५ शैयाको मन्थली अस्पताललाई ५० शैयामा स्तर बृद्धि गरिने योजना उल्लेख छ । त्यस्तै स्वस्थ नगर बनाउनको लागि एक घर एक स्वास्थ्य बीमा कार्यक्रम, नागरिकसँग स्वास्थ्यकर्मी जस्ता कार्यक्रमहरु संचालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

आगामी आर्थिक वर्षका लागि १ अर्व ४ करोढ बढीको बजेट

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि मन्थली नरपालिकाले १ अर्व ४ करोढ बढीको बजेट ल्याएको छ । १३ औँ नगरसभाले कुल १ अर्व ४ करोड ५४ लाख ९२ हजार ८ सय ३७ रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

नगर उपप्रमुख इश्वरी बस्नेतले प्रस्तुत गरेको बजेटमा चालु तर्फ ४५ करोड ९३ लाख ९२ हजार ७ सय ८७ रुपैयाँ र पुँजीगत तर्फ ५८ करोड ६१ लाख ५० हजार रुपैयाँ उल्लेख छ । नगर उपप्रमुख बस्नेतले आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन, विपद् व्यवस्थापन, रोजगारी सिर्जना र सुशासनलाई बिषयलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याइएको बताइन् ।

नगर प्रमुख लव श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख इश्वरी बस्नेतले प्रस्तुत गरेको आगामी वर्षको बजेट नगरसभाबाट पुर्ण रुपमा पास भएको छ ।

कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँ, १४ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, पालिकाका स्थानीय, पत्रकारहरूको सहभागिता रहेको थियो ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper