Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

नेपाल बजार बिक्री प्रतिनिधि संघको २३ओैँ स्थापना दिवस र आजको अवस्था

संवादाताः हाम्रो प्रहार
जेष्ठ १७, २०८०

नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स ) को २३ओैँ स्थापना दिवस लाई देशव्यापी सप्ताहको रूपमा विविध सामाजिक सेवाका कार्य गर्दै मनाउँदै गर्दा साँचै नै एक खालको हर्ष उल्लास छाएको छ। बजार प्रतिनिधिहरू बजारमा काम गर्दै गर्दा उत्पन्न बाधा अवरोह लाई आत्मसात् गर्दै केही कम्पनीमा कार्यरत बिक्री प्रतिनिधिहरूको दृढ परिकल्पनामा “उद्योग व्यवसायको रक्षा गरौँ रोजगारी सृजना गरौँ” भन्ने मूल नाराका साथ २०५८ सालमा कास्की जिल्लाको पोखरामा दर्ता भई स्थापित एक सङ्गठन हो ।

यस सङ्गठनको काम र कर्तव्यहरूका बारेमा प्रष्ट नीति नहुँदा केही अन्यौलता सृजना भएको थियो भने हाल उक्त सङ्गठनले विधान/कानुन निर्माण गरी विधान बमोजिम हरेक गतिविधि गरिरहेको पाइन्छ । हाल सातै वटा प्रदेश र २७ शाखा तथा इकाईहरू गठन गरी देशव्यापी रूपमा फैलिएको छ भने केही इकाईहरु गठन हुने प्रक्रियामा रहेका छन्। नाम्सको आबद्ध भइरहँदा एउटा कुनै पनि कम्पनी मान्छे सेल्समा काम गरिरहँदा निर्बाध रूपमा काम गर्न सक्ने वातावरण सृजना यस नाम्सले गरेको पाइन्छ । यस सङ्गठनमा जोडिँदै गर्दा कम्पनी र बजारको मध्यस्थकर्ताको काम गर्ने काम यस सङ्गठनमा आबद्ध सदस्यहरूको हो । राष्ट्रिय एव बहुराष्ट्रिय कम्पनीहरूको बजार बिस्तार एवं उत्पादकत्व वृद्धि गर्नका निम्ति हरेक कम्पनीहरूमा बजार प्रतिनिधिहरूको जरुरत पर्दछ । यस प्रतिष्ठित पेशामा हरेक शिक्षित मान्छेको आगमन भइरहेको छ भने यस पेशालाइ एक प्रतिष्ठित पेशाको रूपमा पनि लिन सकिन्छ ।

हाल देश आर्थिक मन्दीको चपेटामा परेको छ । नेपाली बजार मन्दी कारण केही साना कम्पनीहरू बन्द भइसकेका छन् भने बजारमा केही हिस्सा ओगटेका केही कम्पनीको समेत अवस्था दयनीय छ । सरकारको प्रष्ट धारणा नहुँदा नेपाली उद्योग ब्यासमाया ठुलो समस्या निम्तिएको पाइन्छ । नेपालमा उद्योग व्यवसायको सम्भारयता लाई मध्ये नजर गरी योजना निर्माण गरिनु पर्दछ । वैदेशिक रोजगारीमा युवा जमात को वृद्धि हुनुको मुख्य कारण भनेको नै नेपालका उद्योग ब्याबसायहरुको यथोचित विकास हुन नसक्नु हो । अबका दिनहरूमा देशका सम्पूर्ण कलकारखाना उद्योग धन्दालाई नियमित रूपमा सञ्चालन गरी वैदेशिक रोजगारीमा लिप्त युवाहरूको ध्यान लाई स्वदेश मै लगाउन सरकारको तर्फबाट ध्यान केन्द्रीकृत गर्नु जरुरत छ । तब मात्रै नाम्स भनेर गौरव का साथ २३ओैँ स्थापना दिवस मनाएको अस्तित्व रहन्छ । साथै स्थापना दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

(लेखक: दुर्गा भुजेल नेपाल बजार बिक्री प्रतिनिधि सङ्घका तनहुँ/गोर्खा /लमजुङ शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ )

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper