Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

पार्टीका सङ्गठनहरू निष्क्रिय हुँदा पार्टी कमजोर हुँदै गयो– काँग्रेस नेता प्रकाशमान सिंह

संवादाताः रामचन्द्र वि.क.
बैशाख १९, २०८०

रामेछाप– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको भातृ सङ्गठन र शुभेच्छुक संस्थाहरू निष्क्रिय हुँदा पार्टी कमजोर हुँदै गएको बताएका छन् । मङ्गलवार रामेछापमा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटको क्रममा आफ्नो भनाइ राख्दै नेता सिंहले पछिल्लो समयमा पार्टीका भातृ सङ्गठन र शुभेच्छुक संस्थाहरूको अधिवेशन नहुँदा ती संस्थाहरूको निष्क्रियताले गर्दा मूल पार्टी कमजोर हुँदै गएको बताएका हुन् । 

नेता सिंहले पार्टीको महाधिवेशन समयमै गर्नु पर्ने, भातृ सङ्गठनहरूलाई सक्रिय बनाउनु पर्ने, समय अवधि सकिएका सङ्गठन र शुभेच्छुक संस्थाको अधिवेशन समयमै गराउनु पर्नेमा पार्टीको केन्द्रीय समिति देखि तल्लो तहको वडा समिति सम्मका संरचना सबै एक भएर लाग्नु पर्ने धारणा राखे । काँग्रेसका युवा सङ्गठनहरूको अधिवेशन पटक पटक म्याद थप गर्दा पनि अधिवेशन हुन नसक्दा पार्टी भित्रका युवाहरूले राजनीतिमा अन्य विकल्पहरू खोज्न थालेकाले अब काँग्रेसले त्यस्ता युवाहरूलाई आफ्नै पार्टी भित्र राख्ने गरी सङ्गठनहरूलाई सक्रिय बनाउनु पर्नेमा जोड दिए । 

पार्टीका एजेन्डा, बिचार, आगामी कार्यक्रम र जनताका समस्या पहिचान गरेर समाधान गर्ने योजना सहित नयाँ तरिकाबाट जनताको माझमा नगए पार्टीलाई थप क्षति हुने भनाई राख्दै पार्टीको क्षतिलाई रोक्ने गरी पार्टीका सबै तहका समितिलाई जनता माझमा पुग्न आग्रह गरे । पार्टीका हरेक गतिविधिलाई नयाँ तरिकाबाट अहिलेको प्रविधिलाई प्रयोग गर्दै जनता माझमा लैजानु पर्नेमा नेता सिंहको जोड रहेको छ । 

प्रतिनिधि सभा सदस्य समेत रहेका नेता सिंहले काँग्रेसकै नेतृत्वमा बनेको संविधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा सङ्घीयता माथि नै प्रश्न उठेको बताए । अधिकार सम्पन्न स्थानीय सरकार र प्रदेश सरकारलाई आवश्यक पर्ने कानुनहरू बन्न नसकेको कारणले गर्दा अहिले तीन तहका सरकारहरूले काम गर्न नसको धारणा राख्दै सङ्घीय सकारले बनाउनु पर्ने कानुनहरू बनाएर अहिलेको समस्या सधान गर्नमा काँग्रेस सरकार लाग्नु पर्नेमा उनको जोड रहेको थियो । 

नेपाली काँग्रेस रामेछापको पार्टी कार्यालय भैसेश्वरमा भएको नेता तथा कार्यकर्ता भेटघाटमा आफ्नो भनाई राख्दै पूर्व राष्ट्रिय सभा सदस्य एवं काँग्रेस नेता राधेश्याम अधिकारीले हाल नेपालमा देखिएको राजीनितक अवस्थाको बारेमा सबै पार्टीले संवेदनशील भएर अगाडि बढ्नु पर्ने अवस्था आएको बताए । 

कार्यक्रममा नेपाली काँग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्की, निवर्तमान पार्टी सभापति लवश्री न्यौपाने र पार्टी सचिव दीपक खड्काले पार्टी भित्र देखिएका समस्यामा पार्टीको केन्द्रीय समिति बढी जिम्मेवार भएर समाधानमा लाग्नु पर्नेमा जोड दिएका थिए । 

Related Posts

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper