Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

मन्थली नगर कप आइतबार देखि सुरु हुने

संवादाताः कुमार श्रेष्ठ
फाल्गुन ६, २०७९

रामेछाप- मन्थली नगरपालिकाले संचालन गर्दै आएको ‘मन्थली नगर कप’ आइतबार देखि सुरु हुने भएको छ । यस अघि ‘मेयर कप’ का रुपमा संचालन हुँदै आएको प्रतियोगिताको नाम नै परिवर्तन गरेर नगर कप रुपमा आयोजना गर्न लागिएको प्रथम नगर कप आइतबार देखि सुरु हुने भएको हो । मन्थली नगर खेलकुद नगर खेलकुद समितिको निर्णयले मेयर कपलाई नगर कपमा परिणत गर्दै आयोजनालाई निरन्तरता दिन लागिएको नगर प्रमुख लव श्रेष्ठले बताए ।

मेयर एउटा पद हो,‘नगर प्रमुख श्रेष्ठले भने,‘ मेयर कप उच्चारण गर्दा पनि एउटा व्यक्तिको भक्ति गरेजस्तो हुने रहेछ । यसलाई परिवर्तन गरेर समग्र नगरको पहिचान हुने गरी ‘मन्थली नगर कप’ नामकरण गरिएको हो । यसले नगरको छुट्टै पहिचान बनाउन मद्दत पुर्‍याउँछ ।’

सिङ्गो नगरको प्रतिष्ठा संग जोडिएको ‘नगर कप’ भन्ने शब्द नगरमैत्री र लोकतान्त्रिक हुने हुँदा नगर खेलकुद विकास समितिको बैठकले ‘मेयर कप’ को ठाउँमा ‘नगर कप’ राम्रो भन्ने निष्कर्ष निकाल्दै ‘नगर कप’ बनाएको नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले बताए ।

मेयर कपबाट नगर कपमा परिणात भएको प्रतियोगितामा यो वर्ष खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय भएको नगर खेलकुद विकास समितिले बताएको छ ।

नगर क्षेत्र भित्र रहेका खेलाडीहरुको पहिचान सँगै नगरको खेलकुद विकासलाई थप बलियो बनाउने उद्देश्यले संचालन गरिदैँ आएको प्रतियोगितामा नगरका १४ वटा वडाबाट एक/एक टिम सहभागी हुने नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टिमलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाण पत्र दिइने नगर खेलकुद विकास समितिले बताएको छ । त्यस्तै सान्त्वना हुने टिमलाई ३० हजार नगदको साथमा शिल्ड र प्रमाणपत्रको व्यवस्था रहेको पनि आयोजकले बताएको ।

आइतबारबाट जिल्ला समन्वय समिति पछाडिको खेलमैदानमा हुने प्रथम नगर कप रनिङ शिल्ड पुरुष भलिबलको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ । आइतबार विहानबाट प्रतियोगिता संचालन हुने समितिले बताएको छ ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper