Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मन्थलीको कार्यपालिका बैठक थानापतिमा, नगरको पर्यटन विकास पहिलो प्राथमिकतामा

संवादाताः रामचन्द्र वि.क.
पुस १६, २०७९

रामेछाप- मन्थली नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र रहेका पर्यटकीय स्थलहरुको पहिचान गर्दै पर्यटन क्षेत्रको व्यवस्थित विकास गर्ने योजना अगाडि सारेको छ । विहिबार मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँ स्थित थानापति महादेव मन्दिर परिसरमा कार्यपालिकाको बैठक बसेर थानापति विकासको लागि गुरुयोजना बनाएर अगाडि बढ्ने निर्णय गर्दै नगर क्षेत्रभित्रका सम्पूर्ण पर्यटकीय स्थलको विकास गर्ने योजना अगाडि सारेको हो ।

थानापति मन्दिर परिसरमा बसेको कार्यपालिका बैठकको बारेमा जानकारी गराउँदै नगर प्रमुख लव श्रेष्ठले भने, ‘मन्थली नगरका १४ ओटै वडा भित्र रहेका पर्यटकीय क्षेत्रको पहिचान गर्ने र पर्यटन विकासको लागि सबै कार्यपालिकाका सदस्यहरुले साझा धारणा बनाएर गुरु योजना सहित अगाडि बढ्ने संकल्प सहित यहाँ बैठक बसेका छौँ । यसले एउटा साझा धारणा बनाउन सहयोग पुग्छ । जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको थानापति मन्दिर विकासको लागि गुरु योजना बनाउने निर्णय गरेका छौँ । यसैलाई आधार मानेर अन्य वडाका पर्यटकीय स्थलहरुलाई पनि जोड्दै जाने छौँ र नगरको उएटा आम्दानीको रुपमा पर्यटकीय क्षेत्रलाई लिने छौँ ।’

नगरका १४ ओटै वडामा रहेका पर्यटकीय स्थलहरुलाई एउटै मार्गबाट जोड्ने गरी गुरु योजना बनाउने विषयमा पनि बैठकमा बृहत छलफल भएको नगर प्रमुख श्रेष्ठले बताए । बैठकले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई राम्रो बनाउने, १४ ओटै वडाको जग्गा वर्गीकरणलाई छिटो टुङ्ग्याउने, वडाबाटै राजस्व तिर्न सकिने गरि योजना बनाउने, जेष्ठ नागरिक तथा अशक्तहरुलाई दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई सहज बनाउने लगायतका विषयमा छलफल तथा निर्णय गरेको नगर प्रमुख श्रेष्ठले बताए ।

नगरको पर्यटन विकासको दुर्गामी योजना र सहज पहुँच मार्ग निर्माणको लागि बृहत छलफल गर्दा नगरको एउटा बन्द कोठमा भन्दा पनि जहाँको विकासको कुरा गरिन्छ त्यहि गएर छलफल अगाडि बढाउँदा योजना कार्यन्वयन सफल हुने उद्देश्य सहित बैठक थानापति मन्दिर परिसरमा गरिएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईले बताए ।

त्यस्तै मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँका वडाध्यक्ष गोकर्ण राज आराणले मन्थली नगरको कार्यपालिका बैठक नगरको केन्द्र भन्दा बहिर त्यो पनि आफ्नै वडामा हुँदा पर्यटन विकास सँगै वडाको समग्र विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित थानापती महादेव मन्दिरको प्रचार प्रसारमा समेत यो बैठक उपलब्धमूलक हुने बताए ।

प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा समेत सहयोग पुग्ने उद्देश्य सहित यस अघि भदौमा भएको अघिल्लो वर्षको नगर समिक्षा बैठकमा वडाले गरेको प्रस्ताव अनुसार नगरको सिंगो टिम नै मन्दिर परिसरमा आएर बैठक बस्नु सकरात्माक सन्देश भएको वडा नं ९ पुरानागाउँका वडा सचिव रामहरि अधिकारीले बताए । उनले बैठकमा भएका निर्णयलाई चाँडै कार्यन्वयनमा लैजन सके वडा नं ९ को मात्रै नभएर समग्र नगरकै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राखे ।

थानापती मन्दिर परिसरमा नगर प्रमुख लव श्रेष्ठको अध्यक्षमा भएको छैठौँ कार्यपालिकाको बैठकमा नगर उपप्रमुख इश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाई, १४ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, मन्थली नगरपालिकाका उपसचिव हेमन्त कुमार बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper