Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

समाज सेवा जागृत महिला बचतको १५ वर्षे यात्रा, साढे १ करोडको कारोबार

संवादाताः हाम्रो प्रहार
पुस ९, २०७९

रामेछाप- १५ वर्ष अघि महिलाहरुले सुरु गरेको रामेछापको एक सहकारीले १५ वर्षे यात्रामा झण्डै साढे १ करोडको कारोबार गर्न सफल भएको छ । रामेछाप नगरपालिकाको वडा नं ८ रामेछापमा महिलाहरूद्वारा संचालित समाज सेवा जागृत महिला बचत तथा ऋण सहकारी संस्थाले १५ वर्षको अवधिमा १ करोड ५१ लाख १८ हजार ६४ रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको हो ।
शनिबार सम्पन्न संस्थाको १५ औँ वार्षिक साधारणसभामा संस्थाका कोषाध्यक्ष कल्पना देवकोटाले प्रस्तुत गरेको गत वर्षको आर्थिक प्रतिवेदनमा १५ वर्ष अघि केही महिलाहरुले ५ रुपैंयाबाट सुरु गरेको सहकारीले हाल १ करोड ५१ लाख १८ हजार ६४ रुपैयाँ बराबरको कारोबार गरिरहेको उल्लेख छ ।

सहकारीको १५ औँ साधारणसभाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमको प्रमुख अतिथि एवं रामेछाप नगरपालिकाकी उपप्रमुख बालकुमारी कार्कीले महिलाहरुले मात्रै संचालन गरेको सहकारीले बचतको माध्यमद्वारा महिलाहरुको आर्थिक बृद्धि सँगै समाज परिवर्तनको एउटा महत्वपुर्ण काम गरिरहेको बताउँदै सहकारीको यो अभियान भविष्यमा पनि निरन्तर रहने विश्वास व्यक्त गरिन् । बिभिन्न कारणले विभाजित भएको समाजलाई समाज सेवा जागृत महिला सहकारीले एक सुत्रमा बाधेर अगाडी बढाइरहेकाले सहकारीकै माध्यमबाट पनि बिभेद रहित समाज निर्माण गर्न सकिने भएकाले यो अभियानमा सबैको साथ आवश्यक रहेको उपप्रमुख कार्कीको भनाई रहेको छ । उनले सहकारीको बिकासको लागि नगरपालिकाले आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
त्यसैगरि रामेछाप नगरपालिका वडा नं ८ का वडाध्यक्ष सन्तोष तामाङले नगरको एउटा वडामा रहेर वडाका सबै दिदीबहिनीलाई सहकारी मार्फत आर्थिक बृद्धि र हिसां मुक्त समाज निर्माणको लागि समाज सेवा जागृत महिला बचत तथा ऋण सहकारीले खेलेको भूमिका धेरै महत्वपूर्ण रहेको बताए । वडाध्यक्ष तामाङले सहकारीको अभियानमा वडा कार्यलयले सधैँ सहयोग गर्ने प्रतिवद्धता जनाए ।
रामेछाप नगरपालिकाको सहकारी शाखाका प्रमुख हरिभगत श्रेष्ठले पछिल्लो समय सहकारी संचालनमा धेरै चुनौतीहरु देखिएको बताउँदै सहकारी संचालन गर्दा पुरा गर्नु पर्ने सुचकांकहरुलाई पुरा गर्न सुझाब दिएका छन् ।
संस्थाका अध्यक्ष लक्ष्मी घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका सहसचिव रामचन्द्र विक, विभिन्न सहकारी संस्थाका अध्यक्ष एंव प्रतिनिधिहरुले सहकारीको साधारणसभाको सफलताको शुभकामना दिएका थिए ।
सहकारी संस्थाकी सचिब निर माया साहीले संस्थाले विगतमा गरेका काम र आगामी दिनमा गरिने कार्यक्रम सहितको सांगठनिक प्रतिवेदन पेश गरेकी थिइन् ।
संस्थाको बन्दसत्रले सचिवको सांगठनिक प्रतिबेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, लगायका विभिन्न उपसमितिहरुले प्रस्तुत गरेका प्रतिवेदनहरु सर्वसम्मतिले पारित गरेको शिक्षा उपसमितिकी संयोजक घना माया श्रेष्ठले बताइन् ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper