Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सम्झौता समयावधि भित्रै काम सम्पन्न गरेपछि निर्माण व्यवसायी सम्मानित

संवादाताः हाम्रो प्रहार
मंसिर २६, २०७९

रामेछाप- भवन निर्माण गर्ने जिम्मा लिएको निर्माण कम्पनीले सम्झौता समयावधि भित्रै काम सम्पन्न गरेपछि कम्पनीका संचालक संम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछाप परिसर भित्र कार्यालय प्रमुख र सिनियर प्रहरी अधिकृत आवास भवन निर्माणको जिम्मा लिएको थापा निर्माण सेवा प्रा.लि.का संचालक दिपक कुमार थापाले समयावधि भित्रै काम सम्पन्न गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापले प्रशंसा पत्र दिएर थापालाई सम्मान गरेको हो ।

गएको कार्तिक महिनामा नै निर्माण सम्पन्न गरेर भवन बुझाएका थापालाई भवन उद्घाटनको अवसर पारेर सोमबार बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेकी हुन् । प्रहरी प्रमुख बज्राचार्यले अधिकासं ठाउँहरुमा निर्माणको जिम्मा लिएर समयावधि भित्रै काम नगर्ने निर्माण व्यवसायीलाई आफूहरुले नै कारवाहीका लागि प्रक्रिया अगाडि बढाउनु परेको स्मरण गर्दै रामेछापमा आफ्नै संगठनको भवन निर्माण गर्ने जिम्मा लिएर समयावधि भित्रै निर्माण सक्ने व्यक्तिलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताइन् ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई धन्यबाद सहित प्रशंसा पत्र प्रदन गरेको देख्दा समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायी पनि हुने रहेछन् भन्ने उदहारणको एक व्यक्ति दिपक थापा बनेको बताए । प्रजिअ रेग्मीले जिल्लामा निर्माणको जिम्मा लिएर समयावधिमै काम सम्पन्न नगरी अलपत्र पारेर हिड्ने निर्माण व्यवसायीलाई पनि सम्मानित हुने गरी काम गर्न आग्रह गरेका छन् ।

यस अघि पनि अधिकासं काम सम्झौता अवधि भित्रै सम्पन्न गरेर विभिन्न ठाउँबाट सम्मानित भएका निर्माण व्यवसायी दिपक थापाले आफू सम्मानित भएकोमा भन्दा पनि आफूले जिम्मा लिएको काम समयावधि भित्रै सम्पन्न गर्न पाउँदा त्यसले आफूलाई खुसी बनाएको प्रतिक्रिया दिए । सम्झौता समयावधि भित्रै काम सम्पन्न गर्दा कम लागतमै काम सम्पन्न हुनुको साथै निर्माण कम्पनी र सरकारलाई समेत फाइदा पुग्ने उनले बताए ।

निर्माण कम्पनीले समयावधि भित्रै काम सम्पन्न गरेर समयमै बुझाउन सके पछिल्लो समय निर्माण क्षेत्रमा देखिएको समस्या समधान हुनुको साथै निर्माण व्यवसायीलाई सरोकारवाला निकायले हेर्ने दृष्टिकोण समेत सकरात्मक हुने थापाको भनाइ रहेको छ ।

३ करोड ७ लाख ५४ हजार ८ सय रुपैयाँको लागतमा निर्माण गरेर २०७९ कार्तिक भित्र सम्पन्न गर्ने गरी मिति २०७८ असार ३ गते सम्झौता भएको थियो ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper