Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

‘हामीलाई जिताएर पठाउनुहोस, हामी विकासको उपहार लिएर आउने छौँ’- कान्छाराम

संवादाताः हाम्रो प्रहार
कार्तिक ५, २०७९

रामेछाप- नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छारामले रामेछापबाट सत्ता गठबन्धनलाई जिताएर पठाए विकासको उपहार लिएर गाउँ-गाउँ आउने बताएका छन् । शनिबार दिउँसो गोकुलगंगा गाउँपालिकाको वडा नं १ चुचुरेमा वडा स्तरीय चुनावी सभामा आफ्ना प्रतिबद्धता व्यक्त गर्ने क्रममा उनले प्रतिनिधि सभामा आफूलाई, रामेछाप प्रदेश सभा (क) मा तारानारायण श्रेष्ठ र रामेछाप प्रदेश सभा (ख) मा युवराज चौलागाईंलाई अत्याधिक मत दिएर जिताउन आग्रह गर्दै गाउँ-गाउँमा विकासको उपहार लिएर आउने प्रतिबद्धता जनाएका हुन् ।

बिगत एक दशक भन्द लामो समय देखि आफू जिल्लाका सबै भुभागमा पुग्दा त्यहाका समस्यासँग आफू जानकार रहेको बताउँदै समग्र जिल्लाको समस्यालाई निर्वाचित भएपछि समधान गर्ने योजना आफूसँग रहेको पनि उम्मेद्वार तामाङले बताए । मंसिर ४ को निर्वाचनमा आफूले एमालेका उम्मेद्वारलाई दोब्बर मतले पराजित गर्ने दाबी समेत उनले गरे ।

त्यस्तै रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठले रामेछाप प्रदेश सभा (क) लाई बिकास गर्न प्रचुर मात्रामा रहेका प्राकृतिक स्रोतलाई‌ समुचित रुपमा‌ प्रयोग गरेर समृद्ध बनाउन सकिने योजना सहित आफू उम्मेद्वार भएको बताउँदै आम मतदाताई जिताउन आग्रह गरे ।
नेपाली काँग्रेस गोकुलगंगा- १ चुचुरेका वडा सभापति धनकुबेर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ, संविधान सभा सदस्य आङटावा शेर्पा, नेपाली काँग्रेस रामेछापका निबर्तमान पार्टी सभापति लवश्री न्यौपाने, प्रदेश सभा तर्फ नेपाली काँग्रेसबाट समानुपातिकका उम्मेद्वार उज्वलराम घिमिरे, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि ध्रुबहरी ढुंगेल, नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य प्रेम कुमार कार्की (सेवक), नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापका अध्यक्ष रमेश खड्का लगायतले धारणा राखेका थिए ।

त्यस्तै शनिबार बिहान उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका वडा सभापति ङापेम्बा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छाराम, रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठ, नेपाली काँग्रेस बागमती प्रदेश सदस्य भिमसेन बस्नेत, नेकपा माओवादी केन्द्र उमाकुण्ड गाउँपालिका वडा नं १ वडा कमिटीका अध्यक्ष अमृत कार्की लगायतले धारणा राखेका थिए ।

आइतबार गोकुलगंगाको ठोसे र रस्नालुमस कार्यक्रम रहेको नेपाली काँग्रेस रामेछापका सचिब दिपक खड्काले बताए । कार्यक्रम सोमबार देखि सुरु भएको हो ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper