Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

बालबालिकाको भविष्य सुरक्षित गर्ने मुख्य जिम्मेवारी अभिभावकको हो– नगर प्रमुख न्यौपाने

संवादाताः रामचन्द्र वि.क.
भदौ २९, २०७९

रामेछाप- रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले बालबालिकाको भविष्य सुरक्षित गर्ने मुख्य जिम्मेवारी अभिभावकको रहेको बताएका छन् । रामेछाप नगरपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा आयोजना गरेको हाजिरीजवा र नृत्य प्रतियोगिता कार्यक्रममा आफ्नो भनाई राख्दै नगर प्रमुख न्यौपानेले बालबालिकाको भविष्य सुनिश्चित र सुरक्षित गर्ने मुख्य जिम्मेवारी अभिभावकको हुने बताएका हुन् ।

अहिले पनि अधिकासं अभिभावकहरुले विद्यालयमा अध्ययनरत बालबालिकालाई उसको पढाइलाई नै असर पुग्ने गरी घरायसी काममा लगाउँने गरेको र त्यस्ता कामले गर्दा बालबालिकालाई पढाइमा भन्दा पनि घरायसी काममा ध्यान केन्द्रित भई उसको पढाई बिग्रेर भविष्य नै अन्धकार हुने हुँदा अब अभिभावकले बालबालिकाको चाहान अनुसार सहयोग गर्नु पर्ने धारणा राखे । नगर प्रमुख न्यौपानेले आफ्ना छोराछोरीलाई मायाका साथ विद्या आर्जन गर्नमा प्रेरित गर्न आग्रह गरे ।

रामेछाप नगरपालिकाले आगामी चैत्र महिना भित्र नगरलाई बालमैत्री नगर घोषणा गर्ने गरी अभियान चलाएकाले उक्त अभियानमा सबैलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

त्यस्तै नगर उपप्रमुख बाल कुमारी कार्कीले बालबालिकाहरुकै सहभागीतमा ५८ औँ राष्ट्रिय बाल दिवस मनाउँदै गर्दा अझै पनि केही बालबालिकाहरु बाल दिवस मनाउनबाट बञ्चित रहेको बताउँदै त्यस्ता बालबालिकाहरुलाई पनि आगामी दिनमा सहभागी गराउने गरी सबैले अभियान चलाउनु पर्ने धारणा रखिन् । उपप्रमुख कार्कीले यस्ता दिवसीय कार्यक्रमहरुमा मात्रै नभएर नगर भित्र रहेका बालबालिकाहरुको सहयोगका लागि नगरपालिकाले विभिन्न कार्यक्रम बनाएर कार्यन्वयनमा जाने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बाल अधिकारको संरक्षण र प्रवद्र्धनको लागि परिवार, समाज र राष्ट्रले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर लग्नु पर्ने बताए ।

रामेछाप नगरपालिकाका प्रवक्ता समेत रहेका रामेछाप नगरपालिका वडा नं ७ का वडाध्यक्ष समिर कार्कीले यस्ता दिवसीय कार्यक्रममा बोलिएका कुराहरुलाई घरपरिवार, बालबालिका र सरोकारवालाहरुले ब्यवहारमा लागु गर्न सके अहिले बालबालिकाले भोग्दै आएका समस्या समधान हुने धारणा राख्दै ब्यवहारमा लागु गर्न सबै लाग्नु पर्नेमा जोड दिए ।

त्यस्तै नेपाल पत्रकार महासंघ रामेछापका पुर्व सभापति हिमाल ढुंगेलले जिल्लामा यस्ता दिवसीय कार्यक्रम विगत लामो समय देखि मनाउँदै आएको भएपनि अझै पनि बाल अधिकार हनन् भइरहेको बताए । उनले यस्ता दिवसीय कार्यक्रममा बालबालिकालाई भन्दा पनि अभिभावकहरुलाई सहभागी गराएर सचेत गराउने गरी स्थानीय तहहरुले अभियान चलाउनु पर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेको अध्यक्षता तथा नगर प्रमुख लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मावि स्तरीय हाजिरीजवाफ प्रतियोगित, निमावि स्तरीय एकल नृत्य प्रतियोगिताको आयोजनासँगै २०७८ को एसइइ परिक्षामा उत्कृष्ट भएका विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

रामेछाप नगरपालिका आयोजक रहेको कार्यक्रममा माइती नेपाल काठमाण्डौ, रामेछाप बिजनेश एण्ड प्रोफेशनल वमेन रामेछाप र समाज सेवा जागृत महिला बचत तथा ऋण सहकारी रामेछापले पनि समन्वय गरेका थिए ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper