Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मंसिर ४ सबै दललाई कठिनः एमालेलाई जित्न, गठबन्धनलाई निर्वाचन क्षेत्र आफ्नो पक्षमा पार्न

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०७९

रामेछाप– सरकारले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरैसँगै मंसिर ४ को निर्वाचनमा आफ्नो पक्षमा परिणाम पार्नको लागि दलहरू विभिन्न रणनीति बनाउन थालेका छन् । २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर संसदको पहिलो ठूलो दल बनेको नेकपा एमाले २०७९ मंसिर ४ को निर्वाचनमा पनि २०७४ को विरासतलाई जोगाउन विभिन्न योजना सहित गाउँ केन्द्रित कार्यक्रमको आयोजना गर्न थालेको छ । बैशाख ३० को निर्वाचनमा गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा स्थानीय तहमा पहिलो दल बनेको संसदको दोस्रो ठूलो दल नेपाली काँग्रेस पनि पाँच दलीय गठबन्धनको बलमा पहिलो पार्टी बन्ने रणनीतिमा लागेको छ । त्यस्तै संसदमा तेस्रो ठूलो दलको रुपमा रहेको नेकपा माओवादी केन्द्र पनि गठबन्धनकै बलमा २०७४ को विरासतलाई कायम राख्दै मंसिर ४ को निर्वाचनमा दोस्रो ठूलो दल बन्ने दाउमा छ । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पनि संसदमा सम्मानजन उपस्थिति जनाउन गठबन्धनकै सहारामा अगाडि बढेको छ । सरकारकै सत्ता साझेदार जसपा नेपाल र राष्ट्रिय जनमोर्चा गठबन्धनबाटै संसदमा राम्रो उपस्थिति जनाउने गरी चुनावी रणानीतिमा लागेका छन् ।

रामेछापमा सबै दललाई कठिनः गठबन्धनलाई निर्वाचन क्षेत्रको, एमालेलाई चुनाव जित्न

सरकारले देशैभरी एकै मितिमा २०७९ मंसिर ४ गते निर्वाचन गर्ने घोषणा गरेपछि रामेछापका राजनीतिक दलहरू पनि मंसिर ४ को निर्वाचनमा आफ्नो पार्टीलाई जिताउने गरी चुनावी तयारीमा लागेका छन् । तर, ठूला राजनीतिक दलहरुलाई विभिन्न कारणले कठिनाई परेको छ । कुनै दललाई मतदाता जोगाउन या आफ्नो पक्षमा मतादाता जुटाउन कठिन परेको छ भने कुनै दलहरू निर्वाचन क्षेत्र (दुई प्रदेश सभा र एक प्रतिनिधिसभा) कसरी आफ्नो भागमा पार्ने वा जोगाउने भन्ने कारणले कठिनमा परेका छन् ।

२०७४ को निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेर प्रदेश सभाका दुबै क्षेत्रमा निर्वाचन जितेको नेकपा एमालेलाई मंसिर ४ को निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र सहितको पाँच दलीय गठबन्धनको कारण दुबै क्षेत्रमा आफ्नो विरासतलाई कायम राख्न कठिन हुने स्थिति छ । अघिल्लो निर्वाचनमा एमाले–माओवादी गठबन्धनका कारण माओवादीको भागमा परेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र यो पटक भने एमालेले एक्लै अन्य दलसँग चुनाव लड्ने हुँदा आफ्नै उम्मेद्वार उठाउने छ । तर, मंसिर ४ को  निर्वाचन जित्न भने गठबन्धन कै कारण एमालेलाई सकस हुने निश्चित जस्तै छ ।

बैशाख ३० को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ३८ हजार ९ सय ९५ मत पाएको छ । गठबन्धन भित्र रहेका काँग्रेस, माओवादी र नेकपा एसलाई आएको मत जोड्दा ६९ हजार ४ सय ९४ मत हुन्छ । एमालेलाई २०७४ को आफ्नो विरासत जोगाउँदै मतदाता आफ्नो पक्षमा पार्न चुनौती थपिएको छ । यसकारण पनि एमालेलाई मंसिर ४ को निर्वाचनमा नयाँ मतदाता आफ्नो पक्षमा पार्न र अघिल्लो निर्वाचनमा पाएको मत जोगाउन निकै सकस पर्ने स्थिति छ । तर, नेकपा एमालेले मतदाताको मनोबल उच्च राख्न गठबन्धन भएपनि प्रदेश सभा र प्रतिनिधि सभामा चुनाव जित्ने दावी गर्दै आएको छ ।

यता गठबन्धनकै भरमा निर्वाचन जित्ने दाउमा रहेका गठबन्धन भित्रभएका मुख्य दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसलाई निर्वाचन क्षेत्र आफ्नो भागमा कसरी पार्ने हो भन्ने विषयले अफ्टेरोमा पारेको छ । प्रदेश सभा र प्रतिनिधि सभाको क्षेत्र भागबण्ड केन्द्रले नै गर्ने भएपनि जिल्लाका गठबन्धन भित्र रहेका राजनीतिक दलहरुलाई निर्वाचन क्षेत्र आफ्नो पक्षमा पर्ने हो वा नपर्ने हो भन्ने विषयले अफ्टेरोमा पारेका छ । जसको कारण गठबन्धन भित्रका सबै दल अहिले मतदाता आफ्नो पक्षमा पार्न वा भोट माग्न गाउँ पस्न सकिरहेका छैनन् । गठबन्धनकै बलमा चुनाव जितेर संसदको यात्रा तय गर्ने दाउमा रहेका गठबन्धन भित्रका दलहरुले चुनाव जित्न धेरै सजिलो आकलन गरीरहेका छन् । तर, निर्वाचन क्षेत्र आफ्नो भागमा पार्न भने गठबन्धन भित्रका दललाई ठूलै चुनौती थपिएको छ ।

यस्तो छ २०७९ को स्थानीय तहको निर्वाचनमा मुख्य दलहरुले पाएको मत परिणाम

२०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ६४ वटै वडामा उम्मेद्वार उठाउने राजनीतिक दलहरुको मत परिणाम हेर्दा नेपाली काँग्रेससँग सबै भन्दा बढी ४१ हजार ५१ मत छ । नेकपा एमालेसँग ३८ हजार ९ सय ९५ मत छ । त्यस्तै नेकपा माओवादी केन्द्रको २७ हजार ७२ मत, नेकपा एसको १ हजार ३ सय ३१ र राप्रपाको ९ सय ५७ मत छ ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper