Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

एसइइ दिएका विद्यार्थीहरुलाई पहिलो पटक अवसर र चुनौतीका विषयमा प्रशिक्षण

संवादाताः कुमार श्रेष्ठ
असार १९, २०७९

रामेछाप– रामेछापमा पहिलो पटक एसइइ परीक्ष दिएर बसेका विद्यार्थीलाई भविष्यको अवसर र चुनौतीको बारेमा प्रशिक्षण दिइएको छ । रामेछाप जेसीजको आयोजनामा एसइइ दिएर बसेका विद्यार्थीहरुलाई परीक्षापछि आउने अवसर र चुनौतीका विषयमा प्रशिक्षण दिइएको हो । शनिवार रेडक्रम भवन मन्थलीमा आयोजित प्रशिक्षणमा हालै परीक्षा दिएर बसेका विद्यार्थीहरुले अबको आफ्नो गन्तब्यका बारेमा सहभागिलाई जानकारी गराएका थिए । साथै सहभागि अभिभावकहरुले पनि आफ्ना नानीहरुका समस्यहरु राखेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले भविष्यको कर्णधारका रुपमा रहेका बालबालिकाहरु त्यसमा पनि एसइइ पुरा गरेका नानीबाबुहरुले सहि मार्गनिर्देशन नपाउँदा गलत बाटोमा हिड्ने गरेका प्रशस्त उदाहरण रहेकाले आफ्ना बच्चाहरुलाई घरबाट असल संस्कारको शिक्षासँगै समाजले सहि मार्गनिर्देशन दिनु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख प्रशिक्षक नेपालका बरिष्ठ शिक्षाविद् विद्यानाथ कोइरालाले बच्चाहरुको मानसिकता र उनीहरुको क्षमताको पहिचान गरेर उनीहरुले रोजेको बाटो सहि हो या गलत छुट्याएर स्वतन्त्र रुपमा अघि बढ्न दिएमा कुनै पनि विद्यार्थीले भविष्यमा असफल हुनु नपर्ने बताए । उनले हरेक बालबालिका कुनै न कुनै क्षेत्रमा अब्बल रहेको बताउँदै पढाइको आधार आधा मात्र हुँदै गरेकाले आगामी दिनमा आफुले चाहेको विषय अध्ययन गरेर आफुलाई परिवर्तन गर्नु पर्ने बताए ।

साथै उनले र्यापर गायक बालेनको उदाहरण दिँदै गायनमा भएको प्रतिभालाई उजागर गर्दै बालेन शाह काठमाडौको मेयर भएको र हाम्रा हरेक विद्यार्थी भाइबहिनीहरु बालेन जस्तो अब्बल रहेको बताए । उनले इन्जिनीयरका विद्यार्थी र्यापरसँगै राजनीतिककर्मी तथा बहुप्रतिभाशाली बन्ने बताए ।

अर्का प्रशिक्षक मन्थली क्याम्पसका पूर्व क्याम्पस प्रमुख गुञ्जबहादुर श्रेष्ठले यो उमेरलाई सहि रुपमा अघि बढाउन सकेमा भविष्यमा जीवन सार्थक हुने बताए । सहभागि विद्यार्थीहरुले आफुसँग भएको प्रतिभा प्रस्तुत गरेका थिए भने आगामी योजनाहरु पनि राखेका थिए । उनले एउटा विषयमा मात्र व्यक्ति पोख्त नहुने बताउँदै आफ्नो क्षमताको पहिचान गरेर आफुलाई समाजको अब्बल नागरिकका रुपमा स्थापित गर्न शुभकामना समेत दिए ।

रामेछाप जेसिजका अध्यक्ष रामहरी सापकोटाको सभापतित्व तथा मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्थली मा वि का शिक्षकहरु चन्द्र धामी, पविना पौडेल, कमला थापा, शिव सुवेदी, टंकराज सुवेदी, मन्थली मा वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सुवेदी, दोलखा जेसिजका अध्यक्ष पदम पाठक लगायत विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समिति पदाधिकारीहरको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक तथा २०२२ की कानुनी सल्लाहकार सरस्वती रायमाझीले स्वागत गरेकी थिइन् । कार्यक्रममले विद्यार्थीहरुलाई धेरै सहयोग पुगेको रामेछाप जेसिजका महासचिव विमल पौडेलले दावी गरे ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper