Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

तामाकोशी नदीमा उद्धार अभ्यास

संवादाताः हाम्रो प्रहार
जेष्ठ ३१, २०७९

रामेछाप– जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले नदीमा बाढीबाट आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै जोखिम विपद् पुर्व तयारी तथा विपद् प्रतिकार्य पुर्व नमूना अभ्यास गरेको छ । बाढी पहिरोको समय सुरु भएसँगै नदी तथा नदी तटिय क्षेत्रमा हुन सक्ने बाढीजन्य जोखिमबाट बचाउनको लागि जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले मंगलबार विहान विपद् प्रतिकार्य पुर्व नमूना अभ्यास गरेको हो ।

नमूना उद्धार अभ्यास कार्यमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरीएको थियो भने नमूना उद्धार कार्यमा बाढी पहिरोको समयमा नदीमा आउन सक्ने बाढीजन्य जोखिममा सहयोग गर्न सुरक्षाकर्मी, एम्बुलेन्स, शव वहान, औषधि लगायतका आवश्यक सबै सामग्री तयारी अवस्थामा राखिएको थियो ।

नमूना उद्धारको क्रममा तामाकोशी नदी किनारमा रहेको एक घर बगाउँदा एकै घरका पाँच जनालाई बाढीले बगाएर ल्याएको अवस्थामा तालिम प्राप्त नेपाली सेना र सशस्त्र प्रहरीले उद्धार गरेका थिए । उद्धार पश्चात घाइते रहेका मानिसहरुलाई नेपाल रेडक्रसका स्वयंसेवक र स्थास्थ्यकर्मीले प्राथमिक उपचार गरेर सामान्य घाइते भएकालाई घर पठाएका थिए भने थप उपचारको लागि सुविधा सम्पन्न स्वास्थ्य संस्थामा पठाएका थिए । नमूना उद्धारको समयमा नदी क्षेत्रमा बाढीले थप क्षति पुर्‍याउन सक्ने तर्फ ध्यान दिँदै सुरक्षाकर्मीले नदीमा बाढी आएको जानकारी गराउँदै नदी तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई थप सुरक्षित रहन आग्रह गर्दै सूचना मार्फत सचेत गराइएको थियो ।

नमूना उद्धार कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेम बहादुर थापाले विपद्का हिसावले उच्च जोखिममा परेकाको उद्धार तथा उपचारका लागि स्थानीय सरकार र सरोकारवाला निकायहरुले जनशक्ति देखि उद्धारमा आवश्यक पर्ने सबै प्रकारका सामाग्री तयारी अबस्थामा राख्नु पर्ने बताए । उपप्रमुख थापाले बाढी पहिरो तथा बाढीजन्य समय सुरु भइसकेकाले विपद्का हिसाबले जोखिममा रहेका आम नागरिकहरुले पनि सावधानी अपनाउनु पर्ने भनाई राखे ।

जिल्ला विपद् व्यवस्थापत समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिहरुलाई विपद्को बारेमा पुर्ण तयारी अवस्थामा राख्नु पर्ने धारणा राखे । उनले विपद्बाट बच्ने उपायको बारेमा आम नागरिकलाई पुर्ण रुपमा जानकारी गराउने र विपद्को बेला उद्धार गर्न सक्ने जनशक्ती तयार पारेर तालिम दिने जस्ता कार्यमा सबै सरोकारवाला निकायहरु एक भएर लाग्नु पर्नेमा जोड दिए ।

मन्थली नजिक तामाकोशी नदीमा गरिएको नमूना उद्धार कार्यमा जिल्ला प्रशासन कार्यालय, नयाँ गोरख गण, सशस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाईटी, मन्थली नगरपालिकाका प्रमुख एवं प्रतिनिधिहरु र मन्थली माविमा अध्ययनरत विद्यार्थीहरुले अवलोकन गरेका थिए ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper