Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सुकाजोरका आगलागी पीडितलाई रामेछाप नगरले दियो तत्कालिन राहत, आर्थिक सहयोग पनि गर्ने

संवादाताः हाम्रो प्रहार
चैत्र १३, २०७८

रामेछाप- शनिबार दिउँसो आगलागीबाट घरबिहिन बनेका रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर रजयछापका ११ घरपरिवारलाई रामेछाप नगरपालिकाले तत्कालका लागि आवश्यक पर्ने राहत उपलब्ध गराएको छ । नगर उपप्रमुख सृजना खड्काको नेतृत्वमा घटनास्थल पुगेको नगरको टोलीले पीडित परिवारलाई बास बस्नको लागि पाल, ओढ्ने आछ्याउने कपडा, खाद्यन्न, पानी, खाना पकाउने भाँडा लगायतका राहत सामाग्री उपलब्ध गराएको छ ।

तत्कालिन राहत सहित घटना स्थलमा पुगेकी उपप्रमुख सृजना खड्काले आगलागीबाट पीडित भएका परिवारलाई दुखी नहुन आग्रह गर्दै घरबिहिन बनेका परिवारलाई दीर्घकालिन बस्ने व्यवस्था मिलाउने जिम्मा नगरको भएकाले नगरले त्यसको जिम्मा लिने बताइन् । उनले २०७२ सालको भूकम्पलाई स्मरण गर्दै अपरझट आइपर्ने विपत्तीबाट कोही पनि आत्तिन नहुने र त्यसको दीर्घकालिन समधान समेत राज्यले गर्ने भएकाले ११ घरपरिवारलाई राज्यबाट पाउने सेवासुविधा दिलाउन आफूहरु लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।

घटना स्थलमा पुगेको टोलीले पीडित परिवारलाई तत्कालको लागि बस्ने व्यवस्था मिलाएर फर्केको र नगरपालिकाबाट प्रति परिवार दश हजारका दरले थप राहत पनि उपलब्ध गराइने उपप्रमुख खड्काले बताइन् ।

आगलागीबाट धन बहादुर श्रेष्ठ, ठेक बहादुर मगर, एकलाल श्रेष्ठ, हिमलाल श्रेष्ठ, चिरन्जीवी श्रेष्ठ, इश्वरीलाल श्रेष्ठ, धन बहादुर मगर, दल बहादुर मगर, भिमलाल श्रेष्ठ र चेत बहादुर मगरको घर जलेर नष्ट छन् ।

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper