Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप उद्योग वाणिज्य संघको २९ वर्षे यात्रा, वार्षिक उत्सवमा १४ जना सम्मानित

संवादाताः कुमार श्रेष्ठ
फाल्गुन २२, २०७८

रामेछाप- रामेछाप उद्योग वाणिज्य संघको स्थापना भएको २९ वर्ष पुरा भएको छ । २०४९ साल फागुन २१ गते अर्थात २९ वर्ष अघि आजकै दिन प्रज्वल कुमार बज्राचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसतिबाट सुरु भएको रामेछाप उद्योग वाणिज्य संघले शनिवार २९ औं स्थापना दिवस मनाउँदै स्थापनाकाल देखि संघलाई अहिलेको अवस्था सम्म ल्याउन योगदान गर्ने संस्थापक अध्यक्ष तथा पदाधिकारीहरू, सदस्यहरू, पुर्व अध्यक्ष लगायतलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा वाणिज्य संघका पुर्व अध्यक्ष एवं विशिष्ट सदस्य पशुपति बहादुर खड्का, पुर्व महासचिव एवं सल्लाहकार जगन्नाथ दाहाल, संस्थापक अध्यक्ष प्रज्वल कुमार वज्राचार्य, पुर्व अध्यक्ष लोक बहादुर श्रेष्ठ र वर्तमान वाणिज्य उपाध्यक्ष दामोदर थापा सम्मानित भएका छन् । त्यस्तै रामनारायण श्रेष्ठ, निरोज कुमार श्रेष्ठ व्याञ्जु, कृष्ण प्रसाद ढुङगेल, चेतबहादुर खड्का, तुलसीदास उदाश, नारायण प्रसाद पौडेल, सुरेन्द्र कुमार केसी, उत्तमराज भट्टराई र यम बहादुर रानामगर पनि सम्मानित भएका छन् । संस्थाले रामेछाप उद्योग वाणिज्य संघमा कार्यरत कर्मचारी संगीता श्रेष्ठलाई पनि सम्मान गरेको छ ।

रामेछाप उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष केशव प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

२९ वर्ष अघि स्थापना भएको भएपनि रामेछाप उद्योग वाणिज्य संघले अघिल्लो वर्ष देखि आफ्नो स्थापना दिवस मनाउन थालेको कार्यकारी अधिकृत नबीन केसीले बताए । रामेछाप उद्योग वाणिज्य संघले आफ्नो २९ औं वर्षको अवसरमा शुक्रबार बजार सरसफाइ कार्यक्रम गरेको थियो भने २१ गते विहान औपचारिक कार्यक्रम गरी १४ जनालाई सम्मान गरेको छ ।

२९ वर्षको यात्रामा रहेको रामेछाप उद्योग वाणिज्य संघमा हाल १ हजार ३ सय ६० जन सदस्यहरु रहेका छन् ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper