Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘क’ को कोषाध्यक्ष र प्रवक्ता चयन, खिम्तीमा कार्यालय स्थापना

संवादाताः हाम्रो प्रहार
माघ १५, २०७८

रामेछाप– नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) ले कोषाध्यक्ष र प्रवक्ता चयन गरेको छ । शनिबार खिम्तीमा बसेको नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) क्षेत्रको दोस्रो बैठकले कोषाध्यक्षमा चेत बहादुर खड्का र प्रवक्तामा कृष्णदाश सुनुवारलाई चयन गरेको हो । सभापति निरोज खड्काले कोषाध्यक्षमा खड्का र प्रवक्तामा सुनुवारको नाम बैठकमा प्रस्ताव गरेपछि दुबै जना सर्वसम्मत चयन भएका हुन् ।

कोषाध्यक्षमा चयन भएका खड्का खस आर्यतर्फबाट प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए भने प्रवक्ता चयन भएका सुनुवार जनजाति तर्फबाट प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

बैठकमा सभापति खड्काले कुमार तामाङ (टसी लामा) लाई प्रदेश सभा क्षेत्रीय सदस्यमा मनोनित गरेका छन् । निर्वाचित कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्न पाउने अधिकारलाई प्रयोग गर्दै तामाङलाई सदस्यमा मनोनित गरिएको प्रदेश सभा क्षेत्रीय सह–सचिव कुमार श्रेष्ठले जानकारी दिए ।

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) क्षेत्रीय कार्यसमितिले पार्टी कार्यालय पनि स्थापना गरेको छ । लिखुतामाकोशी गाउँपालिकाको वडा नं ६ खिम्तीमा कार्यालय स्थापन गरिएको सहसचिव कुमार श्रेष्ठले बताए । उनका अनुसार पार्टी कार्यालय उद्घाट नेपाली काँग्रेस लिखुतामाकोशी ६ खिम्तीका जेष्ठ सदस्य एवं जेष्ठ नागरिक भुमीराज खड्का र लक्ष्मी प्रसाद दाहालले संयुक्त रुपमा गरेका छन् ।

बैठकमा रामेछाप प्रदेश सभा (क) क्षेत्रबट प्रतिनिधित्व गर्दै नेपाली काँग्रेस बागमती प्रदेश सदस्यमा निर्वाचित उज्वलराम घिमिरे, भिमशेन बस्नेत र कल्पना खड्कालाई प्रदेश सभा क्षेत्रीय कार्यसमितिको तर्फबाट बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत दिइएको छ ।

रामेछाप प्रदेश सभा (क) क्षेत्रको पहिलो बैठकमा प्रदेश सभा (क) भित्र रहेका ३२ वटा वडा भित्र टोल समिति गठन गर्न परिपत्र गरिएको र दोस्रो बैठक सम्ममा २० वटा वडामा टोल समिति गठन गरिसकिएको र बाँकी वडाहरुमा समेत टोल समिति गठन गर्ने कार्य भइरहेको बैठकमा जानकारी गराइएको बताइएको छ ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper