Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘क’ को कोषाध्यक्ष र प्रवक्ता चयन, खिम्तीमा कार्यालय स्थापना

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७८ माघ १५

रामेछाप– नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) ले कोषाध्यक्ष र प्रवक्ता चयन गरेको छ । शनिबार खिम्तीमा बसेको नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) क्षेत्रको दोस्रो बैठकले कोषाध्यक्षमा चेत बहादुर खड्का र प्रवक्तामा कृष्णदाश सुनुवारलाई चयन गरेको हो । सभापति निरोज खड्काले कोषाध्यक्षमा खड्का र प्रवक्तामा सुनुवारको नाम बैठकमा प्रस्ताव गरेपछि दुबै जना सर्वसम्मत चयन भएका हुन् ।

कोषाध्यक्षमा चयन भएका खड्का खस आर्यतर्फबाट प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए भने प्रवक्ता चयन भएका सुनुवार जनजाति तर्फबाट प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

हाम्रो प्रहार डटकम

बैठकमा सभापति खड्काले कुमार तामाङ (टसी लामा) लाई प्रदेश सभा क्षेत्रीय सदस्यमा मनोनित गरेका छन् । निर्वाचित कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्न पाउने अधिकारलाई प्रयोग गर्दै तामाङलाई सदस्यमा मनोनित गरिएको प्रदेश सभा क्षेत्रीय सह–सचिव कुमार श्रेष्ठले जानकारी दिए ।

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) क्षेत्रीय कार्यसमितिले पार्टी कार्यालय पनि स्थापना गरेको छ । लिखुतामाकोशी गाउँपालिकाको वडा नं ६ खिम्तीमा कार्यालय स्थापन गरिएको सहसचिव कुमार श्रेष्ठले बताए । उनका अनुसार पार्टी कार्यालय उद्घाट नेपाली काँग्रेस लिखुतामाकोशी ६ खिम्तीका जेष्ठ सदस्य एवं जेष्ठ नागरिक भुमीराज खड्का र लक्ष्मी प्रसाद दाहालले संयुक्त रुपमा गरेका छन् ।

बैठकमा रामेछाप प्रदेश सभा (क) क्षेत्रबट प्रतिनिधित्व गर्दै नेपाली काँग्रेस बागमती प्रदेश सदस्यमा निर्वाचित उज्वलराम घिमिरे, भिमशेन बस्नेत र कल्पना खड्कालाई प्रदेश सभा क्षेत्रीय कार्यसमितिको तर्फबाट बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत दिइएको छ ।

रामेछाप प्रदेश सभा (क) क्षेत्रको पहिलो बैठकमा प्रदेश सभा (क) भित्र रहेका ३२ वटा वडा भित्र टोल समिति गठन गर्न परिपत्र गरिएको र दोस्रो बैठक सम्ममा २० वटा वडामा टोल समिति गठन गरिसकिएको र बाँकी वडाहरुमा समेत टोल समिति गठन गर्ने कार्य भइरहेको बैठकमा जानकारी गराइएको बताइएको छ ।

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper