Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home पत्रपत्रिका

रामेछापमा कोरोना ग्राफः १५ दिनमा २ सय संक्रमित, दैनिक संक्रमण दर ८३ प्रतिशत सम्म

संवादाताः कुमार श्रेष्ठ
माघ ९, २०७८

रामेछाप– कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै नेपालमा संक्रमण दर तीव्र हुँदै गएको छ । पहिलो र दोस्रो लहरको तुलनामा यो पटक भने दैनिक संक्रमित हुनेको संख्या बढी देखिन थालेको छ । पछिल्लो २४ घण्टामा शनिबार पीसीआर विधिबाट गरिएको परीक्षणमा ५६ दशमलव ८ प्रतिशत मानिसमा कोरोना संक्रमण देखिएको छ । जसको कारण कोरोना भाइरस फैलन सुरु भएको नेपालमा एक महिना नपुग्दै दैनिक संक्रमितको संख्या दश हजार भन्दा बढी हुन थालेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसकै कारण १६ जनाले ज्यान गुमाएका छन् ।

देशैभरी तीव्र रुपमा फैलिइ रहेको कोरोना भाइरस रामेछापमा त्यहि गतिमा फैलिइरहेको छ । पौष महिनाको २३ गते देखिको तथ्यांकलाई हेर्दा रामेछापमा १५ दिनको अवाधिमा झण्डै दुई सय मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पौष २३ गते एक जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको थियो भने पौष ३० गते ५७ जनाको कोरोना परीक्षण गर्दा २५ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । गत पौष महिनाको एक हप्तामा परीक्षण गरिएका ८ दिनमा सबै भन्दा ३० गते २५ जना अर्थात ४३ प्रतिशतमा कोरोना संक्रमण देखिएको थियो । यसरी पौष महिनाको एक हप्ताको दैनिक तथ्यांक अनुसार कोरोना संक्रमण हुने व्यक्तिको संख्या बढ्नुका साथै संक्रमण दर पनि बृद्धि हुँदै गएको थियो । पौष महिनाको एक हप्तामा जम्मा ३८ जनामा कोरोना भाइरस पुष्टि भएको देखिएको छ ।

माघ महिनाको एक हप्ता अर्थात १ गते देखि ८ गते सम्मा आइपुग्दा कोरोना संक्रमण हुनेको संख्या ३८ बाट बढेर १ सय ९९ पुगेको छ । माघ महिनाको एक हप्ताको तथ्यांकलाई हेर्दा ६ गते ३५ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । ६ गते ४२ जनाको परीक्षण गर्दा ३५ जना अर्थात ८३ दशमलव ३ प्रतिशतमा कोरोना पुष्टि भएको थियो । ८ गते १३ जनाको परीक्षण गराउदा ३ जनामा मात्रै कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ ।

करिव आधा महिनाको अवाधिमा १ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ५१ जनाले कोरोनालई जितेर सामान्य अवस्थामा फर्केको र १ सय ४८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए । थापाका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै संक्रमितहरु होम आइसोलेशनमा रहेका छन् ।

प्रहार खबर साप्ताहिकमा २०७८ माघ ९ गते आइतबार प्रकाशित

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper