Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा झण्डै ४० हजार नागरिक स्वास्थ्य बीमामा आवद्ध, स्थानीय सरकारको पनि सहयोग

संवादाताः हाम्रो प्रहार
पुस १८, २०७८

रामेछाप- रामेछापमा स्वास्थ्य बीमा गराउनेको संख्या झण्डै ४० हजार पुगेको छ । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने मुख्य उद्देश्य सहित नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा रामेछापका ३९ हजार ७ सय ९२ जना नागरिकहरु आवद्ध भएका छन् । स्वास्थ्य बीमा गराउनेमा महिला बढी रहेका छन् ।

स्वास्थ्य बीमा बोर्ड रामेछापको तथ्यांक अनुसार मंसिर महिनाको अन्तिम सम्मको तथ्यांक अनुसार स्वास्थ्य बीमा गराउनेमा पुरुष भन्दा महिला बढी रहेका छन् । जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु भएदेखि हाल सम्म २० हजार ९ सय ५९ जना अर्थात ५२ दशमलव ६७ प्रतिशत महिला र १८ हजार ९ सय ३३ जना अर्थात ४७ दशमलव ३३ प्रतिशत पुरुषले बीमा गरेका छन् ।

सबै पालिकामा बीमाको पहुँच, मन्थली नगरपालिकामा मात्रै १२ हजार बढी

आठ पालिका भएको रामेछाप जिल्लामा सबै पालिकाका नागरिकहरु स्वास्थ्य बीमामा आवद्ध भइरहेको स्वास्थ्य बीमा बोर्ड रामेछापका दर्ता अधिकारी यज्ञराज ढुङ्गेलले बताए । ढुंगेलका अनुसार जिल्लाका ८ पालिका मध्ये मन्थली नगरपालिकाबाट सबै भन्दा बढी नागरिकले स्वास्थ्य बीमा गराएका छन् । मन्थली नगरपालिकाबाट हाल सम्म १२ हजार ९ सय २२ जना नागारिक बीमामा आवद्ध भएका छन् । त्यस्तै रामेछाप नगरपालिकाबाट ५ हजार १ सय ९२ जना, सुनापति गाउँपालिकाबाट ७ हजार २ सय २५ जना, दोरम्बा शैलुङ्ग गाउँपालिकाबाट ३ हजार ५ सय ३० जना, खाँडादेवी गाउँपालिबाट ३ हजार १ सय १८ जना, लिखुतामाकोशी गाउँपालिकाबाट २ हजार ८ सय २२ जना, गोकुलगंगा गाउँपालिकाबाट २ हजार ७ सय ५९ जना र उमाकुण्ड गाउँपालिकाबाट २ हजार २ सय २४ जनाले स्वास्थ्य बीमा गराएका छन् ।

जेष्ठ नागरिक र अति गरिवले पनि गराए बीमा

गरिव तथा न्यून आए भएकालाई विशेष संरक्षण गर्दै स्वास्थ्य बीमा कार्यक्रम गाउँ–गाउँमा पु¥याउने लक्ष्य पनि प्राप्त हुँदै गएको स्वास्थ्य बीमा बोर्ड रामेछापका दर्ता अधिकारी यज्ञराज ढुङ्गेलले बताए । ढुंगेलले भने– ‘जेष्ठ नागरिक, पुर्ण रुपमा अशक्त, अति गरिव लगायतका आर्थिक रुपले पछाडि परेका समुदायलाई बढी केन्द्रित गरेर ल्याइएको बीमा कार्यक्रममा रामेछापबाट झण्डै साँढे सात हजार त्यस्तै नागरिकले सेवा लिएका छन् । जसमा अति गरिव अर्थात रातो कार्ड पाउने १ हजार ६ सय ५७ जनाले बीमा गराएका छन् । त्यस्तै पूर्ण रुपमा अशक्त एवं अपाङ्गता भएका १ सय २६ र ५ हजार ६ सय ९७ जना ७० वर्ष पार गरेका जेष्ठ नागरिक रहेका छन् बीमा गराएका छन् । यसलाई हामीले राम्रो उपलब्धीका रुपमा लिएका छौँ ।’

स्वास्थ्य बीमामा स्थानीय सरकारको पनि सहयोग

स्वास्थ्य बीमामा पालिकाबासीलाई सहभागी गराउनको लागि स्थानीय तहहरुले समेत सहयोग गरेको ढुंगेलले बताए । अघिल्लो वर्ष देखि सुनापति गाउँपालिकाले स्वास्थ्य बीमा गर्ने नागरिकलाई बीमा गर्दा लाग्ने खर्च वेहोर्दै आएको सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अघिल्लो वर्ष पालिकाभरीका दलित समुदायका नागरिकले बीमा गर्दा तिर्नु पर्ने सबै खर्च पालिकाले वेहोरेको थियो भने  यस वर्ष देखि पालिकाका सबै नागरिकले बीमा गर्दा तथा बीमा नविकरण गर्दा लाग्ने खर्चको पचास प्रतिशत रकम गाउँपालिकाले उपलब्ध गराउने छ ।

मन्थली नगरपालिकाले यस आर्थिक वर्षमा एकल महिला, दलित महिला र अपाङ्गता भएका ‘ख’ वर्गको कार्ड प्राप्त गर्ने व्यक्तिहरुको बीमा गर्दा लग्ने रकमको ५० प्रतिशत नगरपालिकाले नै तिरिदिने मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयालले बताए । फुयालका अनुसार मन्थली नगरपालिकाले तिर्ने ५० प्रतिशत रकम नयाँ बीमा दर्ता गराउने र पुरानो नविकरण गराउने दुबैमा लागु हुने छ ।

खाँडादेवी गाउँपालिकाले पनि स्वास्थ्य बीमामा नागरिकको पहुँच बृद्धि गर्न स्वास्थ्य बीमको रकम वेहोर्ने निर्णय गरेको छ । गाउँपालिका भित्रका दलित, थामी र माझी समुदायका नागरिकले बीमा गराउँदा लग्ने खर्चको पचास प्रतिशत रकम गाउँपालिकाले तिरिदिने निर्णय भएको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले बताए । त्यस्तै पालिकाका अन्य नागरिकले बीमा गराउँदा लाग्ने खर्चको २५ प्रतिशत रकम वेहोर्ने गरी गरी यो कार्यक्रम सुरु गरिएको सुन्दासले बताए । सुन्दासका अनुसार यो सुविधा पहिलो पटक अर्थात नयाँ बीमा गराउनेले मात्रै पाउने छन् ।

प्रहार खबर साप्ताहिकमा २०७८ पौष १८ गते आइतबार प्रकाशित

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper