Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

रामेछाप काँग्रेसको गाउँ केन्द्रित कार्यक्रम प्रभावः उमाकुण्डमा साँढे दुई सय काँग्रेसमा प्रवेश

संवादाताः हाम्रो प्रहार
पुस ११, २०७८

रामेछाप- नेपाली काँग्रेसको १४ औँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ जिल्ला कार्यसमितिले आफ्ना कार्यक्रमलाई गाउँ केन्द्रित गरेपछि काँग्रेसलाई फाइदा हुन थालेको छ । जिल्ला अधिवेशन पश्चात पहिलो जिल्ला कार्यसमितिको बैठकले कार्यसमितिको मासिक बैठक प्रत्येक गाउँपालिकामा गर्ने निर्णय गरेको थियो । जिल्ला कार्यसमितिको दोस्रो बैठक उमाकुण्ड गाउँपालिकामा आयोजना गरेको काँग्रेसले त्यही मौका छोपेर काँग्रेस जिल्ला कार्यसमितिका सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) सहित पदाधिकारी र सदस्यहरुको सहभागितमा उमाकुण्ड गाउँपालिकाका विभिन्न ठाउँमा कार्यक्रम हुँदा अन्य पार्टीबाट साँढे दुई सय भन्दा बढी मानिस काँग्रेसमा प्रवेश गरेका छन् ।

जिल्ला कार्यसमितिको बैठक आयोजना स्थल उमाकुण्ड गाउँपालिका प्रिति च्यादलुमा वडा ४ र ५ बाट एमाले र माओवादीका दश भन्दा बढी युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेको वडा नं ४ का इकाई सभापति अमृत बहादुर कार्कीले बताए ।

त्यस्तै पौष ४ गते नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिका वडा नं ४ बाम्तीको पार्टी कार्यालय उद्घाटन तथा भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ सय भन्दा बढी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पार्टी सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम), महाधिवेशन प्रतिनिधि गेल्जे शेर्पा लगायतको उपस्थितिमा भएको कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी, राप्रपा लगायतका पार्टी परित्याग गरी दुई सय भन्दा बढी स्थानीयहरु नेपाली काँग्रेसमा प्रवेश गरेको इकाई सभापति चुडामणी श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलले पौष ५ गते आयोजना गरेको जेष्ठ नागरिक सम्मान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा पनि विभिन्न पार्टीबाट ५० भन्दा बढी स्थानीयहरु नेपाली काँग्रेसमा प्रवेश गरेको इकाई सभापति ङापेम्बा शेर्पाले बताए । शेर्पाका अनुसार प्रवेश गर्नेहरुमा नेकपामा एमालेमा लामो समय देखि संगठित सदस्य रहेका, माओवादीको जिम्मेवार पदमा रहेका र राप्रपाको वडाध्यक्ष सहितको टोली काँग्रेसमा प्रवेश गरेका छन् ।

विभिन्न पार्टीबाट नेपाली काँग्रेसा प्रवेश गरेका नवप्रवेशीहरुलाई काँग्रेसमा स्वागत गर्दै पार्टी सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) ले नवप्रवेशीहरुलाई नेपाली काँग्रेसमा जिम्मेवार बनाउन वडा समितिले विभिन्न ठाउँमा जिम्मेवारी दिएर संगठनलाई थप बलियो बनाउन अनुरोध गरेका छन् । पछिल्लो समय काँग्रेसमा आउनेहरुको जनलहर देख्दा अबको निर्वाचनमा रामेछापका सबै ठाउँमा काँग्रेसको जित निश्चित रहेको सभापति तामाङले दावी गरे ।

प्रहार खबर साप्ताहिकमा  २०७८ पौष ११ गते आइतबार प्रकाशित

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper