Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विविध

पत्रकारले लेखेको समाचार आम पाठकले खोजेर पढ्ने हुनु पर्छ– समन्वय प्रमुख खड्का

संवादाताः हाम्रो प्रहार
मंसिर २३, २०७८

रामेछाप- जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले पत्रकारहरुले लेख्ने हरेक समाचार आम पठकले खोजेर पढ्ने बनाउनु पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रामेछाप शाखाको चौथो जिल्ला अधिवेशनमा आफ्नो भनाई राख्दै प्रमुख खड्काले गुणस्तरयुक्त पत्रकारितालाई अगाडि बढाउँदै पत्रकारले लेखेको एउटा समाचार आम पाठकले खोजेर पढ्ने स्तरको बनाउनु पर्ने धारणा राखेका हुन् ।

राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारितामा पछिल्लो समय केही बिकृतिहरु भित्रदै गएको र पाठकले पढ्ने समाचारमा गुणस्तर नहुँदा पत्रकारिता प्रति आम नागरिकको विश्वास गुम्दै गएकाले पत्रकारिता प्रति नागरिकको विश्वास कायम राख्नको लागि पनि पत्रकारले लेख्ने हरेक समाचार गुणस्तरीय र निस्पक्ष हुन आवश्यक रहेको खड्काले बताए ।

अहिले केही लेख्नु पर्ने समाचार नलेखिने र नलेख्नु पर्ने समाचारहरु लेखिएका उदहारणहरु पनि प्रसस्तै भएकाले त्यस्ता समाचारको पहिचन गरेर मात्रै लेख्दा पत्रकारिताको विकासमा थप सहयोग पुग्ने उनले बिश्वास गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिसस प्रमुख खड्काले रामेछापको विकासमा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुनु पर्ने धारणा समेत राखेका छन् ।

मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले नेपाल जस्तो विविधतायुक्त  मुलुकलाई विविधतायुक्त पहिचन दिलाउन नेपाल आदिवासी जनजाति पत्रकार महासंघको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै समाजप्रतिको दायित्वलाई सम्झेर विभिन्न कारणले छरिएर रहेको समाजलाई एकताको सुत्रमा ल्याउन पत्रकारहरुले कलम चलाउनु पर्ने बताए । सस्थानीय सरकारले गर्ने विकासमा पत्रकारहरु थप सहयोगीको रुपमा रहेकाले त्यो भूमिकालाई कायम राख्न अनुरोध गर्दै नगर प्रमुख बस्नेतले पत्रकार हकहितको लागि स्थानीय सरकार पनि सधैँ सहयोगी रहने विश्वास दिलाए ।

आफू निर्वाचित भएर आएदेखि नै पत्रकार हकहितको लागि एक अक्षय कोषको स्थापना गर्ने भनिएको र सोही अनुसार अक्षय कोष स्थापनाको काम अन्तिम चरणमा पुगेको बस्नेतले बताए । नगर प्रमुख बस्नेले मन्थली नगरको आउँदो नगर अधिवेशनबाट अक्षय कोषलाई संचालनमा ल्याउने योजना रहेको बताए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षमा सदरमुकाम मन्थलीमा विहिबार भएको कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका उपाध्यक्ष युवराज श्रेष्ठ, समाजबादी प्रेस संगठन नेपालको केन्द्रीय सदस्य कैलाश खत्री, प्रेस चौतारी रामेछापका अध्यक्ष युनिक बिफा घिसिङ, नेपाल प्रेस युनियनका अध्यक्ष अप्रिल अधिकारी, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति रामेछापका अध्यक्ष श्रीबहादुर माझी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

रामेछापमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ र आदिवासी जनजाति पत्रकारको अवस्थको बारेमा फोनिजका पुर्वाध्यक्ष सुमित श्रेष्ठले एक कार्यपत्र प्रस्तु गरका थिए ।

Related Posts

गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान
विविध

गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान

संवादाताः हाम्रो प्रहार
मंसिर २२, २०८२
0

चर्चित गायिका रिता केसी यस वर्षको ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छिन् । राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्ने यो पुरस्कारसहित उनले ४०...

पुरा पढ्नुहोस्
उमाकुण्ड–१ मा रहेको छेबुक ताल फुटेको आशंका : नुप्छे जलविद्युत आयोजनामा क्षति
विविध

उमाकुण्ड–१ मा रहेको छेबुक ताल फुटेको आशंका : नुप्छे जलविद्युत आयोजनामा क्षति

संवादाताः रामचन्द्र वि.क.
असार २२, २०८२
0

रामेछाप- रामेछाप जिल्लाको उत्तरी क्षेत्र, हिमाली भूगोलमा अवस्थित उमाकुण्ड गाउँपालिका वडा नम्बर १ को ङेजि क्षेत्रस्थित छेबुक ताल फुटेको आशंका...

पुरा पढ्नुहोस्
रामेछापमा डेरी एसोसिएसन समिति गठन, अध्यक्षमा भानुभक्त श्रेष्ठ
विविध

रामेछापमा डेरी एसोसिएसन समिति गठन, अध्यक्षमा भानुभक्त श्रेष्ठ

संवादाताः कुमार श्रेष्ठ
फाल्गुन २५, २०८१
0

रामेछाप- रामेछापमा नेपाल डेरी एसोसिएसन गठन भएको छ । जिल्लाका दुग्ध उद्यमीहरूको भेलाले भानुभक्त श्रेष्ठको अध्यक्षतामा जिल्ला समिति गठन भएको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper