Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

काँग्रेस प्रदेश अधिवेशनः बागमती प्रदेशमा रामेछापबाट ६ जना निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
मंसिर २२, २०७८

रामेछाप- नेपाली काँग्रेसको बागमती प्रदेश प्रथम अधिवेशनबाट रामेछापका ६ जना निर्वाचित भएका छन् । मंसिर १८ गते भएको प्रदेश अधिवेशनबाट खुल्ला तर्फ ३ जना, भुगोल तर्फबाट दुई जना र दलित पुरुष तर्फबाट १ जना गरी ६ जना निर्वाचित भएका हुन् ।

सभापति, पदाधिकारी र प्रदेश कार्यसमिति सदस्यकाको लागि १८ गते निर्वाचन भएको भएपनि सदस्यको अन्तिम मतपरिणाम बुधबार साँझ मात्रै आएको र अन्तिम मत परिणाम अनुसार रामेछापबाट विभिन्न समूहबाट ६ जना निर्वाचित भएको मुख्य निर्वाचत अधिकृत सुरेश काफ्लेले बताए ।

खुल्ला तर्फबाट अर्जुन कुमार केसीले ७ सय ५३, भिमशेन बस्नेतले ६ सय ६९ र उज्वलराम घिमिरेले ७ सय ८ मत ल्याउँदै विजयी हासिल गरेका छन् । १५ जना खुल्ला सदस्यको लागि ४६ जनाले उम्मेद्वारी दिएका थिए । खुल्ला तर्फ रामेछापबाट तीन जनाले उम्मेद्वारी दिइएकोमा तीनै जना निर्वाचित भएका छन् ।

भुगोल अन्तरगत रामेछापबाट एक खुल्ला र एक महिला गरी दुई जना निर्वाचित भएका छन् । पुरुष तर्फ जीत बहादुर मगर र नारायण प्रसाद भट्टराईबीच चुनावी प्रतिस्पर्धा भएकोमा जीत बहादुर मगरले ९ सय ६३ मत ल्याउँदै विजयी हाँसिल गरेका छन् । मगरका प्रतिस्पर्धी भट्टराइले ७ सय ९२ मत ल्याएका थिए । त्यस्तै भुगोल अन्तरगत महिला तर्फ कल्पना खड्का निर्वाचित भएकी छिन् । भुगोल अन्तरगत महिला तर्फ कल्पना खड्का, गंगा अधिकारी र रामकुमारी डाँगी श्रेष्ठले उम्मेद्वारी दिएका थिए । जस मध्ये खड्काले सबै भन्दा बढी ८ सय २६ मत ल्याउँदै निर्वाचित भएकी हुन् । भुगोल अन्तरगत एक जिल्लाबाट एक महिला सहित दुई जना अनिवार्य निर्वाचित हुने व्यवस्था रहेको छ ।

प्रदेश कार्य समितिको दलित सदस्यमा बल बहादुर दमाई परियार निर्वाचित भएका छन् । दलित तर्फ एक महिला सहित दुई दलित सदस्य हुने भएपनि एक खुल्ला सदस्यका लागि पाँच जनाले उम्मेद्वारी दिएका थिए । पाँच जना मध्ये सबै भन्दा बढी ७ सय २५ मत ल्याउँदै परियार निर्वाचित भएका हुन् ।

खस आर्य पुरुष तर्फबाट रामेछापका सुजन ढुंगेल र खस आर्य महिला तर्फबाट सकुन्तला त्रिपाठीले पनि उम्मेद्वारी दिएका थिए । तर दुबै जनाले जित हाँसिल गर्न सकेनन् । त्यस्तै आदिबासी जनजाति खुल्ला तर्फबाट उम्मेद्वारी दिएका कृष्णदास सुनवार पनि पराजित भएका छन् ।

प्रदेश कार्यसमितिमा निर्वाचित सदस्य मध्ये अर्जुन कुमार के.सी. र बल बहादुर दमाई परियार महाधिवेशन प्रतिनिधि हुन भने जीत बहादुर मगर, कल्पना खड्का, भिशेन बस्नेत र उज्वलराम घिमिरे प्रदेश अधिवेशन प्रतिनिधि हुन् ।

बागमती प्रदेश कार्यसमिति चयनका लागि १८ गते भएको निर्वाचनबाट प्रदेश सभापति र पदाधिकारीहरु यस अघि नै निर्वाचित भइसकेका छन् ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper