Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

काँग्रेस प्रदेश अधिवेशनः बागमती प्रदेशमा रामेछापबाट ६ जना निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
मंसिर २२, २०७८

रामेछाप- नेपाली काँग्रेसको बागमती प्रदेश प्रथम अधिवेशनबाट रामेछापका ६ जना निर्वाचित भएका छन् । मंसिर १८ गते भएको प्रदेश अधिवेशनबाट खुल्ला तर्फ ३ जना, भुगोल तर्फबाट दुई जना र दलित पुरुष तर्फबाट १ जना गरी ६ जना निर्वाचित भएका हुन् ।

सभापति, पदाधिकारी र प्रदेश कार्यसमिति सदस्यकाको लागि १८ गते निर्वाचन भएको भएपनि सदस्यको अन्तिम मतपरिणाम बुधबार साँझ मात्रै आएको र अन्तिम मत परिणाम अनुसार रामेछापबाट विभिन्न समूहबाट ६ जना निर्वाचित भएको मुख्य निर्वाचत अधिकृत सुरेश काफ्लेले बताए ।

खुल्ला तर्फबाट अर्जुन कुमार केसीले ७ सय ५३, भिमशेन बस्नेतले ६ सय ६९ र उज्वलराम घिमिरेले ७ सय ८ मत ल्याउँदै विजयी हासिल गरेका छन् । १५ जना खुल्ला सदस्यको लागि ४६ जनाले उम्मेद्वारी दिएका थिए । खुल्ला तर्फ रामेछापबाट तीन जनाले उम्मेद्वारी दिइएकोमा तीनै जना निर्वाचित भएका छन् ।

भुगोल अन्तरगत रामेछापबाट एक खुल्ला र एक महिला गरी दुई जना निर्वाचित भएका छन् । पुरुष तर्फ जीत बहादुर मगर र नारायण प्रसाद भट्टराईबीच चुनावी प्रतिस्पर्धा भएकोमा जीत बहादुर मगरले ९ सय ६३ मत ल्याउँदै विजयी हाँसिल गरेका छन् । मगरका प्रतिस्पर्धी भट्टराइले ७ सय ९२ मत ल्याएका थिए । त्यस्तै भुगोल अन्तरगत महिला तर्फ कल्पना खड्का निर्वाचित भएकी छिन् । भुगोल अन्तरगत महिला तर्फ कल्पना खड्का, गंगा अधिकारी र रामकुमारी डाँगी श्रेष्ठले उम्मेद्वारी दिएका थिए । जस मध्ये खड्काले सबै भन्दा बढी ८ सय २६ मत ल्याउँदै निर्वाचित भएकी हुन् । भुगोल अन्तरगत एक जिल्लाबाट एक महिला सहित दुई जना अनिवार्य निर्वाचित हुने व्यवस्था रहेको छ ।

प्रदेश कार्य समितिको दलित सदस्यमा बल बहादुर दमाई परियार निर्वाचित भएका छन् । दलित तर्फ एक महिला सहित दुई दलित सदस्य हुने भएपनि एक खुल्ला सदस्यका लागि पाँच जनाले उम्मेद्वारी दिएका थिए । पाँच जना मध्ये सबै भन्दा बढी ७ सय २५ मत ल्याउँदै परियार निर्वाचित भएका हुन् ।

खस आर्य पुरुष तर्फबाट रामेछापका सुजन ढुंगेल र खस आर्य महिला तर्फबाट सकुन्तला त्रिपाठीले पनि उम्मेद्वारी दिएका थिए । तर दुबै जनाले जित हाँसिल गर्न सकेनन् । त्यस्तै आदिबासी जनजाति खुल्ला तर्फबाट उम्मेद्वारी दिएका कृष्णदास सुनवार पनि पराजित भएका छन् ।

प्रदेश कार्यसमितिमा निर्वाचित सदस्य मध्ये अर्जुन कुमार के.सी. र बल बहादुर दमाई परियार महाधिवेशन प्रतिनिधि हुन भने जीत बहादुर मगर, कल्पना खड्का, भिशेन बस्नेत र उज्वलराम घिमिरे प्रदेश अधिवेशन प्रतिनिधि हुन् ।

बागमती प्रदेश कार्यसमिति चयनका लागि १८ गते भएको निर्वाचनबाट प्रदेश सभापति र पदाधिकारीहरु यस अघि नै निर्वाचित भइसकेका छन् ।

Related Posts

मन्थली नगरका ८ सय ३९ जना दुध उत्पादक किसानलाई साढे २६ लाख बढी अनुदान
समाचार

मन्थली नगरका ८ सय ३९ जना दुध उत्पादक किसानलाई साढे २६ लाख बढी अनुदान

संवादाताः कैलाश खत्री
असार २७, २०८२
0

रामेछाप- रामेछापको मन्थली नगरपालिकाले नगर भित्रका दुध उत्पादक किसानलाई साढे २६ लाख बढी अनुदान दिएको छ । नगरपालिकाले चालु आर्थिक...

पुरा पढ्नुहोस्
सुनचाँदी व्यवसायी २२ दिनदेखि आन्दोलनमा, कर कार्यालयमा धर्ना
समाचार

सुनचाँदी व्यवसायी २२ दिनदेखि आन्दोलनमा, कर कार्यालयमा धर्ना

संवादाताः हाम्रो प्रहार
असार २४, २०८२
0

रामेछाप- नेपाल सुनचाँदी कला व्यवसायी संघ जिल्ला शाखा रामेछाप २२ दिनदेखि जारी आन्दोलनलाई निरन्तरता दिँदै सोमबार करदाता सेवा कार्यालय मन्थलीमा...

पुरा पढ्नुहोस्
लिखुतामाकोशीको दलित लक्षित वडा अभियान : ‘राज्यले दिने छुट र सहुलियतको प्रयोग गरौँ’
समाचार

लिखुतामाकोशीको दलित लक्षित वडा अभियान : ‘राज्यले दिने छुट र सहुलियतको प्रयोग गरौँ’

संवादाताः रामचन्द्र वि.क.
असार १६, २०८२
0

रामेछाप- लिखुतामाकोशी गाउँपालिकाले पालिका भित्रका सबै वडामा पुगेर दलित समुदायलाई राज्यले दिँदै आएका विभिन्न छुट, सहुलियत र विशेष सुविधाको बारेमा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper