Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home स्थानीय सरकार

विकासका आधारहरु तयार गरि सक्यौँ– नगर प्रमुख बस्नेत (भिडियो)

संवादाताः हाम्रो प्रहार
मंसिर १६, २०७८

कैलाश खत्री / रामेछाप– मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले चार वर्षको अवधिमा नगरमा विकासका आधारहरु तयार भएको दावी गरेका छन् । मन्थली नगरपालिकाको आठौँ वार्षिक उत्सवमा विहिबार आफ्नो कार्यकालमा भएका कामहरुको बारेमा जनकारी गराउँदै नगर प्रमुख बस्नेतले धेरैजसो विकासका आधारहरु तयार भइसकेको दावी गरेका हुन् ।

आफू निर्वाचित भएर आउँदा नगरको कुनै भौतिक संरचना नभएको बताउँदै उनले साँढे चार वर्षको अवधिमा नगरको आफ्नै भवन र अधिकासं वडाको पनि आफ्नै भवन निर्माण गरेर अहिले त्यहिबाट नागरिक केन्द्रित विकासका कामहरु भइरहेको बताए । शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन तथा व्यवसाय प्रर्वद्धनको क्षेत्रमा प्रारम्भिक चरणको लगानी गरिसकिएको र नागरिकले त्यसको सुविधा समेत लिन थालेको नगर प्रमुख बस्नेतको भनाई छ । संवोधनको क्रममा आफूले गरेका कामको विवरण प्रस्तु गर्न समय खर्चेका बस्नेतले आफ्नो कार्यकालको बाँकी समयमा आफूसँग भएको ज्ञान, शिप, क्षमता, राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभवलाई समेत समेटेर सुविधायुक्त मन्थली नगरपालिका बनाउने अभियानमा लागी रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा मन्थली नगरपालिकाका उपप्रमुख माया कुमारी कार्कीले नगरको सिंगो टिमले एकताबद्ध भएर काम गरेका कारण अहिले स्थानीय सरकारबाट पाउने सेवा सुविधिलाई नागरिकले सहज रुपमा पाउन थालेको दावी गरिन् । नगर विकासको लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, संघसंस्था र आम नागरिक एक भएर लाग्नु पर्ने उनको भनाई थियो ।

मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले नगरको प्रशासनिक अवस्थाको बारेमा जानकारी दिँदै नागरिकको कामलाई छिटो र सहज बनाउन प्रविधिको प्रयोग गरी कामलाई अझ नागरिक मैत्री बनाउने बताए ।

नगरको आठौ स्थापना दिवसमा रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी, मन्थली नगरपालिका वडा नं ३ का वडाध्यक्ष केशव रोका, नेकपा एमाले मन्थली नगर कमिटीका अध्यक्ष रामबाबु घिमिरे, नेपाली काँग्रेस मन्थली नगरपालिकाका सभापति शंकर अधिकारी, नेकपा माओवादी केन्द्र मन्थली नगर कमिटी उपाध्यक्ष दीपक प्रसाइँ, नेकपा एकीकृत समाजबादी रामेछापका जिल्ला उपसचिव गणेशबाबु खड्का, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे, गैर सरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बार्षिक उत्सवको अवसर पारेर मन्थली नगरपालिकाले नगरपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारी, सेवा निवृत्त शिक्षक, कृषक, उद्यमी, व्यवसायी र नगरपालिकालाई सबै भन्दा बढी कर तिर्ने करदाता लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको मन्थली नगरपालिकाका उपसचिव हेमन्त कुमार बुढाथोकीले जानकारी दिए ।

थप भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Related Posts

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’
समाचार

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’

संवादाताः हाम्रो प्रहार
पुस १७, २०८२
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले जनप्रतिनिधिहरूले चुनावका बेला गरेका वाचाहरू भाषणमा मात्र सीमित नराखी काममै उतारेर देखाएको बताएका...

पुरा पढ्नुहोस्
गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति
समाचार

गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति

संवादाताः रामचन्द्र वि.क.
पुस १४, २०८२
0

रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा गाउँमै पुगेर दिन थालेको छ । गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर...

पुरा पढ्नुहोस्
रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा
समाचार

रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा

संवादाताः रामचन्द्र वि.क.
भदौ २२, २०८२
0

रामेछाप- रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बालमैत्री शासनयुक्त नगर हुन पुरा गर्नु पर्ने ५१ ओटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper