Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा पिसिआर मेसिन ल्याएको साँढे दुई महिनामा उद्घाटन, संचालनको छैन् टुंगो

संवादाताः रामचन्द्र वि.क.
कार्तिक ६, २०७८

रामेछाप– कोरोना भाइरस भए नभएको जाँच गर्न साँढे दुई महिना अगाडि जिल्ला अस्पताल रामेछाप ल्याइएको पिसिआर मेसिन बल्ल उद्घाटन भएको छ । बागमती प्रदेश सरकारले रामेछाप जिल्लाको लागि साउनको अन्तिम सातामा खरिद गरेर जिल्ला पठाएको पिसिआर मेसिन बागमती प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कुमार कटुवाल क्षेत्रिले साँढे दुई महिना पछि बल्ल शनिबार उद्घाटन गरेका छन् ।

साँढे दुई महिनामा पिसिआर मेसिनको उद्घाटन भएपनि संचालन कहिले हुन्छ भन्ने अहिले सम्म पनि टुंगो लागेको छैन् । पिसिआर मेसिनको उद्घाटनमा बोल्दै स्वास्थ्य मन्त्री प्रदिप कुमार कटुवाल क्षेत्रिले चाँडै जनशक्ती पठाउने बताएपनि मिति भने तोकेनन् ।

जिल्लामा पहिलो पटक पिसिआर मेसिन आएको खबर सुनेर केही खुसी भएका नागरिकले महिनौ बित्दा पनि हप्तौ लगाएर आफ्नो रिपोर्ट लिनु पेरपछि सरकारको प्रचार गर्न मात्रै पिसिआर मेसिन ल्याइएको रहेछ भन्ने गुनासो गर्न थालीसकेको रामेछाप नगरपालिका–७ सुकाजोरका स्थानीय गुञ्जबहादुर कार्कीले बताए । नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य समेत रहेका कार्कीले छिमेकी जिल्लामा मेसिन खरिद गरेर ल्याएको केही दिनबाटै पिसिआर परीक्षाण गर्न सफल भएको भएपनि रामेछापमा भने अस्पताल प्रशासनको कमजोरी र प्रदेश सरकारको बेवास्ताले साँढे दुई महिना हुँदा पनि काम हुन नसक्नु लाज मर्दो कुरा भएको बताए ।

जिल्ला अस्पताल रामेछापका प्रमुख डा. पवन साक्यले आफू आउनु भन्दा अगाडि नै प्रदेश सरकारले पिसिआर मेसिन उपलब्ध गराएको भएपनि जनशक्ती नपठाउँदा संचालन हुन नसकेको बताए । जनशक्ती हुने बित्तिक्कै मेसिन संचालनमा आउने उनको दावी रहेको छ । साक्यका अनुसार पिसिआर मेसिन संचालनको लागि राष्ट्रिय प्रयोगशालाको मापदण्ड अनुसार ६ जना जनशक्ती चाहिन्छ । तर तत्काल संचालनको लागि ल्याब सम्बन्धी ज्ञान भएका तीन जना जनशक्ती भएपनि चलाउन सकिने उनको तर्क छ ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि बागमती प्रदेश सरकारले एक जिल्ला एक पिसिआर मेसिन जडान गर्ने अभियान सुरु गरेको भएपनि मेसिन जिल्ला आएको साँढे दुई महिना हुँदा पनि जिल्ला अस्पताल रामेछापले काम गर्ने जनशक्ती नभएको लगायतका समस्या देखाउदै हाल सम्म संचालनमा ल्याएको छैन् ।

पिसिआर मेसिन आएको केही समयपछि स्थापना गर्ने भनेको अक्सिजन प्लान्टको पनि शनिबार नै स्वास्थ्य मन्त्री प्रदिप कुमार कटुवाल क्षेत्रि र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शान्तीप्रसाद पौडेलले संयुक्त रुपमा उद्घाटन गरेपनि कहिले संचालनमा आउने भन्ने टुंगो लागेको छैन् ।

प्रदेश सरकारले पिसिआर मेसिन खरिदको लागि करिव करोड खर्च गरेको छ भने अक्सिजन प्लान्ट स्थापनाको लागि ७५ लाख भन्दा बढी खर्च गर्ने भएको छ ।

कोरोनाको कारण रामेछाप जिल्ला भित्र र जिल्ला बाहिर गरेर रामेछापका २३ जनाले ज्यान गुमाई सकेका छन् भने ३ हजार १ सय ६२ जनालाई कोरोना संक्रमण भइसकेको छ । हाल जिल्लामा ११ जना कोरोनाका विरामीहरु संक्रिय रहेका छन् ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper