Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

यस्तो बन्यो रामेछाप काँग्रेस हाँक्ने टिम (सूची सहित)

संवादाताः रामचन्द्र वि.क.
अशोज २२, २०७८

रामेछाप– नेपाली काँग्रेस रामेछापको १४ औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व सहित जिल्ला कार्य समितिको छनौट गरेको छ । भदौ २३ गते देखि वडा अधिवेशनबाट सुरु भएको रामेछाप काँग्रेसको अधिवेशन पालिका र क्षेत्र हुँदै असोज १७ गते जिल्ला अधिवेशन भएपछि वडा तह देखि जिल्ला तह सम्ममा नयाँ नेतृत्व सहित नयाँ कार्य समिति बनेको छ ।

जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि शनिबार र आइतबार (असोज १६ र १७ गते) भएको चुनावको सबै मत परिणाम विहिबार राती आएपछि नेपाली काँग्रेस रामेछापको १४ औँ जिल्ला अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति बनेको छ । जिल्ला अधिवेशनबाट कार्यसमितिमा सभापति देखि सदस्य सम्मको पदमा धेरै जसो नयाँ अनुहार देखिएका छन् भने संघीयता आएपछि पहिलो पटक भएको अधिवेशनमा जिल्लाका सबै पालिकाबाट प्रतिनिधित्व हुने गरी जिल्ला कार्य समिति बनेको छ ।

जिल्ला अधिवेशनबाट सभापतिमा पुर्ण बहादुर तामाङ ‘कान्छाराम’ निर्वाचित भएका छन् । जिल्ला सभापति पदको लागि पुर्ण बहादुर तामाङ (कान्छाराम), लवश्री न्यौपाने र कृष्ण बहादुर महत बीच भएको निर्वाचनमा तामाङले ६ सय ६८ मत ल्याएर पहिलो भएका थिए । तीन प्रतिस्पर्धी मध्ये तामाङ पहिलो, न्यौपाने दोस्रो र महत तेस्रो भएपनि तामाङको पहिलो चरणमा ५१ प्रतिशत नपुगको कारण दोस्रो चरणको निर्वाचन हुने भएको थियो । तर, दोस्रो भएका सभापतिका उम्मेद्वार न्यौपानेले पार्टीभित्र सहमति र सहकार्य जोगाउनको लागि आफूले तामाङलाई समर्थन गर्ने बताएपछि पुर्ण बहादुर तामाङ ‘कान्छाराम’ दोस्रो चरणको निर्वाचनमा निर्विरोध निर्वाचित भएका हुन् ।

पार्टीको उपसभापतिमा नवराज थोकर र लेख बहादुर कार्की निर्वाचित भएका छन् । उपसभापतिका ६ उम्मेद्वार मध्ये थोकरले सबै भन्दा बढी ५ सय ५७ मत ल्याएर निर्वाचित भएका हुन भने कार्कीले ५ सय ५० मत ल्याएर निर्वाचित भएका हुन् । थोकर यस अघि जिल्ला कार्यसमिति सदस्य थिए भने कार्की जिल्ला कार्यसमितिको सचिव थिए ।

त्यस्तै सचिवमा विनोद कार्की र दीपक खड्का निर्वाचित भएका छन् । सचिवका चार प्रतिस्पर्धी मध्ये कार्कीले सबै भन्दा बढी ६ सय ८८ मत ल्याएर निर्वाचित भएका हुन भने  खड्काले ६ सय ४९ मत ल्याएर निर्वाचित भएका हुन् । सचिवमा निर्वाचित कार्की यस अघि रामेछाप प्रदेश सभा ‘ख’ का सभापति रहेका थिए भने खड्का पुर्व जिल्ला कार्यसमिति सदस्य रहेका थिए ।

सहसचिवमा कमल योञ्जन र ध्रुव प्रसाद चौलागाई निर्वाचित भएका छन् । सहसचिवका पाँच प्रतिस्पर्धी मध्ये योञ्जनले सबै भन्दा बढी ६ सय ३३ मत ल्याएर पहिलो र चौलागाईले ५ सय ९९ मत ल्याएर निर्वाचित भएका हुन् । सहसचिवामा निर्वाचित योञ्जन यस अघि आमन्त्रित जिल्ला कार्यसमिति सदस्य रहेका थिए भने चौलागाई नेपाल विद्यार्थी संघ रामेछापको पुर्व सभापति हुन् ।

सदस्यहरुमा मन्थली नगरपालिकाबाट सुमन्त कुमार कार्की, दिनेश कुमार खड्का र मन्दिरा घिमिरे निर्वाचित भएका छन् भने रामेछाप नगरपालिकाबाट गुञ्ज बहादुर कार्की, ढाकल बहादुर थापा र विमला कार्की निर्वाचित भएका छन् ।

त्यस्तै दोरम्बा गाउँपालिकाबाट लब बहादुर थापामगर र अन्जु रजान, सुनापति गाउँपालिकाबाट विकेश तामाङ (लामा) र सम्झना घिसिङ, लिखुतामाकोशी गाउँपालिकाबाट कमल प्रकाश सुनुवार र सुशिला बुढाथोकी,  खाँडादेवी गाउँपालिकाबाट कमल कार्की र गोमा कार्की, गोकुलगंगा गाउँपालिकाबाट सिताराम कार्की र कल्पना (खड्का) कार्की, उमाकुण्ड गाउँपालिकाबाट शिव बहादुर बस्नेत र रितादेवी खड्का निर्वाचित भएका छन् ।

खस आर्य तर्फको महिला सदस्यमा सावित्रा के.सी. र सरस्वती घिमिरे निर्वाचित भएका छन् भने पुरुष सदस्य तर्फ हिमाल ढुंगेल र नवराज घिमिरे निर्वाचित भएका छन् । त्यसैगरी जनजाति खुल्ला सदस्य तर्फ दोर्जे लामा, हस्त बहादुर मोक्तान, केशर बहादुर मगर र घन नारायण श्रेष्ठ (घनश्याम) निर्वाचित भएका छन् भने महिला सदस्य तर्फ सुनिता मोक्तान, यसदो श्रेष्ठ र डोमा शेर्पा निर्वाचित भएका छन् । दलित सदस्यमा संजिव वि.क. निर्वाचित भएका छन् । अल्पसंख्यक वा अपांगता अन्तरगतको सदस्यमा होम बहादुर माझी र मधेसी तर्फको सदस्यमा राम विलास महतो यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र ३२ जिल्ला कार्यसमिति सदस्य पदको लागि भएको निर्वाचनमा सभापति पदमा ३ जना, उपसभापति पदमा ६ जना, सचिव पदमा ४ जना, सहसचिव पदमा ५ जना र सदस्य पदमा ६२ जना गरी ८० जनाले उम्मेद्वारी दिएका थिए । १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिले अबको पाँच वर्ष नेपाली काँग्रेस रामेछापको नेतृत्व गर्ने छ ।

निर्वाचित नयाँ कार्य समिति

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper