Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सिन्धुलीका ९ स्थानीय तहको बेरुजु १७ करोड माथी, कमलामाई र तीनपाटनको बेरुजु बढ्यो

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०७८

सिन्धुली संवाददाता– सिन्धली जिल्लाका ९ स्थानीय तहको आर्थिक वर्ष २०७६/०७७ को बेरुजु रकम झण्डै १८ करोड देखिएको छ । महालेखापरीक्षकको कार्यालयले प्रकाशन गरेको ५८ औँ लेखापरीक्षणमा सिन्धुलीका दुई नगरपालिका र सात गाउँपालिका गरी ९ स्थानीय तहको बेरुजु रकम १७ करोड ९० लाख ५७ हजार देखिएको हो ।

अघिल्लो वर्ष अर्थात आर्थिक २०७५/०७६ को तुलनामा बेरुजु अंक घटेको भएपनि सबै पालिकाहरुले आफ्नो पालिकाको बेरुजु रकम शून्य बनाउन सकेका छैनन् । महालेखा परिक्षकको ५७ औँ लेखापरीक्षणमा सिन्धुलीका सात स्थानीय तहको ९ अर्व ७७ करोड २१ लाख ७९ हजार रुपैयाँको लेखापरीक्षण हुँदा २४ करोड ४९ लाख ४० हजार अर्थात २७ दशमलव ७५ प्रतिशत बेरुजु देखिएको थियो भने ५८ औँ लेखापरीक्षणमा ११ अर्व २८ करोड ५६ लाख ७८ हजारको लेखापरीक्षण गर्दा १७ करोड ९० लाख ५७ हजार रुपैयाँ अर्थात १५.९० प्रतिशत मात्रै बेरुजु देखिएको छ ।

५८ औँ वार्षिक प्रतिवेदन २०७८ अनुसार लेखापरीक्षणको प्रतिवेदन अनुसार ९ स्थानीय तह मध्ये सबै भन्दा बढी घ्याङखेल गाउँपालिकाको बेरुजु देखिएको छ भने सबै भन्दा कम बेरुजु मरिण गाउँपालिकाको देखिएको छ ।

घ्याङखेल– घ्याङखेल गाउँपालिकाको बेरुजु अघिल्लो वर्षको तुलनामा यस वर्षको ६ दशमलवबाट घटेर ३ दशमलव ४३ प्रतिशत आएको छ । घ्याङखेले आफ्नो पालिकाको बेरुजु घटाउन सफल भएपनि ९ पालिका मध्ये सबै भन्दा बढी बेरुजु देखिनेमा पहिलो स्थानमा देखिएको छ । अघिल्लो वर्ष ५६ करोड ६६ लख ८५ हजारको लेखापरिक्षण गर्दा ३ करोड ७७ लाख ३९ हजार बेरुजु आएको थियो भने यस वर्ष ५७ करोड ७६ लाख ४२ हजारको लेखापरीक्षण हुँदा १ करोड ९७ लाख ९६ हजार बेरुजु देखिएको छ ।

तीनपाटन– तीनपाटन गाउँपालिकाको यस वर्ष बेरुजु अंक बढेको छ । आर्थिक वर्ष २०७५/०७६ मा तीनपाटन गाउँपालिकाको बेरुजु रकम १ दशमलव ४६ प्रतिशत मात्रै थियो तर, आर्थिक वर्ष २०७६/०७७ मा महालेखाको प्रतिवेदन अनुसार बेरुजु बढेर ३ दशमलव ३२ प्रतिशत पुगेको छ । महालेखापरीक्षकको ५७ औँ प्रतिवेदन अनुसार तीनपाटनमा १ अर्ब ६२ करोड ८० लाखको लेखापरीक्षण हुँदा १ करोड ७० लाख २५ हजार बेरुजु देखिएको थियो भने यस वर्ष १ अर्ब ३५ करोड ६१ लाख ३९ हजारको लेखापरीक्षण गर्दा बेरुजु बढेर ४ करोड ४९ लाख ७६ हजार रुपैयाँ बेरुजु देखिएको छ । अघिल्लो बर्ष सबै भन्दा बढी बेरुजु देखिने ९ ओटा पालिका मध्ये सातौ स्थानमा भएको तीनपाटन यस वर्ष भने दोस्रो स्थानमा पुगेको छ ।

सुनकोशी– सुनकोशी गाउँपालिकाले पनि आघिल्लो बर्षको भन्दा यस वर्ष बेरुजु रकम घटाएको छ । अघिल्लो वर्ष ६ दशमलव ८४ प्रतिशत बेरुजु आएको सुनकोशीमा यस वर्ष बेरुजु अंक घटेर ३ दशमलव ९४ प्रतिशत मात्रै भएको छ । अघिल्लो वर्ष सबै भन्दा बढी बेरुजु आउने पालिका मध्ये पहिलो स्थानमा थियो तर यस वर्ष भने आफ्नो बेरुजु अंक सुधार गर्दै तेस्रो स्थानमा रहेको छ । अघिल्लो वर्ष महालेखाले ९३ करोड ६४ लाखको लेखापरिक्षण गर्दा ६ करोड ४० लाख ४५ हजार बेरुजु रकम देखाएको थियो भने यस वर्ष १ अर्व ५ करोड ८ लाख २२ हजारको लेखापरीक्षण हुँदा ३ करोड ४ लाख ३० हजार रकम बेरुजु देखिएको छ ।

फिक्कल– ५७ औँ लेखापरीक्षणमा लेखापरीक्षण भएको रककमको २ दशमलव २९ प्रतिशत बेरुजु आएको फिक्कल गाउँपालिकाको यस वर्ष अर्थात ५८ औँ लेखापरीक्षण्मा उक्त अंक घरटेर १ दशमलव ७२ प्रतिशत मात्रै आएको छ । यस गाउँपालिका आन्तरिक रुपमा आफ्नो पालिकाको बेरुजु अंक घटाउन सफल भएपनि अघिल्लो वर्ष सिन्धुलीका ९ ओटा स्थानीय तहमा सबै भन्दा बढी बेरुजु आउने पालिकाको पाँचौ स्थानबाट एक स्थान अगाडि बढ्दै चौथो स्थानमा पुगेको छ ।

महालेखापरीक्षकको ५७ औँ प्रतिवेदन अनुसार ७१ करोड ४१ लख ७१ हजारको लेखापरीक्षण हुँदा फिक्कलाको बेरुजु १ करोड ६३ लाख ६७ हजार बेरुजु आएको थियो भने यस वर्ष ८८ करोड ८० लाख ४३ हजारको लेखापरीक्षणमा १ करोड ५२ लाख ८४ हजार बेरुजु देखिएको छ ।

कमलामाई– सिन्धुलीका बेरुजु रकम बढाउने दुई स्थानीय तह मध्ये कमलामाई नगरपालिका पनि दोस्रो स्थानीय तह हो । अघिल्लो वर्ष ० दशमलव ९३ प्रतिशत मात्रै बेरुजु भएको कमलामाइको यस वर्ष बेरुजु अंक बढेर १ दशमलव ०३ प्रतिश पुगेको छ । अघिल्लो वर्ष सिन्धुलीका ९ स्थानीय तह मध्ये सबै भन्दा बढी बेरुजु ल्याउने पालिकाको अन्तिम स्थानमा भएको पालिका यस वर्ष चार पालिकालाई पछि पार्दै पाँचौ स्थानमा पुगेको छ । सिन्धुलीको सदरमुकाम समेत रहेको यस नगरपालिकाको महालेखापरीक्षकको ५७ औँ प्रतिवेदन अनुसार २ अर्व १९ करोड ३३ लाख ५३ हजारको लेखापरीक्षण हुँदा २ करोड ५ लाख ५ हजार मात्रै बेरुजु आएको थियो तर, यस वर्ष २ अर्व ५४ करोड ३७ लाख ७९ हजारको लेखापरीक्षण हुँदा बेरुजु बढेर २ करोड ६२ लाख ४२ हजार पुगेको छ ।

हरिहरपुरगढी– हरिहरपुरगढी गाउँपालिकाले पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष बेरुजु रकम घटाएको छ । अघिल्लो वर्ष १ दशमलव ९२ प्रतिशत भएको बेरुजु यस वर्ष घटेर ० दशमलव ९६ प्रतिशत भएको छ । महालेखापरीक्षकको ५७ औँ प्रतिवेदन अनुसार हरिहरपुरगढी गाउँपालिकाको ८४ करोड ३ लाख १४ हजारको लेखापरीक्षण्मा १ करोड ६१ लख २३ हजार बेरुजु आएको थियो भने यस वर्ष ९५ करोड ५१ लख १२ हजारको लेखापरीक्षण हुँदा बेरुजु घटेर ९२ लाख १ हजार मात्रै भएको छ । अघिल्लो वर्ष सबै भन्दा बढी बेरुजु रकम आउने पालिकाको छैठौ स्थानमा रहेको यस गाउँपालिका यस वर्ष पनि बेरुजु अंक घटाउँदै छैठौ स्थानमै रहेको छ ।

गोलन्जर– सिन्धुली जिल्लाको ९ स्थानीय तह मध्ये गोलन्जोर गाउँपालिकाको पनि अघिल्लो वर्षको भन्दा यस बेरुजु रकम घटेको छ । महालेखापरीक्षकको ५७ औँ वार्षिक प्रतिवेदनमा गोलन्जोर गाउँपालिकाको बेरुजु ३ दशमलव ४९ प्रतिश रहेको थियो भने यस वर्ष घटेर ० दशमलव ९४ प्रतिशत मात्रै बेरुजु आएको छ । महालेखाको आर्थिक वर्ष २०७५/०७६ प्रतिवेदनमा उल्लेख भएअनुसार ७९ करोड ९७ लाख ५३ हजारको लेखापरीक्षण हुँदा २ करोढ ७८ लाख ७२ हजार बेरुजु आएको थियो भने यस वर्ष अर्थात आर्थिक वर्ष २०७६/०७७ मा ९२ करोड ८२ लाख २३ हजारको लेखापरीक्षण हुँदा ९७ लाख २९ हजार मात्रै बेरुजु देखिएको छ । अघिल्लो बर्ष सबै भन्दा बढी बेरुजु ल्याउने पालिकाको तेस्रो स्थानमा रहेको गोलन्जोर गाउँपालिका यस वर्ष बेरुजु अंकमा समेत सुधार गर्दै सातौ स्थानमा पुगेको छ ।

दुधौली– ९ स्थानीय तह मध्ये दुई नगरपालिका भएको सिन्धुलीमा दुधौलि नगरपालिकाले पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष बेरुजु रकम घटाउन सफल भएको छ । अघिल्लो वर्ष १ दशमलव २९ प्रतिशत बेरुजु आएको दुधौलिको यस वर्ष उक्त अंक घटेर ० दशमलव ७७ प्रतिशत मात्रै भएको छ । महालेखापरीक्षकको ५७ औँ प्रतिवेदन अनुसार १ अर्व ७७ करोड ७२ लाख ३ हजारको लेखापरीक्षणमा २ करोड २८ लाख ५६ हजार बेरुजु रकम आएको थियो भने ५८ औँ प्रतिवेदन अनुसार २ अर्व ७ करोड १ लाख ९ हजारको लेखापरीक्षण हुँदा बेरुजु घटेर १ करोड ७२ लाख ९२ हजार देखिएको छ । ९ ओटै पालिकाको दाजोमा अघिल्लो वर्ष सबै भन्दा बढी बेरुजु रकम आउने पालिकाको आठौ स्थानमा रहेकोे यस नगरपालिका यस वर्ष पनि बेरुजु अंक घटाउँदै सातौ स्थानमै रहेको छ ।

मरिण– दुई वर्ष देखि लगातार आफ्नो बेरुजु अंक घटाउँदै लगेको मिरण गाउँपालिकाले यस वर्ष पनि त्यो रेकर्डलाई कयमै राखेको छ । महालेखाले आर्थिक वर्ष २०७५/०७६ को ७८ करोड १५ लाख रुपैयाँको लेखापरीक्षण गर्दा २ करोड अर्थात २ दशमलब ८७ प्रतिशत बेरुजु देखिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा ९१ करोड ५८ लाख ९ हजारको लेखापरिक्षण गर्दा ७० लाख ७ हजार आर्थत ० दशमलब ७७ प्रतिशत मात्रै बेरुजु आएको छ । महालेखापरीक्षकको कार्यालयले सिन्धुलीका ९ स्थानी तहको लेखापरीक्षण गर्दा सबै भन्दा कम बेरुजु आउने पालिकामा मरिण गाउँपालिका परेको छ । त्यस्तै अघिल्लो वर्ष सबै भन्दा बढी बेरुजु देखिने पालिका मध्ये चौथो स्थानमा रहेको मरिण गाउँपालिका  यस वर्ष बेरुजु अंकमा थप सुधार सबै भन्दाब बढी बेरुजु आउने पालिकाको अन्तिम अर्थात ९ औँ स्थानमा रहेको छ ।

सिन्धुलीका ९ स्थानीय तहको समग्र बेरुजु अंक अघिल्लो वर्षको भन्दा कम आएको भएपनि दुई स्थानीय तहको बेरुजु बढेको छ । ७ पालिकाहरुले बेरुजु अंकलाई घटाउँदै लगेपनि सिन्धुलीको सदरमुकाम समेत रहेको कमलामाई नगरपालिका र अर्को तीनपाटन गाउँपालिकाको बेरुजु घटाउन सकेका छैनन् ।

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper