Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाज

कुलमानलाई चिठ्ठीः ‘आफ्नै भूमिमा बनेको सवस्टेशनबाट विजुली बाल्ने व्यवस्था मिलाइदिनुहोस’

संवादाताः हाम्रो प्रहार
साउन २७, २०७८

कुलमान घिसिङज्यू फेरि पनि बधाई छ ! यो बधाई दिने क्रममा म केहि गुनासो राख्दैछु ।

तपाईं रामेछापको सान हो, देश भरि विद्युतका समस्याहरु धेरै छन् तर पनि रामेछापको मात्र कुरा गर्दा हामी रामेछापका मान्छे विद्युतबाट धेरै पिडित छौं । मिनेटमिनेटमा विजुलि आउने जाने समस्या यहाँ धेरै छ । तार टाँगिएको छ तर विजुलिको उज्यालो देख्न नपाउने ठाउँ यहाँ धेरै छन् । हाम्रै पानीबाट उत्पादन गरिएको खिम्तीको विजुली हामीले बाल्न पाएका छैनौं । ढल्के सवस्टेसनमा विग्रेको ट्रान्सफरमर बनाउन महिनौं लाग्छ । हाम्रो फुलासीमा बनेको सवस्टेशनमा आएको विजुली हाम्रै भूमिबाट गएको छ तर हामीलाई त्यो विजुली बाल्ने अवसर कहिले दिने वा नदिने टुंगो छैन । रामेछापमा भर्खर खुल्न लागेका उद्योगहरु विद्युत अनियमित भएका कारण बन्द हुने स्थितिमा पुगेका छन् । सबैले दुःख व्यहोर्नु परेको अवस्था छ । अब हामीलाई ढल्केबर हुँदै आउने कुलेखानीको र चरिकोट हुँदै आउने लामोसाँघुको विजुली हैन हाम्रो आफ्नै भूमि देविटारमा बनेको सवस्टेशनमा आएको ३३ केभिएको प्रशारण लाईन मार्फत विजुली बाल्ने व्यवस्था मिलाइदिनुहुने छ भन्ने विश्वास हामी रामेछापवासीले लिएको छौं ।

सुनकोसी–२ जलविद्युत आयोजनाको कारण रामेछाप जिल्लाको सदरमुकाम मन्थली लगायतका स्थानहरु डुवानहुने चर्चा धेरै अगाडिबाट चलिरहेको छ । यसको कारण घरजग्गा विक्रि र मुल्यांकनको कार्यमा अवरोध भएको छ । यो योजनालाई तार्किक निर्णयमा पुर्याउने काम तत्काल गर्न तपाईंले अगुवाई गर्नुहुनेछ भन्ने विश्वास यहाँका जनताले राखेका छन् ।

साथै अहिलेको सिस्टमबाट विजुलि बाल्न बहुत महंगो सावित भएको छ विजुलीको विलमा सँधै जोडिने डिमाण्ड शुल्क मिनाहा गराईयोस् र कोभिडको बेला लकडाउन अवधिभरको विद्युतको विल मिनाहा होस् भन्ने अनुरोध गर्दछु । नागरिकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने यि र यस्ताखाले कार्यले तपाईंको उचाइ बढाउन थप मद्दत पुग्ने छ । तपाईंको दोश्रो कार्यकालको सफलताको शुभकामना सहित जय नेपाल

लेखबहादुर कार्की
सचिव– नेपाली काँग्रेस जिल्ला कार्यसमित, रामेछाप

Related Posts

मातृशोकबाट जन्मिएको  सेवा भाव: ६९० विद्यार्थीलाई घेसे विमान सिंहको न्यानो कपडा उपहार
समाचार

मातृशोकबाट जन्मिएको सेवा भाव: ६९० विद्यार्थीलाई घेसे विमान सिंहको न्यानो कपडा उपहार

संवादाताः हाम्रो प्रहार
पुस १४, २०८२
0

रामेछाप– मानिसको जीवनमा एउटा यस्तो मोड आउँछ, जसले उसको बाँच्ने उद्देश्य नै बदलिदिन्छ । रामेछापको सुनापति गाउँपालिका–४ भ्वाँसाका घेसे विमान...

पुरा पढ्नुहोस्
स्वर्गीय आमाको सम्झनामा सुनापतिका २ हजार ७६३ जनाको निःशुल्क उपचार
समाचार

स्वर्गीय आमाको सम्झनामा सुनापतिका २ हजार ७६३ जनाको निःशुल्क उपचार

संवादाताः रामचन्द्र वि.क.
मंसिर ३, २०८२
0

गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाएर स्थानीयमा खुसीसुनापति गाउँपालिका वडा नं ४ बेथानकी अनिता लामा बाटो हिँड्दै गर्दा ठेस लागेर लडिन्...

पुरा पढ्नुहोस्
गाउँपालिकाको सहयोगले मोडियो दुरागाउँका इश्वरको जीवनको बाटो : दुखपछि सुखको कथा
समाचार

गाउँपालिकाको सहयोगले मोडियो दुरागाउँका इश्वरको जीवनको बाटो : दुखपछि सुखको कथा

संवादाताः रामचन्द्र वि.क.
असार १६, २०८२
0

रामेछाप- सहरको चकाचक जीवन वा विदेशी कमाइको सपना धेरै युवाका रोजाइ हुन् । तर, लिखुतामाकोशी गाउँपालिका–१, दुरागाउँका २३ वर्षीय इश्वर...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper