Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home पत्रपत्रिका

रामेछाप–८ का सबै घरपरिवारलाई पानी जम्मा गर्न हिलट्यांक

संवादाताः हाम्रो प्रहार
साउन १३, २०७८

युवराज सुवेदी, रामेछाप– रामेछाप नगरपालिका वडा नं ८ ले वडाका सबै घरपरिवारलाई पुर्‍याउने गरी हिलट्यांक वितरणको अभियान सुरु गरेको छ । आर्थिक वर्ष २०७६/०७७ अदेखि चालु आर्थिक वर्ष २०७८/०७९ सम्ममा वडाका सबै नागरिकलाई ‘एक घर, एक हिलट्यांक’ अभियान चलाएर हिलट्यांकी उपलब्ध गराउन थालेको छ ।

This image has an empty alt attribute; its file name is Hil-tank-bitaran-1.jpg

रामेछाप नगरपालिका वडा नं ८ पनि सुख्ख ग्रस्त क्षेत्र भित्र परेको र वडाका स्थानीयहरुलाई खाने पानी देखि आफ्नै घरको लागि तरकारी उत्पादन गर्नको लागि समेत पानीको समस्या हुने भएकाले एक ‘एक घर, एक हिलट्यांक’ अभियान चलाइएको वडाध्यक्ष केदार कार्कीले बताए । आर्थिक वर्ष २०७६/०७७ देखि कृषि कार्यक्रम अन्तरगत रहेर आर्थिक वर्ष २०७८/०७९ सम्ममा सबै घरपरिवारलाई ट्यांकी वितरण गरी सक्ने योजना अनुसार गत आर्थिक वर्षको बजेटबाट खरिद गरिएका ट्यांकी वितरण सुरु गरिएको वडाध्यक्ष कार्कीले बताए । सतप्रतिशत वडाको लागतमा सबै घरपरिवारलाई निःशुल्क उपलब्ध गराइएको हिलट्यांकीले घरयासी प्रयोजन देखि कृषि जन्य बस्तु उत्पादनको लागि ठूलो सहयोग पुग्ने विश्वास आफूले लिएको वडाध्यक्ष कार्कीको भनाई रहेको छ ।

पानीको समस्या झेल्दै आएका वडाका नारीकहरुलाई घरमा बढी भएको पानी र आकाशे पानी संकलन गरी फलफुल तथा तरकारी उत्पादन गरेर आत्मनिर्भर बन्न सहयोग पुग्ने समेत वडाले अपेक्षा लिएको छ ।

भूकम्प पश्चत निजी आवसको लागि रातो कार्ड प्राप्त गरेका वडामा करिव एक हजार भन्दा बढी घरपरिवार रहेको र त्यही रातो कार्डलाई आधार बनाएर ट्यांकी वितरण गरिएको वडाले बताएको छ ।

हिलट्यांक वितरण कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले वडाले आफ्नो वडाका सबै घरपरिवारलाई उलब्ध गराएको हिलट्यांकले कृषि उत्पादनमा थप सहयोग पुग्ने बताए । ट्यांकी वितरण एउटा नमूना काम भएकाले ट्यांकी प्राप्त गर्ने सबैले सदुपयोग गरेर कृषि उत्पादनलाई सहयोग पुग्ने गरी प्रयोग गर्न अनुरोध गरेका छन् ।

शनिबारबाट सुरु गरिएको ट्यांकी वितरण कार्यक्रम आइतबार र सोमबार पनि चल्ने वडाध्यक्ष केदार कार्कीले बताएका छन् । उनका अनुसार चालु आर्थिक वर्षको बजेटबाट ट्यांकी नपुगेका नागरिकलाई चालु आर्थिक वर्षमा वितरण गरिने छ ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper