Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

‘व्यवसायिक बन्न हरेक नागरिकसँग सीप हुनुपर्छ’– नगर प्रमुख थापामगर

संवादाताः रामचन्द्र वि.क.
चैत्र १४, २०७७

रामेछाप- रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले अब व्यवसायिक बन्न नगरका सबै नागरिकमा सीप हुनु पर्ने बताएका छन् । शुक्रबार रामेछाप नगरपालिका वडा नं ५ कोलोञ्जोरघाटमा रामेछाप नगरपालिकाको आर्थिक सहयोग तथा ग्रामिण विजनेश प्रमोशन प्रालिको प्राविधिक सहयोगमा स्वीटर बनाउने (मेसिन होजियारी) सीप विकास तालिमको शुक्रबार उद्घाटन गर्दै नगर प्रमुख थापामगरले नागरिकहरुको आफ्नो आर्थिक समृद्धीको लागि व्यवसायिक  बन्नु पर्ने र त्यसको लागि सबैसँग सीप हुनु पर्ने बताएका हुन् ।

नगर प्रमुखले भने– ‘हामीले आर्थिक समृद्धीको कुरा गर्छौ, व्यवसाय विना आर्थिक समृद्धी हुदैन् व्यवसाय गर्न पनि सीप चाहिन्छ । त्यसैले आर्थिक समृद्धीको मुख्य आधार भनेको सीप नै भएकाले सबै नागरिकले सीप सिक्न जरुरी छ । त्यसको लागि नरपालिकाले विभिन्न कार्यक्रम मार्फत सीप सिकाउन थालेको छ । आफूले व्यवसाय गर्न सक्ने सीप लिएर व्यसाय गरे त्यसले आफ्नो जीविकोपार्जनमा सधै सहयोग गरीरहन्छ ।’

रामेछाप नगरपालिकामा रहेका सिमान्तकृत माझी जाति, लोपउन्मुख हायु जाति र पिछाडी पारिएका विभिन्न समुदायको लागि नगरपालिकाले सीप सिकाउने देखि व्यवसाय मार्फत आयआर्जनको लागि समेत सहयोग गर्दै आएकाले त्यसले पनि व्यवसाय गर्न इच्छा हुने नागरिकहरुलाई सहयोग पुग्ने नगर प्रमुखले बताए । माझी जातीको धेरै बसोबास रहेको रामपुरको कोलोञ्जोरघाटका माझीहरुको आयआर्जनमा सहयोग पुग्ने गरी स्वीटर बनाउने (मेसिन होजियारी) र माछा पालनको लागि आवश्यक पर्ने सीप विकास तालिम संचालन भइरहेकाले दुबै तालिममा सक्रिय सहभागी जनाएर आफ्नो सीप बढाउन आग्रह गरे । नगरमा सीप विकास देखि यान्त्र उपकरण दिने सम्मका कार्यक्रम भएकाले आफूले गर्न सक्ने व्यवसायिक योजना सहित नगरमा आउन आग्रह गरे ।

रामेछाप नगरपालिका वडा नं ५ रामपुरका वडाध्यक्ष भिम बहादुर तामाङले सीप विकास तालिमले व्यवसाय गर्न थप सहयोग पुग्ने भएकाले सहभागीहरुले आफ्नै लागि दिएको तालिम हो भन्ने सोचले तालिम लिन आग्रह गरे । स्वीटर बनाउने (मेसिन होजियारी) तालिम सिकेर गाउँमै स्वीटर उत्पादन गर्न सके त्यस्ता सामग्री वडा कार्यालयले बजार सम्म लैजन सहयो गर्ने बताए । वडाध्यक्ष तामाङले सीप सिकेर बसेका नागरिकहरुलाई वडा कार्यालयले व्यवसाय गर्नको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

रामेछाप नगरपालिकाको उद्योग शाखाका प्रमुख हरीभगत श्रेष्ठले रामेछाप नगरपालिकाको रामपुरमा सुरु गरिएको तालिम सम्भाव्यता अध्ययन गरेर गरिएको हुँदा तालिम सफल हुने बताउँदै कार्यक्रमको लक्ष्य अनुसार लघु उद्योग स्थापना गरेर स्थानीयलाई व्यवसायमा जोड्न सहयोग पुग्ने बताए ।

ग्रामिण विजनेश प्रमोशन प्रालिका कार्यक्रम संयोजक युवराज सुवेदीले रामपुरको कोलोञ्जोरघाटमा संचालन गर्न लागिएको (मेसिन होजियारी) स्वीटर उत्पादन क्षेत्र सोलु र ओखलढुंगाको मुख्य सडक नजिकै भएकाले उत्पादित बस्तु सहज रुपमा विक्री गर्न सकिने बताए । अहिले सीप विकास तालिम लिएका सहभागीहरुलाई ग्रामिण विजनेशन प्रमोशन प्रालिले थप सहयोग गर्दै जाने पनि सुवेदीले बताए ।

रामेछाप नगरपालिकाले यस वर्ष गरिवी निवरणका लागि लघु उद्यम कार्यक्रम मार्फत वडा नं ७ को विर्तामा ४२ जना र वडा नं ५ कोलोञ्जोरघाटमा ३८ जना नयाँ उद्यमी उत्पादन गर्ने गरि दुई वडा छनौट गरेर काम गरीरहेको रामेछाप नगरपालिकाका उद्यम विकास सहजकर्ता मनिसा सुवेदीले बताइन् ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper