Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

दोस्रो ‘मन्थली मेयर कप’ चैत्र २५ गते देखि, नगरपालिकाका खेलाडीले मात्रै भाग लिन पाउने

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०७७

रामेछाप– मन्थली नगरपालिकाले दोस्रो मन्थली मेयर कप २०७७ चैत्र २५ गते देखि २८ गते सम्म संचालन गर्ने भएको छ । मन्थली नगर खेलकुद विकास समितिको बैठकले चैत्र २५ गते देखि २८ गते सम्म पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेर दोस्रो मन्थली मेयर कप २०७७ संचालन गर्ने निर्णय गरेको हो ।

नगरपालिकामा खेलकुद क्षेत्रको विकासमा टेवा पुर्‍याउने गरी संचालनमा ल्याएको ‘मन्थली मेयर कप’ मार्फत नगरका १४ ओटै वडाका एक एक टिम र मन्थली नगरपालिकाको एक टिम गरी १५ टिमले सहभागिता जनाउने गरी प्रतियोगिताको आयोजना गर्न लागिएको मन्थली नगरपालिकाका नगर प्रमुख एवं मन्थली नगर खेलकुद विकास समितिका अध्यक्ष रमेश कुमार बस्नेतले बताए । प्रथम मन्थली मेयर कपलाई राष्ट्रिय स्तरमै खेलाउँदा अन्य जिल्लाको खेलाडी सहभागी भएको भएपनि नगरको खेलकुद विकासमा उपलब्धी नदेखिएकाले यस वर्ष देखि नगरपालिका भित्रका मात्रै खेलाडी सहभागी हुन पाउने गरी प्रतियोगिताको आयोजना गर्न लागिएको नगर प्रमुख बस्नेतले बताए ।

प्रतियोगिताको प्रथम, द्धितिय र तृतिय हुने टिमलाई सिल्ड, मेडल र नगद पुरस्कारको व्यवस्था रहेको मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले बताए । उनका अनुसार प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगदको साथमा सिल्ड र मेडल प्रदान गरिने छ । त्यस्तै सान्तोना हुने टिमलाई ३० हजार नदग पुरस्कार रहेको पनि महाशाखा प्रमुख बुढाथोकीले बताए ।

मन्थली नगर खेलकुद विकास समितिका अध्यक्ष एवं नगर प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षमा चैत्र ६ गते बसेको बैठकले अरु उपसमितिहरु बनाएर प्रतियोगिताको थप तयारी भइरहेको समितिका सदस्य कैलाश खत्रीले बताए ।

मेयर कपमा भलिबल, फुटबल र ब्याटमिन्टन प्रतियोगि गर्न पाउने भएपनि यो वर्ष पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिने मन्थली नगर खेलकुद विकास समितिले बताएको छ ।

१४ वटा वडाबाट सहभागी हुने टिममा वडाका खेलाडी बाहेक अरुले खेलाडीले सहभागिता जनाउन पाउने छैनन् ।

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper