Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मन्थलीमा पहिलो पटक ‘फाइबर टु दी होम’ सेवा सुरु, अब इन्टरनेटमा समस्या नआउने दावी

संवादाताः हाम्रो प्रहार
चैत्र १०, २०७७

रामेछाप– सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सदरमुकाम मन्थलीमा पहिलो पटक फाइबर टु दी होम सेवा सुरु गरेको छ । लामो समय देखि काम सुरु गरिएको भएपनि सोमबार देखि मात्रै उक्त सेवा सुरु भएको हो । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेत र रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले सेवाको सुरुवात गरेका थिए ।

‘फाइबर टु दी होम’ सेवाको सुरुवाती कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले यस अघि आम सर्वसाधारणले टेलिफोन र इन्टरनेट प्रयोग गर्दा भोग्दै आएको समस्या समधान हुने विश्वास व्यक्त गरे । समयको माग अनुसार भित्रिएको सेवालाई कुनै पनि बेला समस्या नआउने गरी व्यवस्थापन गर्न नेपाल टेलिकमलाई आग्रह गरे ।

फरक प्रसंगमा नगर प्रमुख बस्नेतले नगर भित्र भित्रिएका नयाँ नयाँ प्रविधि विस्तारमा स्थानीयको अवरोधका कारण प्रयोगमा ल्याउन नसकेकोमा दुख व्यक्त गर्दै विकासमा सबै एक भएर लाग्नु पर्ने धाराण राखे ।

प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले यस अघि आम सर्वसाधारण देखि आफ्नै कार्यालय समेतले दैनिक रुपमा भोग्दै आएको समस्या समधान हुने विश्वास व्यक्त गरे । प्रजिअ सैंजूले टेलिफोन र इन्टरनेट प्रयोग कर्ताको गुनासो नआउने गरी काम गर्न टेलिकमलाई निर्देशन दिए ।

लामो प्रयास पछि जिल्लामा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले पहिलो पटक अहिलेको द्रुत गतिको प्रविधि भित्र्याएकोले विगतमा भोग्दै आएका समस्या समधान हुँदै जाने दावी गरे । अब सेवाग्रहीका माग अनुसार सजिलै इन्टरनेट सेवा प्रदान गर्न सकिने उनले बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारिणी सदस्य श्याम थापा, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, रामेछाप उद्योग बाणिज्य संघ रामेछापका अध्यक्ष केशव घिमिरले आ–आफ्नो भनाई राखेका थिए ।

नेपाल टेलिकमका रिम÷सिम र रिचार्ज कार्ड विक्री वितरण गरेर टेलिकमलाई अधिक राजस्व बुझाउने मिलिजुली बिजुली पसल मन्थलीका प्रोप्राइटर नारायण बहादुर बस्नेतलाई नेपाल टेलिकमले सम्मान गरेको छ । नेपाल टेलिकमको अधिक लिज लाइन सेवा खरिद गरेबात हिमाल हाइड्रो कम्पनी किर्नेलाई पनि टेलिकमले सम्मान गरेको छ ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper