Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

प्रथम वडा कप फुटबल प्रतियोगिताको उपाधी सुकाजोर युवा विकास समाजलाई

संवादाताः हाम्रो प्रहार
फाल्गुन २३, २०७७

रामेछाप– रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले यस वर्ष देखि सुरु गरेको प्रथम वडा कप फुटबल प्रतियोगिताको उपाधी सुकाजोर युवा विकास समाजले जितेको छ । शनिबार देखि सुरु भई आइतबार सम्पन्न भएको प्रतियोगितामा जागरुक युवा क्लवलाई हराउँदै प्रथम वडा कप फुटबल प्रतियोगिताको उपाधी सुकाजोर युवा विकास समाजले जितेको हो ।

६ टिम सहभागी रहेको प्रतियोगितामा जागरुक युवा क्लव द्धितिय, महाकाली युवा क्लब तृतिय र मुगान ढिपी युवा क्लब सान्तोना भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई कक्रमः २० हजार, १५ हजार र १० हजार नगदको साथमा सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । त्यस्तै सान्तोना हुने टिमले पाँच हजार नगदको साथमा प्रमाण पत्र प्राप्त गरेको छ ।

विजेत हुने टिमलाई पुरस्कार वितरण गर्दै रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले वडाले छोटो अवधिमा आयोजना गरेको खेलमा एउटा वडाबाट ६ टिमले सहभागिता जनाएको देखेर सुकाजोरमा धेरै खेलाडी र खेलप्रेमी रहेकोमा खुसी व्यक्त गर्दै सुकाजोरलाई खेलकुद कै माध्यमबाट चिनाउन सकिने बताइन् । आफूहरुले स्थानीय सरकारको नेतृत्व गरेर आए देखि नै एक वडा एक खेल मैदन बनाउँदै खेलकुदलाई प्राथमिकतामा राखेको नगरपालिकामा खेलप्रति खेलाडीको उत्साहले आफूहरुलाई थप उर्जा मिलेको उनले बताईन् । पुरस्कार वितरण एवं प्रतियोगिता समापनको प्रमुख अतिथि समेत रहेकी उपप्रमुख खड्काले खेलकुदले खेलाडीहरुलाई अनुशासनको घेरामा राखेर नैतिक शिक्षा प्रदान गर्न समेत सहयोग पुग्ने बताउँदै खेलकुद विकासमा नगरले देखाएको बाटोमा सबै एक जुट भएर लग्नु पर्ने धाराण राखिन् ।

वडामा भएका युवाहरुलाई खेलकुदमा आवद्ध गराएर खेलकुदकै माध्यमबाट वडालाई विकासमा सहयोग पुर्‍याउने उद्देश्यले वडा कपको आयोजना गरिएको वडाध्यक्ष समिर कार्कीले बताए । वडामा भएका खेलाडीहरुको क्षमता पहिचान गरेर वडा स्तर देखि राष्ट्रिय स्तर सम्मका खेलकुदमा समेत सहभागिता जनाउन सक्ने खेलाडी उत्पादनको लागि वडाले आयोजन गर्ने गरी वडा कपको सुरुवात गरिएको बताए । यो खेलबाट उत्कृष्ट भएका खेलाडीलाई थप प्रशिक्षणमा समेत वडा कार्यालयले सहयोग गर्ने उनले बताए ।

त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस रामेछाप नगरपालिकाका नगर सभापति कमल विक्रम कार्कीले रामेछाप नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर विकास गरिरहेको बताउँदै त्यस्ता प्रतियोगिताले युवाहरुको क्षमता विकासमा सहयोग पुग्ने बताए ।

त्यस्तै प्रतियोगिताको सहआयोजक रहेको सुकाजोर युवा विकास समाजका अध्यक्ष गुञ्ज बहादुर कार्कीले सुकाजोरमा रहेका युवा खेलाडीहरुको क्षमता विकासमा संस्थागत र व्यक्तिगत रुपमा सधै सहयोग गर्ने प्रतिवद्धता जनाए । त्यस्तै नेकपा सुकाजोर युवा नेता चुक्त मगरले वडाले यस वर्ष देखि सुरु गरेको प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिनु पर्नेमा जोड दिए ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper