Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा बाख्रा जोन कार्यक्रम प्रभावकारी बन्दै, पचास प्रतिशत अनुदानमा बोका–पाठी पाइने

संवादाताः रामचन्द्र वि.क.
मंसिर १६, २०७७

रामेछाप– रामेछापमा बाख्रा जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापद्वारा संचालन भएको बाख्रा जोन कार्यक्रम मार्फत किसानहरुले बाख्रा पालनको लागि प्राविधिक साहयोगसँगै पचास प्रतिशत अनुदानमा बोयर जातका बोका र पाठी पाउने भएपछि बाख्रा जोन कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

अघिल्लो वर्षबाट शुरु गरिएको बाख्रा जोन कार्यक्रम मार्फत बाख्रा पालनको लागि आवश्यक प्राविधिक ज्ञान र पचास प्रतिशत अनुदानमा बोका–पाठी पाउने भएपछि हामी जस्ता सयौँ किसान यो जोनमा सहभागि हुनुभएको छ, बाख्रा जोनका संयोजक भिम बहादुर श्रेष्ठले भन्नुभयो, ‘अघिल्लो वर्ष जोनमा सहभागि समूह, सहकारी र कृषि फार्म सबैलाई ३० ओटा बोयर जातका दिइएको थियो । त्यसबाट किसानहरुले आम्दनी लिन थालिसक्नुभएको छ । यसरी हेर्दा एकै वर्षमा आम्दनी लिन थाल्नु यो कार्यक्रम सफलता तर्फ जानु हो ।’

उहाँले थप्नुभयो, ‘उन्नत जातको बोका पाठी खरिद गर्दा धेरै मूल्य पर्ने डरले हामीले थोरै समयमा धेरै आम्दनी हुने बाख्रा पाल्न सकेका थिएनौ, अहिले परियोजना आएपछि अनुदान दिँदा धेरै सहयोग भएको छ । अब हामी व्यवसायिक बन्ने तर्फ लागीसकेका छौँ ।’

‘बाख्रा जोन कार्यक्रम शुरु हुँदा हामीसँग केही सहकारी, कृषि समूह र कृषि मार्फ मात्रै सहभागि थिए । यस वर्ष कृषि फार्म, सहकारी र कृषि समूह गरी १ सय ३९ ओटा संस्थाहरु जोनमा सूचीकृत भएका छन, ‘परियोजना कार्यन्वयन इकाई रामेछापका प्रमुख होमनाथ लम्सालले भन्नुभयो, ‘यसरी समिति क्षेत्रमा संचालन भएको जोनमा यति धेरै संस्था सहभागी भएर काम गर्नु भनेको निकै राम्रो हो । अघिल्लो वर्ष ३० ओटा बोयर जातको बोका लाने किसानले यस वर्ष देखि आम्दनी लिन थालीसक्नुभएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष धेरै किसानहरु सभागि हुनु भएको छ । अहिलेको कोरोना महामारीले पनि किसानहरु पशुपालन तर्फ आकर्षित हुँदै गएका छन् । जसको कारण पनि यो कार्यक्रम मार्फत किसानहरुको आयआर्जनमा बृद्धि हुने देखिन्छ ।’

कार्यालय प्रमुख होमनाथ लम्सालका अनुसार यो वर्ष सहभागि सहकारी, कृषि समूह र कृषि फार्महरुका लागि एक सय ओटा बोका–पाठी वितरण गरिने कार्यक्रम रहेको छ । सोही कार्यक्रम अन्तरगत मंगलबार १५ ओटा बोका र ११ ओटा पाठी वितरण गरिएको छ भने बाँकी रहेका सहकारी, कृषि समूह र कृषि फार्महरुलाई यहि महिना भित्र वितरण गरिने छ ।

अघिल्लो बर्ष देखि शुरु भएको बाख्रा जोन कार्यक्रममा मन्थली नगरपालिकाको वडा नं १, २, ३, ७, ८, ९, १०, ११, १२ र १३ रहेका छन् । त्यस्तै खाँडादेवी गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ सहभागि रहेका छन् भने सुनापति गाउँपालिकाको वडा नं ३, ४ र ५ रहेका छन् ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper