Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

‘रामेछाप नगरमा पूर्ण विद्युतीकरणले विकासका पूर्वधार तयार भए’– नगर प्रमुख थापामगर

संवादाताः रामचन्द्र वि.क.
अशोज १५, २०७७

रामेछाप– रामेछाप नगरपालिका पूर्ण रुपमा विद्युतीकरण भएसँगै उज्यालो नगरमा परिणत भएको छ । नगरको केही भागमा मात्रै सिमित रहेको विद्युत स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएर आएपछि छोटो समयमा नै नगरका ९ ओटै वडा उज्यालो वडामा परिणत भएका हुन् । विहिबार रामेछाप नगरपालिकाको वडा नं ४ हिमगंगामा विद्युत बलेसँगै रामेछाप नगरपालिका पूर्ण रुपमा विद्युतीकरण भएको हो ।

रामेछाप नगरपालिकाको विषेश पहलमा नेपाल विद्युत प्राधिकरण रामेछापको सक्रियतामा नगरका सबै नागरिकको घरमा विद्युत पुर्‍याउन सफल भएको नगर प्रमुख नर बहादुर थापामगरले बताउनुभयो । उहाँले भन्नुमयो – ‘नगरका केही वडामा मात्रै विद्युत थियो, हामी निर्वाचित भएर आएपछि उज्यालो नगर बनाउने गरी विद्युतीकरणको कामलाई पहिलो प्राथमिकतामा राखेर विद्युत प्राधिकरणसँगको सहकार्यमा काम तिव्र रुपमा अगाडी बढायौँ । जसको कारण आज सबै नागरिकको घरमा विद्युत पुर्‍याउन सफल भएका छौँ ।’

उहाँले थप्नुभयो– ‘विद्युतीकरणले वडामा विकासका थप पूर्वधार पनि तयार पारेको छ । अब खानेपानीका ठूला लिफ्ट आयोजनाहरु संचालन गर्न, किसानहरुका लागि सिंचाई गर्न, साना उद्योगहरु संचालन गर्ने जस्ता काम गर्न पनि विद्युतीकरणले ठूलो सहयोग पुगेको छ । नगरलाई पूर्ण रुपमा विद्युतीकरण गरेर नगरलाई उज्यालो बनाउने गरी नागरिक माझ गरेका बाचा पुरा गरेका छौँ ।’ अब विद्युतलाई अधिकतम उपयोग गरेर थप विकासका कामहरु अगाडी बढाउँछौँ ।’

नगर प्रमुख थापा मगरका अनुसार रामेछाप नगरपालिकामा पूर्ण रुपमा विद्युतीकरण भएसँगै नगरका साँढे सात हजार घरपरिवारले विद्युत सेवा लिएका छन् ।

विपन्नलाई नगर प्रमुखको व्यक्तिग सहयोगमा मिटर जडन

रामेछाप नगरपालिकाको वडा नं ४ हिमगंगाका विपन्न परिवालाई नगर प्रमुख नर बहादुर थापामगरले विद्युत मिटर उपलब्ध गराउनुभएको छ । विहिबार हिमगंगाका २ सय ८३ घरपरिवालाई विद्युत मिटर वितरण गर्दा ८ घर परिवारले आर्थिक अभावका कारण मिटर खरिद गर्न नसकेपछि नगर प्रमुख थापामगरे आफ्नै खर्चमा मिटर खरिद गरिदिनुभएको हो । विद्युत मिटर वितरण कार्यक्रममा नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारी, वडा नं ४ का वडाध्यक्ष टुपेन्द्र तामाङ लगायतको सहभागिता रहेको थियो ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper