Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home स्थानीय सरकार

पर्यटन प्रवर्द्धनमा स्थानीय सरकारको सहयोग, भालुखोपमा सामुदायिक होमस्टे संचालनमा

संवादाताः रामहरि केसी
साउन १, २०७७

रामेछाप– रामेछाप नगरपालिकाले पर्यटन प्रवर्द्धनको लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । नगरभित्र रहेका पर्यटकिय स्थलहरुको खोजी कार्य गर्ने देखि प्रचार प्रसार गर्दै आएको नगरपालिकाले पर्यटकहरुका लागि स्थानीय स्तरमै उत्पादित खाना खुवाउने र बस्नको लागि होमस्टे पनि संचालनमा ल्याएको छ ।

रामेछाप नगरपालिकाको वडा नं ६ र ७ को संगम स्थल भालुखोपमा ‘भालुखोप सामुदायिक होमस्टे’ संचालनमा आएसँगै पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने नगरपालिकाले अपेक्षा लिएको छ । ‘भालुखोप नगरपालिकाको मात्रै नभएर जिल्लाकै नमूना पर्यटकिय स्थल हो, त्यसैले हामीले पर्यटकहरुका लागि आवश्यक पर्ने आधरभूत कुरा देखि संरचना निर्माण सम्मका कामहरु गर्दै छौँ, नगर प्रमुख नर बहादुर थापामगरले भन्नुभयो, ‘सामुदायिक होमस्टे संचालन देखि भिउ टावर बनाउने सम्मका कामले अहिले तिब्रता पाइरहेको छ ।’

आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम अनुसार नगरपालिकामा रहेका सामुदायिक होमस्टेलाई प्रवद्र्धन गर्ने गरी होमस्टे संचालनका लागि तालिमसँगै भालुखोप सामुदायिक होमस्टेलाई आवश्यक सामग्री समेत उपलब्ध गरइएको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पौडेलले बताउनुभयो । पर्यटकीय स्थलको रुपमा रहेको भालुखोप डाँडामा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउने उद्देश्यले संचालनमा ल्याइएका ९ ओटा होमस्टेलाई ९ थान ग्याँस सिलिन्डर, ९ थान चुल्हो, ९ थान भट्टी चुल्हो, ९ थान मम पकाउने भाँडो, ९ थान फ्रई पेन, ९ थान फिल्टर, ६३ थान चरेसको थाल र ६३ थान चरेसको कचौरा उपलब्ध गराईएको पनि पौडेलले बताउनुभयो ।

होमस्टे संचालनको लागि नगरपालिकाले दिएको तालिम र उपलब्ध गराईएको विभिन्न प्रविधिहरुले आफूहरुलाई व्यवसाय संचालनको लागि उत्साहित बनाएको भालुखोप सामुदायिक होमस्टेका अध्यक्ष लाल बहादुर तामाङले बताउनुभयो । तामाङले भन्नुभयो– ‘भालुखोप डाँडामा यस अघि देखि नै पर्यटकहरु आउने गर्थे तर हामीसँग सिप र पूर्वधार नभएको कारण चाहे जस्तो सेवा दिन सकेका थिएनौँ, अहिले होमस्टे संचालनको लागि दर्ता प्रक्रिया देखि स्थानीय स्तरमै उत्पादित खाना बनाउने सम्मका तालिम पाएपछि हामीलाई धेरै सहज भएको छ ।, यसले यहाँको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्छ ।’

भालुखोप सामुदायिक होमस्टे संचालनमा आएपछि अन्य होटलको भन्दा सस्तो मूल्यसँगै आर्गनिक खाना खुवाउन सकिने पनि अध्यक्ष तामाङले बताउनुभयो । अध्यक्ष तामाङले भालुखोपबाट देखिने मनोरम दृष्य अवोलकन गर्न आउने पर्यटकहरुलाई आफूहरुले दिने सेवा एक पटक लिएर सुझाव दिन आग्रह समेत गर्नुभयो ।

Related Posts

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’
समाचार

सुनापतिका अध्यक्ष ठुलोकान्छा तामाङको दाबी- ‘गफ कम, काम धेरै’

संवादाताः हाम्रो प्रहार
पुस १७, २०८२
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले जनप्रतिनिधिहरूले चुनावका बेला गरेका वाचाहरू भाषणमा मात्र सीमित नराखी काममै उतारेर देखाएको बताएका...

पुरा पढ्नुहोस्
गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति
समाचार

गाउँपालिकाबाट प्रवाह हुने सेवा लिएर गाउँमै पुग्यो सुनापति

संवादाताः रामचन्द्र वि.क.
पुस १४, २०८२
0

रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा गाउँमै पुगेर दिन थालेको छ । गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर...

पुरा पढ्नुहोस्
रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा
समाचार

रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा

संवादाताः रामचन्द्र वि.क.
भदौ २२, २०८२
0

रामेछाप- रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बालमैत्री शासनयुक्त नगर हुन पुरा गर्नु पर्ने ५१ ओटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper