Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापका स्थानीय तह हाँक्ने काँग्रेसक सभापति, पदाधिकारी र वडा सभापतिहरु

संवादाताः रामचन्द्र वि.क.
अशोज ७, २०८३

रामेछाप- नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तरगत बुधवार (असोज ७ गते) सम्पन्न रामेछापका ८ ओटा पालिका मध्ये ७ ओटा पालिकामा नयाँ नेतृत्व सहित कार्यसमिति निर्वाचित भएका छन् । दुई नगरपालिका र ६ गाउँपालिका रहेको रामेछापमा नेपाली काँग्रेस पालिका तहको अधिवेशनले नेतृत्व सहित नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ नेतृत्व सहित कार्यसमिति निर्वाचित गर्ने पालिकाहरूमा मन्थली नगरपालिका, रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, लिखुतामाकोशी गाउँपालिका, दोरम्बाशैलुङ्ग गाउँपालिका र सुनापति गाउँपालिका रहेका छन् । खाँडादेवी गाउँपालिकामा भने बुधवार साँझ सम्म नेतृत्वको विषयमा सहमति नभएपछि बिहीबार निर्वाचन प्रक्रिया मार्फत टुङ्ग्याउने गरी सबै कार्यक्रमहरू स्थगन गरिएको नेपाली काँग्रेस रामेछापका एक नेताले बताए । यस अघि असोज ३ र ४ गते जिल्लाका ६४ ओटै वडामा भएको वडा अधिवेशनबाट वडा सभापति सहित वडा कार्यसमिति निर्वाचित भइसकेका छन् । निर्वाचन सम्पन्न भइसकेका पालिकाको नेतृत्वमा अधिकांश युवाहरु निर्वाचित भएका छन् ।

मन्थलीमा रमेश काफ्ले

मन्थली नगरपालिकाको सभापतिमा रमेश काफ्ले निर्वाचित भएका छन् भने उपसभापतिमा ओमप्रकाश पुरी र सरिता खड्का, सचिवमा यादव केसी र सहसचिवमा सागर प्रसाई निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित काफ्लेले यसअघि मन्थली नगरपालिकाको सचिव पदमा रहेर काम गरेका छन् । 
१४ ओटा वडा रहेको मन्थली नगरपालिकाको वडा सभापतिहरूमा यस अघिको असोज ३ र ४ गते भएको वडा अधिवेशनबाट निर्वाचित भइसकेका छन् । निर्वाचित वडा सभापतिहरूमा क्रमशः वडा नं १ मा हरिशरण सुवेदी, वडा नं २ मा जनक खत्री, वडा नं ३ योगेन्द्र श्रेष्ठ, वडा नं ४ मा यादव खड्का, वडा नं ५ मा ध्रुव कार्की, वडा नं ६ मा प्रकाश माझी, वडा नं ७ रामबहादुर माझी, वडा नं ८ मा जितेन्द्र श्रेष्ठ, वडा नं ९ मा शुक्रराज आरण, वडा नं १० मा नविन्द्र कार्की, वडा नं ११ मा कार्लोस घिसिङ, वडा नं १२ मा खिलेन्द्र बहादुर खत्री, वडा नं १३ मा हरि खड्का र वडा नं १४ मा बिरबहादुर तामाङ रहेका छन् । 

रामेछापमा कमल विक्रम कार्की

रामेछाप नगरपालिकाको सभापतिमा कलविक्रम कार्की, खुला उपसभापतिमा कोमलदाश श्रेष्ठ, महिला उपसभापतिमा शर्मिला तामाङ, सचिवमा देवेन्द्र कार्की र सहसचिवमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित कार्की यस अघि पनि रामेछाप नगरपालिकाकै नगर सभापति थिए । 
९ ओटा वडा रहेको रामेछाप नगरपालिकाका वडा सभापति र वडा कार्यसमिति असोज ३ र ४ गते भएको वडा तहको अधिवेशनबाट निर्वाचित भइसकेका छन् । निर्वाचित हुने वडा सभापतिहरूमा क्रमशः वडा नं १ मा सुजन कार्की, वडा नं २ मा नविन पुलामी मगर, वडा नं ३ मा मनोज खड्का, वडा नं ४ मा ओम थापा मगर, वडा नं ५ मा टेक बहादुर तामाङ, वडा नं ६ मा खड्ग बहादुर मगर, वडा नं ७ मा पेशल कार्की, वडा नं ८ मा सन्तोष तामाङ र वडा नं ९ मा दशरथ श्रेष्ठ रहेका छन् ।

उमाकुण्डमा महेश प्रसाद भण्डारी

उमाकुण्ड गाउँपालिकाको सभापतिमा महेश प्रसाद भण्डारी, खुला उपसभापतिमा समिर सुनुवार, महिला उपसभापतिमा लक्ष्मी गजमेर, सचिवमा योगराज सुनुवार, सहसचिवमा आङफूर्व शेर्पा र कोषाध्यक्षमा मोहन बहादुर कटुवाल निर्वाचित भएका छन् । पालिका सभापतिमा निर्वाचित भण्डारीले यस अघि उमाकुण्ड गाउँपालिकाको वडा नं ५ को वडा सभापति पदमा रहेर काम गरिसकेका छन् । 
७ ओटा वडा रहेको उमाकुण्ड गाउँपालिकाका वडा सभापतिहरु असोज ३ र ४ गतेको वडा अधिवेशनबाट निर्वाचित भइसकेका छन् । निर्वाचित वडा सभापतिहरुमा वडा नं १ मा मिरेन्द्र बस्नेत, वडा नं २ मा सुर्य बस्नेत, वडा नं ३ मा शम्सेर कार्की, वडा नं ४ मा श्रीराज भण्डारी, वडा नं ५ मा टिकाराम कार्की, वडा नं ६ मा भरत खड्का र वडा नं ७ भोजराज सुनुवार रहेका छन् । 

लिखुतामाकोशी गाउँपालिकामा दिपक पुलामी मगर

लिखुतामाकोशी गाउँपालिकाको सभापतिमा दिपक पुलामी मगर निर्वाचित भएका छन् । सभापति पदमा निर्वाचित पुलामी मगर यस अघि नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका वडा नं ४ को वडा सभापति थिए भने सोही वडाको निर्वाचित वडाध्यक्ष (जनप्रतिनिधि) समेत हुन् ।
७ ओटा वडा रहेको लिखुतामाकोशी गाउँपालिकाका वडा सभापतिहरूमा क्रमशः वडा नं १ मा रत्न बहादुर सुनुवार, वडा नं २ मा प्रदिप भुजेल, वडा नं ३ मा हरि बहादुर खड्का, वडा नं ४ त्रिविक्रम महत, वडा नं ५ मा टेक बहादुर तामाङ, वडा नं ६ मा जहान सिंह खत्री र वडा नं ७ मा गणेश बहादुर बोहरा निर्वाचित भएका छन् । वडाका सभापतिहरू असोज ३ र ४ गतेको वडा अधिवेशनबाट निर्वाचित भएका हुन् ।

दोरम्बाशैलुङ्ग गाउँपालिकामा लाल बहादुर मगर 

दोरम्बाशैलुङ्ग गाउँपालिकाको सभापतिमा लाल बहादुर मगर, खुला उपसभापतिमा युवराज मोक्तान, महिला उपसभापतिमा निमा डोल्मा मोक्तान, सचिवमा राहुल थापा मगर र सहसचिवमा चन्द्र बहादुर मोक्तान निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित मगर नेपाल राष्ट्रिय मगर संघ बागमती प्रदेशको सभापति पदमा रहेर काम गरिसकेका छन् । 
७ ओटा वडा रहेको दोरम्बाशैलुङ्ग गाउँपालिकाका वडा सभापतिहरूमा क्रमशः वडा नं १ मा भरत खत्री, वडा नं २ प्रकाश मोक्तान, वडा नं ३ मा धन बहादुर थापामगर, वडा नं ४ शत्रुधन थापामगर, वडा नं ५ मा बालकृष्ण तामाङ, वडा नं ६ मा डम्बर बहादुर तामाङ र वडा नं ७ मा नारायण राज मल्ल असोज ३ र ४ गतेको वडा अधिवेशनबाट निर्वाचित भइसकेका छन् ।

गोकुलगंगा गाउँपालिकामा रविन्द्र बस्नेत

गोकुलगंगा गाउँपालिकाको सभापतिमा रविन्द्र बस्नेत निर्वाचित भएका छन् भने खुला उपसभापति पूर्ण लामा, महिला उपसभापतिमा विन्दु बस्नेत, सचिवमा टिकाराम कार्की, सहसचिव कमल सुनुवार र कोषाध्यक्षमा ताल बहादुर खड्का निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित बस्नेत नेविसंघको जिल्ला सहसचिव, सचिव र नेपाली काँग्रेस रामेछापको आमन्त्रित जिल्ला कार्य समिति सदस्य लगायतको पदमा बसेर काम गरिसकेका व्यक्ति हुन् । 
६ ओटा वडा रहेको गोकुलगंगा गाउँपालिका वडा सभापतिहरूमा क्रमशः वडा नं १ मा याम बहादुर कार्की (कैलाश), वडा नं २ मा शिव बहादुर कार्की, वडा नं ३ मा चिरन्जिवी कार्की, वडा नं ४ मा उमेश बस्नेत, वडा नं ५ मा भुमिराज खड्का र वडा नं ६ मा पूर्णबहादुर सुनुवार निर्वाचित भइसकेका छन् । वडा सभापतिहरू असोज ३ र ४ गतेको वडा अधिवेशनबाट निर्वाचित भएका हुन् । 

सुनापति गाउँपालिकामा रमेश केसी

सुनापति गाउँपालिकाको सभापतिमा रमेश केसी निर्वाचित भएका छन् । समितिको अन्य पदाधिकारी र कार्यसमिति सदस्यको टुङ्गो भने बिहीबार मात्रै लाग्ने सुनापति गाउँपालिका काँग्रेस नेताले जानकारी दिए । सभापतिमा निर्वाचित केसी यस तत्कालीन बेथान गाविसका वडा इकाई सभापति भएर काम गरिसकेका व्यक्ति हुन् । 
५ ओटा वडा रहेको सुनापति गाउँपालिकाको वडा सभापतिहरू असोज ३ र ४ गते सम्पन्न वडा अधिवेशनबाट निर्वाचित भइसकेका छन् । यसरी निर्वाचित हुने वडा सभापतिहरूमा क्रमशः वडा नं १ मा रामचन्द्र चौलागाई, वडा नं २ मा तुल बहादुर योञ्जन, वडा नं ३ मा तारा खड्का, वडा नं ४ मा निर कुमार तामाङ र वडा नं ५ मा कृष्ण बहादुर खड्का रहेका छन् ।

खाँडादेवी गाउँपालिकामा चयन हुन बाँकी

नेपाली काँग्रेस खाँडादेवी गाउँपालिकाको नेतृत्व चयनको लागि बुधवारबाट साँझ सम्म सहमति नजुटेपछि अधिवेशनका बाँकी सबै प्रक्रियाहरू बिहीबारका लागि सरेका छन् । गाउँपालिका सभापति पदमा ६ जनाको उम्मेदवारी परेपछि सहमतिका लागि समय दिइएको तर साँझ सम्म सहमतिका लागि २ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको भए पनि ४ जना उम्मेदवारहरू छोड्न तयार नभएपछि पालिका अधिवेशनका सम्पूर्ण प्रक्रियाहरू बिहीबारका लागि सारिएको नेपाली काँग्रेस रामेछापका कार्यबहाक सभापति नवराज थोकरले बताए । कार्यबहाक सभापति थोकरले भने,’ मुख्य गरी सभापति पदमा ६ जनाले उम्मेदवारी दिनुभएको छ । सहमतिबाट नेतृत्व टुङ्ग्याउनको लागि धेरै प्रयासहरू गरियो तर, सहमति जुट्न सकेन । ६ जना साथीहरूबाट ४ जना सम्म आउनुभएको छ । बिहीबार बिहान फेरि सहमतिको लागि एक पटक छलफल गर्छौँ, त्यति गर्दा पनि सहमति भएन भने मतदान प्रक्रियाबाटै नेतृत्व छनौट गर्छौँ ।’ सभापति पदको लागि उम्मेदवार दिनेहरूमा सुरेश कार्की, बेदराज लामा, मनोज बुढाथोकी र विराज श्रेष्ठ रहेका छन् ।

९ ओटा वडा रहेको खाँडादेवी गाउँपालिकाका वडा सभापतिहरू भने असोज ३ र ४ गतेको वडा अधिवेशनबाट निर्वाचित भइसकेका छन् । निर्वाचित हुने वडा सभापतिहरुमा क्रमशः वडा नं १ मा किरण लामा, वडा नं २ मा छत्रबहादुर लामा, वडा नं ३ मा भक्तबहादुर श्रेष्ठ, वडा नं ४ मा खेम बहादुर खत्री, वडा नं ५ मा बालकृष्ण कार्की, वडा नं ६ मा ज्ञान बहादुर बुढाथोकी, वडा नं ७ मा एकराज श्रेष्ठ, वडा नं ८ मा अर्जुन थोकर र वडा नं ९ मा फत्त बहादुर तामाङ रहेका छन् । 

Related Posts

खाँडादेवी काँग्रेसको चुनावी प्रक्रिया बिहीबारका लागि सर्‍यो
समाचार

खाँडादेवी काँग्रेसको चुनावी प्रक्रिया बिहीबारका लागि सर्‍यो

संवादाताः हाम्रो प्रहार
अशोज ७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस खाँडादेवी गाउँपालिकाको नेतृत्व चयनको लागि बुधवारबाट साँझ सम्म सहमति नजुटेपछि अधिवेशनका बाँकी सबै प्रक्रियाहरू बिहीबारका लागि सरेका...

पुरा पढ्नुहोस्
नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper