Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

उज्यालो नेपाल पार्टीको केन्द्रीय युवा तथा विद्यार्थी विभाग संयोजकमा मैनाली मनोनित

संवादाताः हाम्रो प्रहार
माघ १९, २०८२

काठमाण्डौं- उज्यालो नेपाल पार्टीले केन्द्रीय युवा तथा विद्यार्थी विभागको संयोजकमा राज मैनालीलाई मनोनयन गरेको छ । पार्टीको विधान २०७६ (संशोधित) अनुसार अध्यक्ष कुलमान घिसिङको निर्णयअनुसार मैनालीलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो

पार्टीले मैनालीको सामाजिक क्षेत्रमा देखिएको सक्रियता, संगठनात्मक अनुभव, योग्यता र इमान्दारितालाई आधार मानेर केन्द्रीय तहको जिम्मेवारी सुम्पिएको जनाएको छ । उज्यालो नेपाल पार्टीले उनको नेतृत्वमा युवा तथा विद्यार्थीलाई पार्टीसँग अझ मजबुत रूपमा जोड्न सकिने विश्वास लिएको छ ।

मनोनयन पत्रमा पार्टीलाई थप सशक्त, परिणाममुखी र नागरिक–केन्द्रित बनाउँदै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको उज्यालो नेपाल निर्माणको साझा यात्रामा मैनालीको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिएको छ ।

पार्टी अध्यक्ष कुलमान घिसिङले उज्याले नेपाल पार्टी रामेछापको जिल्ला सचिव समेत रहेका मैनालीलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

घिसिङले संयोजकमा मनोनयन गरेका मैनाली रामेछापको सुनापती गाउँपालिका–४ का हुन् । उनी सामाजिक सेवाको अग्रमोर्चामा सक्रिय रहँदै आएका छन् । डहु माविबाट प्रारम्भिक शिक्षा हासिल गरेका उनी त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर हुन् ।

जनआन्दोलनमा युवाको प्रतिनिधित्व गर्दै सहभागी भएका मैनाली त्यसयता सामाजिक रूपान्तरण, विपद् व्यवस्थापन, स्वास्थ्य शिविर तथा राहत–उद्धारका कार्यमा निरन्तर खटिँदै आएका छन् । काभ्रेको मङ्गलटार र नेपालथोकमा सम्पन्न मोतियाबिन्दु आँखा शिविरमा उनी नेतृत्वदायी भूमिकामा सक्रिय रहे, जहाँ पाँच सयभन्दा बढी बिरामीले निःशुल्क उपचार पाए । बीपी राजमार्ग निर्माण तथा सञ्चालनका क्रममा रामेछापका नागरिकको आवतजावत सहज बनाउन घोरेटो बाटो निर्माणदेखि सुनकोशी वारपारका लागि सहयोग जुटाउने कार्यमा उनी सक्रिय रहे । हाल मैनाली सुनापती गाउँपालिका रेडक्रस सोसाइटीका सचिव, नेपाल स्काउट सुनापती गाउँपालिकाका प्रमुख आयुक्त तथा प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिमा आबद्ध छन् ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper