Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सहिदहरूको सम्झनामा रामेछापमा दिप प्रज्वलन

संवादाताः हाम्रो प्रहार
माघ १६, २०८२

रामेछाप– देशका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सहिदहरूको स्मरण गर्दै रामेछाप जेसिजले दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । शुक्रबार साँझ मन्थलीको देवकोटा चोकमा आयोजित कार्यक्रममा विभिन्न कालखण्डमा सहिद भएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा रामेछाप जेसिजका पदाधिकारी तथा सदस्यहरू, जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेल सहित विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । सहभागीहरूले मैनबत्ती बाल्दै सहिदहरूको बलिदानप्रति सम्मान प्रकट गरेका थिए ।

दिप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला सहकारी संघ रामेछापका अध्यक्षले देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गर्ने महत्वपूर्ण दिन भएको उल्लेख गर्दै सहिदहरूको त्यागकै कारण आज नेपाली जनताले लोकतन्त्र, स्वतन्त्रता र अधिकार उपभोग गर्न पाएको बताए । त्यस्तै रामेछाप जेसिज वर्ष २०२६ का अध्यक्ष कुमार श्रेष्ठले मैनबत्ती बाल्दै शब्दमार्फत सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । दिप प्रज्वलनसँगै सहिदहरूको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारणसमेत गरिएको थियो ।

नेपालमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ । राणा शासनविरुद्ध संघर्ष गर्दै प्रजातन्त्र स्थापना गर्न जीवन बलिदान गर्ने सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलगायतका अमर सहिदहरूको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।

Related Posts

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते
समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

संवादाताः रामचन्द्र वि.क.
भदौ १८, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार
समाचार

भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८३
0

रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग
समाचार

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ १५, २०८३
0

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper