Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

लिट्टिल स्टारमा सरस्वती पूजा : निशुल्क भर्नादेखि भेषभूषा प्रदर्शन सम्मका कार्यक्रम

संवादाताः कैलाश खत्री
माघ १०, २०८२

रामेछाप- मन्थलीस्थित लिट्टिल स्टार अंग्रेजी स्कुलले स्थापना भएको ३० वर्ष पूरा गरेको अवसरमा विभिन्न शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना गरी आफ्नो स्थापना दिवस भव्य रूपमा मनाएको छ । वि.सं. २०५२ साल बसन्तपञ्चमी अर्थात् सरस्वती पूजाको दिन स्थापना भएको विद्यालयले सोही ऐतिहासिक दिनको स्मरण गर्दै माघ ९ गते बसन्तपञ्चमीकै अवसर पारेर ३०औँ स्थापना दिवस तथा सरस्वती पूजा–अक्षरारम्भ कार्यक्रम आयोजना गरेको हो ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, संस्कृतिप्रतिको चेतना र विद्यालयको तीन दशक लामो योगदान स्पष्ट देखिने गरी विविध प्रस्तुति प्रस्तुत गरिएका थिए । कार्यक्रममा विद्यार्थीहरूले समूहगत तथा एकल नृत्य प्रस्तुत गरेका थिए । करिब ९० भन्दा बढी विद्यार्थीहरूले नेपाली तथा आधुनिक गीतमा आधारित नृत्य प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए। साना कक्षादेखि माथिल्ला कक्षासम्मका विद्यार्थीहरूको सहभागिताले विद्यालयको सह–पाठ्यक्रम गतिविधिमा दिएको प्राथमिकतालाई उजागर गरेको थियो । त्यसैगरी कार्यक्रममा विद्यार्थीहरूले नेपालका विभिन्न जातजातिले लगाउने परम्परागत भेषभूषा लगाएर सांस्कृतिक प्रदर्शन गरेका थिए। लोप हुँदै गएका तथा आधुनिकताका कारण ओझेलमा पर्दै गएका भेषभूषाको महत्वबारे विद्यार्थीहरूले आफ्ना धारणा राख्दै संरक्षण आवश्यक रहेको सन्देश दिएका थिए। यस किसिमको प्रस्तुतीले विद्यार्थीहरूमा संस्कृतिप्रतिको सम्मान र पहिचानको भावना विकास गर्न सहयोग पुगेको सहभागीहरूको भनाइ थियो ।

स्थापना दिवसकै अवसरमा विद्यालयले विगत वर्षदेखि सञ्चालन गर्दै आएको ‘लिट्टिल स्टार डान्सिङ आइकन’ सिजन–३ को प्रतिस्पर्धा पनि सम्पन्न गरेको छ । उक्त प्रतिस्पर्धामा विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीहरूले भाग लिएका थिए । प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विजेता तथा उपविजेता घोषित गरी ट्रफी तथा पुरस्कार प्रदान गरिने विद्यालयका प्रिन्सिपल रमेश फुयालले जानकारी दिए । यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास र सिर्जनशीलता अभिवृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

विद्यालय स्थापनाकालदेखि नै निरन्तर अध्यापन गराउँदै आएकी शिक्षिका सुजता क्षेत्री बुढाथोकीको सम्मान तथा विदाई कार्यक्रम रहेको थियो । विद्यालय स्थापना भएको वर्षदेखि ३० औँ वर्षसम्म अविराम रूपमा अध्यापन गराउँदै आएकी शिक्षिका बुढाथोकीलाई नगदसहित दोसल्ला ओढाएर सम्मानपूर्वक विदाई गरिएको हो । विद्यालयलाई आजको अवस्थासम्म ल्याउन शिक्षिका बुढाथोकीको ठूलो योगदान रहेको भन्दै विद्यालयका भाइस प्रिन्सिपल हस्तबहादुर लामाले सम्मानसहित विदाई गरिएको जानकारी दिए । सम्मान कार्यक्रममा शिक्षक, विद्यार्थी तथा अभिभावक भावुक बनेका थिए ।
स्थापना दिवसको अवसरमा विद्यालयले निःशुल्क भर्ना अभियान पनि सञ्चालन गरेको छ । उक्त अभियानअन्तर्गत हालसम्म ७९ जना विद्यार्थीहरूले आफ्नो नाम दर्ता गराएको विद्यालयले जनाएको छ । लिट्टिल स्टार अंग्रेजी स्कुलका प्रिन्सिपल रमेश फुयालको अध्यकतामा सम्पन्न सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रममा पत्रकार महासंघ रामेछापका सह–सचिव रामचन्द्र विक, प्राध्यापक तीर्थराज बराल, मन्थली माध्यमिक विद्यालयका स्ववियु सचिव डेनिश भण्डारी लगायतको उपस्थिति रहेको थियो । अतिथिहरूले विद्यालयको ३० वर्षे शैक्षिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न शुभकामना व्यक्त गरेका थिए ।

तीन दशकको यात्रामा लिट्टिल स्टार अंग्रेजी स्कुलले रामेछाप जिल्लामा गुणस्तरीय शिक्षाको पहिचान बनाउँदै आएको सहभागीहरूको भनाइ छ । विद्यालयका प्रिन्सिपल रमेश फुयालले आफ्नो भनाइ राख्दै आगामी दिनमा शैक्षिक गुणस्तर, संस्कृतिको संरक्षण र सामाजिक उत्तरदायित्वलाई अझ सुदृढ गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।‌

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper