Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

आधा उम्मेदवार देउवाको, आधा गगनको हस्ताक्षरमा टुङ्ग्याऔँ : मीन विश्वकर्मा

संवादाताः हाम्रो प्रहार
माघ ४, २०८२

रामेछाप– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउन र आसन्न निर्वाचनमा जित सुनिश्चित गर्न सहमतिको नयाँ सूत्र अघि सारेका छन् । सभापति शेरबहादुर देउवा निकट मानिने निवर्तमान केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख विश्वकर्माले पार्टीको आन्तरिक कलहका कारण लोकतन्त्र नै संकटमा पर्न लागेको भन्दै फेसबुका मार्फत नेतृत्वलाई एकजुट हुन आह्वान गरेका हुन् ।

हस्ताक्षर विवादको मध्यमार्गी विकल्प पार्टीभित्र विशेष महाधिवेशन र संस्थापन पक्षबीच देखिएको उम्मेदवारको टिकट हस्ताक्षर सम्बन्धी विवादलाई सुल्झाउन नेता विश्वकर्माले मध्यमार्गी प्रस्ताव गर्दै भनेका छन्, “हिजो उम्मेदवारको टिकटमा कसको हस्ताक्षर हुने भन्ने विवाद थियो, आधामा देउवाले गर्नुभयो, बाँकीमा अब गगन थापाले गर्नुहुन्छ । सबैको सहमतिमा उम्मेदवार चयन गरौँ ।”

उनले न त चौधौँ महाधिवेशनबाट निर्वाचित सभापति देउवा, न त विशेष महाधिवेशनबाट निर्वाचित भनिएका गगन थापा, कसैको पनि एकल निर्णयले मात्र पार्टीले विजय हासिल गर्न नसक्ने फेसबुकमा उल्लेख गरेका छन् ।

अदालतको फैसला पर्खौँ, मैदानमा सँगै जाऔँ विशेष महाधिवेशनको वैधानिकता र निर्वाचन आयोगको भूमिकाप्रति आफ्नो विमति रहेको र यो विषय अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै नेता विश्वकर्माले झगडालाई अदालतको जिम्मा छाड्न आग्रह गरेका छन् । “झगडा अब अदालतमा छोडौँ, परिणाम जे आउँछ मान्न तयार बनौँ,“ उनले भने, “हिजो भाद्र २४ मा ज्यान बचाउन घर छोड्न तयार भयौँ भने आज पार्टी बचाउन घमण्ड त्याग्न तयार बनौँ ।”

घेराबन्दी तोड्न नेतृत्वलाई आग्रह नेता विश्वकर्माले पार्टीका शीर्ष नेताहरू शेरबहादुर देउवा, गगन थापा, पूर्णबहादुर खड्का र डा. शेखर कोइरालालाई तत्काल एकै ठाउँमा बसेर निर्णय गर्न आग्रह पनि गरेका छन् । नेतृत्वलाई घेराबन्दीबाट बाहिर निस्कन आग्रह गर्दै उनले फागुन २१ को निर्वाचनलाई झगडाको मिलन बिन्दु बनाउनु पर्नेमा जोड दिएका छन् ।

“विवादले थलिएर कांग्रेस उड्नु पर्नेमा दौडन सकेको छैन, दौडन पर्नेमा हिँड्न सकेको छैन र हिँड्नु पर्नेमा घस्रन विवश छ । यो मुलुक र लोकतन्त्रकै लागि दुर्भाग्य हो” उनले भनेका छन् । ऐतिहासिक विरासत बोकेको पार्टीलाई जोगाउन “हिजो पनि रूख, आज पनि रूख, भोलि पनि रूख” भन्ने उत्साहका साथ चुनावी मैदानमा होमिन उनले आम कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper