Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

एमाले रामेछापको उम्मेद्वारमा ढुंगेल, फेसबुकमा प्रतिक्रिया: ‘मतको इज्जत राख्छु’

संवादाताः हाम्रो प्रहार
माघ ४, २०८२

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले रामेछापबाट माधवप्रसाद ढुङ्गेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले ढुङ्गेललाई प्रतिनिधिसभा सदस्यका लागि आधिकारिक उम्मेदवार तोकेको हो । ढुङ्गेल नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्जसमेत हुन् । जिल्ला कमिटी र बागमती प्रदेश कमिटीले सिफारिस गरेका आठ जना सम्भावित उम्मेदवारमध्येबाट केन्द्रीय सचिवालयले ढुङ्गेललाई उम्मेदवारका रूपमा चयन गरेको हो ।

जिल्ला कमिटीले माधवप्रसाद ढुङ्गेलसहित पूर्व पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँ, गीता कार्की, बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, प्रदेश सदस्य रत्नप्रसाद गौतम, निवर्तमान प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, प्रदेश सदस्य परशुराम बस्नेत र पूर्व प्रदेश सदस्य केशर बुढाथोकीलाई उम्मेदवारका रूपमा सिफारिस गरेको थियो । सोही सूची बागमती प्रदेश कमिटीले पनि जस्ताको तस्तै केन्द्रमा पठाएको थियो ।

सामाजिक संजालमा ढुंगेलको प्रतिक्रियाः ‘धुलो–मैलोबाट उठेको गाउँको मान्छे हुँ, मतको इज्जत राख्छु’

उम्मेदवारी घोषणा भएपछि सामाजिक संजाल फेसबुक मार्फत प्रतिक्रिया दिँदै माधवप्रसाद ढुङ्गेलले आफू संघर्ष, निरन्तरता र संगठनबाट खारिएर आएको नेता भएको बताएका छन् ।

“१५ वर्षअघि अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा निर्वाचित भएको हुँ । पार्टी केन्द्रीय कमिटीमा एकताको कालसहित जोडेर चार पटक निर्वाचित भइसकेको छु,” उनले भने, “मेरा दुःख, संघर्ष र यात्राका कथा नजिकबाट बुझ्नेलाई राम्ररी थाहा छ । म आफ्नै कर्म, सक्रियता र निरन्तरताको बलमा धुलो–मैलोबाट उठेको गाउँको मान्छे हुँ ।”

आफ्नो उम्मेदवारीलाई लिएर पार्टीभित्र वा बाहिर कसैलाई दुःखी हुनुपर्ने कारण नभएको उल्लेख गर्दै उनले आफू पटक–पटकको उम्मेदवार नभएको स्पष्ट पारे । “म पटक–पटकको उम्मेदवार होइन । मेरो उमेर पाकेको छैन । पुरानो अनुभवी र नयाँ पुस्ताबीच सेतुको भूमिका खेल्न सक्छु,” ढुङ्गेलले भने, “अनुभवले खारिएको छु । पार्टी र मुलुकले पत्याउँदा जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु ।”

ढुङ्गेलले रामेछापेली जनतामाझ नेकपा (एमाले)ले पहिलो पटक आफूलाई प्रतिनिधिसभा उम्मेदवारका रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित समग्र पार्टी नेतृत्वप्रति आभार व्यक्त गरेका छन् । “पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सम्पूर्ण नेतृत्वलाई धन्यवाद दिन चाहन्छु,” उनले भने, “अन्य सिफारिस भएका योग्य कमरेडहरूलाई धैर्य गर्न आग्रह गर्दछु । अवसर अरू पनि आउँछन्, मिलेर नै पार्टीको विन्यास गरौँला । यो अवसर मेरो लागि बनेको हो, सबैको गहिरो साथ चाहन्छु ।”

प्रतिनिधि सभा सदस्यको लागि एक निर्वाचन क्षेत्र भएको रामेछाप जिल्लामा नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपाले हल सम्म उम्मेदवारहरु तोकेका छैनन् ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper