Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

दुई विद्यालयका बालबालिकालाई न्यानो कपडा, विद्यालय ब्याग र शैक्षिक सामग्री सहयोग

संवादाताः हाम्रो प्रहार
पुस ७, २०८२

रामेछाप– लायन्स क्लब अफ काठमाण्डौं आधार, किवानिज क्लब अफ समर्पण र लायन्स क्लब अफ काठमाण्डौं हस्पिटालिटीको सहयोगमा रामेछापका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा, विद्यालय ब्याग र शैक्षिक सामग्री वितरण गरिएको छ । मन्थली नगरपालिका वडा नं. ७ को सेतीदेवी आवि ठेडीखोला र दुर्गादेवी आवि भटौलीमा अध्ययनरत विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको हो । सेतीदेवी आविका २३ जना र दुर्गादेवी आविका २७ जना गरी ५० जनालाई उक्त सामग्री वितरण गरिएको लायन्स क्लब अफ काठमाण्डौं आधारकी रिजन कोडिनेटर प्रमिला लामिछानेले बताइन् ।

किवानिज क्लब अफ समर्पणकी संस्थापक अध्यक्ष चन्दा खतिवडा, रिजन कोडिनेटर प्रमिला लामिछाने, लायन्स क्लब अफ काठमाण्डौं आधारकी अध्यक्ष सान्ता कुमारी तामाङ, कोषाध्यक्ष सान्ती गुरुङ, मञ्जु श्रेष्ठ, रेखा राई, तुलसी पाण्डे, लायन्स क्लब अफ काठमाण्डौं हस्पिटालिटीकी संस्थापक अध्यक्ष गीता रेग्मी सहितको उपस्थितिमा विद्यालयमै पुगेर विद्यार्थीहरूलाई सहयोग गरिएको बताइएको छ ।

सामग्री वितरण कार्यक्रममा बोल्दै किवानिज क्लब अफ समर्पणकी रिजन कोडिनेटर प्रमिला लामिछानेले तीनवटै संस्थाको संयुक्त सहयोगमा रामेछापका कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा आफूहरू निकै खुसी भएको भनाइ राखिन् । बालबालिकाको क्षेत्रमा मात्रै काम गर्दै आएको किवानिज क्लब अफ काठमाण्डौंले यस्तै बालबालिकालाई सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि दुई विद्यालयका बालबालिकाको शैक्षिक प्रगतिको लागि सहयोग गर्न आफूहरू तयार रहेको भनाइ राखिन् ।

विद्यार्थीहरूलाई सहयोग गरेपछि सेतीदेवी आविकी प्रधानाध्यापक दुर्गा कुमारी श्रेष्ठले खुसी व्यक्त गर्दै गाउँको एउटा विद्यालयका विद्यार्थीलाई सहयोग गर्ने सहयोगी संस्थालाई धन्यवाद व्यक्त गरिन् । त्यस्तै दुर्गादेवी आविकी प्रधानाध्यापक सुनिता तामाङले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरूको भावनालाई बुझेर न्यानो कपडा, विद्यालय ब्याग र शैक्षिक सामग्री सहयोग गर्ने तीनवटै संस्थाका प्रमुख एवं प्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गरिन् ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper