

रामेछाप- नेपाली काँग्रेस रामेछाप जेनजी समुहको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न भोज बहादुर खड्का ‘सुन्दर’ ले नाम दर्ता गराएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति मार्फत खड्काले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फको लागि उम्मेदवार बन्न आफ्नो नाम दर्ता गराएको काँग्रेसका युवा नेता दिपेन्द्र खड्काले बताए । जेनजीको मागअनुसार युवाहरुलाई उम्मेदवार बनाउनुपर्नेमा जोड दिँदै काँग्रेस युवाहरुको तर्फबाट सुन्दर खड्कालाई उम्मेदवार बनाएको दिपेन्द्र खड्काको दाबी छ ।



नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ १ महिला सहित ३ जनाले आइतबार १ बजे सम्म उम्मेदवारी दिन सूचना जारी गरेको थियो ।

















