
चर्चित गायिका रीता केसीले हालै मात्र म हरायकी हुँ त्यो शहरबाट नामको गजल गीत बजारमा ल्याएकी छिन । सांगितिक क्षेत्रमा लामो समय बिताएर दर्जनौ गीत गाएकी केसीले आधुनिक, लोक तथा गजलहरुमा स्वर दिदै आएकी छिन । उनको भर्खरै बजारमा आएको म हरायकी हु त्यो शहरबाटको गजलका गजलकार कपिल अन्जान हुन भने गजलमा राजेन्द्र बजगाईले संगीत भरेका थिए ।




उक्त गजलमा गायिका केसीले नै अभिनय गरेकी छिन । सानै उमेरदेखि सांगितिक क्षेत्रमा रुचि राख्ने गायिका केसीले गाएका थुप्रै गीतहरुले चर्चाको शिखर समेत चुमेका छन् । सांगितिक क्षेत्रमा आफूलाई अब्बल बनाउन सफल गायिका केसी स्वदेशमा मात्र नभई विदेशमा हुने गरेका थुप्रै सांगितिक कार्यक्रममा समेत व्यस्त हुने गरेकी छिन । उनको जादुमय स्वरले सबैलाई लठ्ठ बनाउने र आकर्षित गर्ने गर्दछ ।
स्वदेश तथा विदेशमा हुने सांगितिक कार्यक्रममा उनको प्रत्यक्ष गीत सुन्न र हेर्न दर्शकहरुको उत्साह जनक सहभागीता हुने गरेको छ । उनको हालै मात्र आएको गजलको म्यूजिक भिडियोले दर्शकको मन जित्न थालेको छ । उक्त गजलको छायाङकन राम कुमार केसीले गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । उक्त गजल गीत रिता केसी युट्युव च्यानलबाट बजारमा आएको छ

















