

रामेछाप– सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबलको उपाधि मुगिखोला युवा क्लब मन्थलीले जितेको छ । बुधवार भएको फाइनले खेलमा आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गर्दै चौथो अध्यक्ष कपको उपाधि जितेको हो । विजेता टिम मुगिखोला युवा क्लबले एक लाख ५० हजार पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजता अर्थात् द्वितीय हुने आयोजक टिमले एक लाख पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा मुगिखोला युवा क्लबले ३/२ ले पराजित गरेको थियो ।



फाइनल खेल हुनु भन्दा अगाडि तृतीय हुनको लागि भएको प्रतिस्पर्धामा जि एन ई बि एस माकादुमले बेथान युवा समाजलाई पराजित गर्दै पचास हजार पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । जि एन ई बि एस माकादुमसँग पराजित भएर सान्त्वना भएको बेथान युवा समाजले २५ हजार पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
९ गते आइतबारदेखि सुरु भएर बुधवार प्रतियोगिताको पुरस्कार वितरण पश्चात समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले ४ दिन सम्म संचालन भएको खेलकुदले गाउँपालिका भित्र रहेका खेलाडीलाई राष्ट्रिय स्तरको खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने मौका मिलेको र आन्तरिक पर्यटक प्रवर्धनमा समेत सहयोग पुगेको भनाइ राखे । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका सदस्य बाबुलाल योञ्जनले गाउँपालिका अध्यक्ष कपले सुनापति गाउँपालिकाको खेलकुदमा सहयोग पुगेको दाबी गरे ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीयदेखि खेलाडी सम्मलाई धन्यवाद दिँदै सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले गाउँपालिका अध्यक्ष खुला पुरुष भलिबल प्रतियोगिताले सुनापति गाउँपालिकाको खेलकुद विकासमा सहयोग पुगेको धारणा राखे ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमका खेलाडीहरूलाई समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेको ठुलोकान्छा तामाङ, विशेष अतिथि गाउँपालिका उपाध्यक्ष गिता विष्ट, विशेष अतिथि सुनापित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ, वडाध्यक्ष लगायते पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र दिएर पुरस्कृत गरेका थिए ।
सुनापति गाउँपालिका खेलकुद विकास समिति आयोजक रहेको प्रतियोगितामा रामेछाप र विभिन्न जिल्लाका गरी ११ टिमले सहभागिता जनाएका थिए । सहभागी टिममा राष्ट्रिय स्तरका खेलाडीहरूले समेत भाग लिएको आयोजक सुनापति खेलकुद विकास समितिले बताएको छ ।


















