

रामेछाप– आइतबारदेखि सुरु भएको सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टिमले (सुनापति गाउँपालिका खेलकुद विकास समिति) आरवि सप्लायर्स कामालाई हराएको छ । आयोजक टिमले आरवि सप्लायर्स कामालाई सोझो सेटमा हराएको हो ।



पहिलो चरणको खेल तालिका अनुसार आइतबार एक खेल मात्रै भएको थियो भने सोमबार ५ देखि ६ खेल हुने सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले बताए । केसीका अनुसार सोमबार समाज कल्याण मगर समाज र सुर्योदय समाज सेवा, मैरे सुनापति–२ र मण्डन देउपुर नगरपालिका काभ्रे, बेथान युवा समाज र सुनापति–५, मैरे सुनापति–२ र लामाज ग्रुप बिच प्रतिस्पर्धा हुने छ । सोमबार बिहान ८ बजेदेखि खुल सुरु गरिने आयोजकले जानकारी दिएको छ ।
असोज १२ गते सम्म चल्ने प्रतियोगितामा समाज कल्याण मगर समाज, सुर्योदय समाज सेवा, मैरे सुनापति २, मण्डन देउपुर नगरपालिका काभ्रे, लामाज ग्रुप, आरवि सप्लायर्स कामा, सुनापति गाउँपालिका खेलकुद विकास समिति, मुगिखोला युवा क्लब, बेथान युवा समाज, सुनापति ५ र जिएनइविएस गरी ११ टिमले भाग लिएका छन् ।
सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको प्रथम हुने टिमले १ लाख ५० हजार, दोस्रो हुने टिमले १ लाख, तेस्रो हुने टिमले ५० हजार र सान्त्वना हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार जित्ने छन् । त्यसै गरी उत्कृष्ट खेलाडीले नगद ५ हजार पुरस्कार पाउने छ ।



















